Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

जाजरकोटको मुख्यद्वारमै खानेपानी छैन

जाजरकोट । जाजरकोट जिल्ला भित्रिने मुख्य प्रवेशद्वार मानिएको छेडाबजार जिल्लाका सबै ठाउँमा जाने व्यस्त बजार पनि हो ।

जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा रहेको शिवालय गाउँपालिका –१स्थित दैनिक चहलपलह हुने छेडाबजार छिन्चु –जाजरकोट – डोल्पा सडक खण्डको चर्चित ठाउँ भए पनि यहाँ खानेपानीको अभाब हुँदा स्थानीयवासी वषांैदेखि भेरी नदीको फोहर पानी प्रयोग गर्न बाध्य छन् । जिल्लाको ठूलो व्यापारिक नाका भएर पनि खानेपानीको अभावमा भेरी नदीको भर पर्नुपर्दा स्थानीयवासी हैरान भएको स्थानीय व्यापारी जगत बुढाले बताए ।

उनले भने,“स्थानीय सरकार र प्रदेश सरकारले पनि चासो नदिएकाले अव हामीले सङ्घीय सरकारमा कुरा पु¥याएका छौँ, यो आर्थिक वर्षमा केही समस्या समाधान होला कि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले डिप बोरिङबाट पानी ल्याउनका लागि पहल गर्ने भनेका छन् ।” गाउँ नजिकै खानेपानीको मुहान नहुँदा आफूहरू भेरी नदीको पानी पिउन बाध्य भएको अर्का स्थानीयवासी दुर्गा आचार्यले बताए ।

हिउँद याममा भेरी नदीको पानी सफा भए पनि वर्षायाममा धमिलो पानी छानेर पिउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । पानीकै कारण दैनिक व्यवसाय सञ्चालन गर्न मुस्किल परेको गुनासो गर्दै स्थानीयवासी रामबहादुर सिंहले भने, “यही बाटो भएर जाजरकोट र डोल्पा, रुकुम पश्चिमका अधिकांश नेतादेखि सङ्घ, संस्थाका व्यक्ति हिँड्छन्, उनीहरू पानी सफा भएन भनेर कराउँछन् तर पानी ल्याउने कुरामा कसैले पनि पहल गर्दैनन् ।”

छेडाबजारबाट जुम्ला डोल्पा र पश्चिम रुकुम हुँदै मध्यपहाडी लोकमार्गसम्मका सडक जोडिन्छन् । जाजरकोटबाट भित्रने र बाहिरिने मुख्य सडक नै यही बाटो भएर जान्छ तर खानेपानीको अभाव भएकाले माथिल्लो छेडाका बासिन्दा बसाइँ सरेर अर्को ठाउँमा जान बाध्य भएको उनले बताए।

माथिल्लो छेडामा थोपा सिँचाइबाट आकाशको पानी जम्मा गरेर प्रयोग गर्न ट्याङ्की निर्माणका लागि शुरुका दिनमा केही काम गरिएको थियो तर त्यो पनि अहिले पूरै काम नलाग्ने अवस्थामा पुगेको छ ।

छेडाबजारमा खानेपानीका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापनका लागि पहल जारी रहेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए। सुर्खेत र जाजरकोटका बीचमा रहेको यस ठाउँमा स्थानीयवासीको विवादका कारण समस्या भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको उक्त गाउँपालिकाका बीचमा पर्ने भएकाले दुवै गाउँपालिकाले सो ठाउँ आफ्नो भएको दाबी गदै आएका छन् ।

अहिलेसम्म निर्माण भएका संरचना सबै जाजरकोटले निर्माण गदै आएको थियो । खानेपानीको समस्या भएको थाहा पाउने वित्तिकै खानेपानी कार्यालयलाई तत्काल सम्बोधन गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । उउका अनुसार यो आर्थिक वर्षमा जसरी पनि त्यहाँ पानी पु¥याइने छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending