काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महराले आफुँ विरुद्ध लगाएको आरोप निराधार र प्रायोजित भएको बताएका छन् । उनले पीडित भनिएकी महिलाको कोठामा आफुँ नगएको र भेटिएका सामाग्री आफ्नो नभएको बयान सरकारी वकिललाई दिएका छन् ।
उनले पीडित भनिएकी रोशनी शाही आफ्नो विद्यार्थी जस्तै एक अभिभावक जस्तो भएको बताएका छन् । उनले शाहीसँग पारिवारिक सम्बन्ध रहेको पनि खुलाएका छन् ।
महराले प्रहरीलाई दिएको वयान यस्तो छ
२०४७ सालदेखि झण्डै चार वर्ष रोल्पा जिल्लामा रहेको मेरो घरमा वृत्त नयाँ बानेश्वर २६(३०) २०७६/७७, बसेकी हुँदा निज (पीडित महिला) लाई पहिलेदेखि नै चिन्छु । उनी मेरो विद्यार्थीजस्तै हुन् । मलाई अहिले पनि महरा सर भनी सम्बोधन गर्छिन् । म उनको अभिभावक नै हुँ । उनको विवाहमा समेत मैले अभिभावकको भूमिका निभाएको थिएँ ।
२०४८ सालमा म सांसदमा निर्वाचित भएपछि निजसँग भेट भएको थिएन । ३ वर्षअघि उनले मलाई भेट गरी म अस्वस्थ छु, मलाई संसद सचिवालयमा काजमा ल्याइदिनुप¥यो भनेकी थिइन् । त्यसपछि पटक–पटक निरन्तर उनको परिवार र मेरो परिवारबीच आउने–जाने, खाना खाने सन्दर्भमा भेट भइरहन्थ्यो ।
यसै क्रममा मिति २०७६/०६/१२ गतेका दिन अञ्दाजी ३/४ बजेको समयमा सिंहदरबारस्थित मेरो अफिसमा उनी आई मेरो समायोजन मिलेन, म अन्यायमा परेँ भनी कर्मचारी समायोजनमा आफूलाई मिलाउन भनी मलाई पटक–पटक अनुरोध गर्दै आक्रोशपूर्ण गुनासो गरेकीले मैले समायोजनका बारेमा सम्बन्धित निकायलाई भनिदिएको हुँ ।
तर, कम्प्युटर सेटिङले मिलाउने भएकाले अहिले सकिएन, अहिले सरकारले जहाँ खटाएको छ त्यहाँ जानरु, पछि काजमा मिलाउने कोशिस गरौंला भनेको थिएँ । तर, उनी आवेग र आक्रोशमा अफिसबाट फर्केकी थिइन् ।
आक्रोशमा आएपछि उनको स्वास्थ्य प्रतिकुल हुने र विक्षिप्त अवस्थामा पुग्ने भन्ने कुरा मैले सुनेको थिएँ । केही समय अगाडि यस्तै घटनाक्रमले अति नै विक्षिप्त भई सिभिल अस्पतालमा उपचार गराएको कुरा पनि मैले उनको श्रीमानबाट थाहा पाएको थिएँ ।
यतिबेला भने उनका श्रीमान काठमाडौ बाहिर भएको, मैले टेलिफोन गर्दा सम्पर्क हुन नसकेकाले एकपटक फेरि सम्झाउने उद्देश्यले म मेरो छोरा निर्मल महराले प्रयोग गर्ने निजी गाडीमा तीनजना सुरक्षाकर्मीसहित मिति २०७६/०६/१२ गते अञ्दाजी बेलुका ७ बजेपछि निवासबाट गैरीधारा, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, तीनकुने हुँदै उनको कोठानजिकै पुगी गाडीबाट बाहिर निस्केर पटक–पटक फोन गर्दा सम्पर्क हुन नसकेपछि निजका श्रीमानसमेत कोठामा नभई बाहिर भएकाले निजको कोठामा जान उचित नठानी अञ्दाजी २०/२५ मिनेटपछि सोही गाडीमा सुरक्षाकर्मीसहित फर्की निवासमा आएको हुँ ।
घटनास्थलबाट बरामद भएको चश्माको सीसा, डण्डी र जुत्ताको जिब्री (भित्री तलुवा) मेरो होइन । प्रायोजित हिसाबले मलाई फसाउन मेरो पुरानो फालिएको चश्माको सीसा, डण्डी र जुत्ताको तलुवासमेत राखेको हुन सक्छ ।
मैले रक्सी बोकेर निजको कोठामा गएको कुरा विल्कुलै निराधार हो । निजको कोठामा नगएकाले कुटपिट गर्ने कुरै भएन । पत्रकार अजयबाबु शिवाकोटी र जाहेरवालाबीचमा संवाद रेकर्डका कुरा सबै प्रायोजित हुन् ।
(नाेट : उल्लेखित बयान अनलाइन खबरबाट साभार गरिएकाे हाे ।)
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...



प्रतिकृया लेख्नुहोस्: