Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कुखुरापालक किसानले मूल्य नपाउँदा चल्ला नकिन्ने घोषणा

दाङ । दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

कुखुरा किसानले आफूहरु पटक–पटक अन्यायमा परेको भन्दै आगामी यही कात्तिक १२ गतेदेखि अनिश्चितकालका लागि कुनै पनि किसानले ब्रोइलरको चल्ला माग नगर्ने र कुखुरा नपाल्ने बताएका छन् । कुखुरापालक किसानको सङ्गठन किसान सरोकार मञ्चका अध्यक्ष विष्णुप्रसाद न्यौपानका अनुसार चल्ला र दानाको मूल्य सप्लायर्सहरुले अस्वाभाविकरूपमा बढाए पनि किसानले उत्पादन गरेको कुखुरामा भने अत्यधिक गिरावट आएको बताए ।
उनले आफूहरुको माग सम्बोधनका लागि दाना र कुखुराको चल्लाको मूल्य घटाउनुपर्ने वा उत्पादन भएका तयारी कुखुराको मूल्य बढाउनुपर्ने मुख्य माग रहेको बताए। किसानका समस्या सम्बोधन नभए कात्तिक १२ गतेबाट कुनै पनि कुखुरापालक किसानले चल्ला खरीद नगर्ने घोषणा किसानले गरेका छन् । यसलाई आफूहरुले कडाइका साथ पालना गर्ने उनीहरुको भनाइ छ ।

पटक–पटक दाना र चल्लाको मूल्यमा वृद्धि हुँदा पनि कुखुराको मूल्यमा गिरावट आएको, सप्लायर्सहरुले समयमा कुखुरा नउठाउने, किसानले तत्काल कुखुराको मूल्य नपाउने, सप्लार्यसहरुले मनपरी मूल्य निर्धारण गर्ने काम गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो । यस्तै कुखुरापालक किसानले विभिन्न सात बुँदे माग राखेका छन् । उनीहरुले तयारी कुखुराको मूल्य बढ्नुपर्ने, समयमा तयारी कुखुरा बजारसम्म सप्लायर्सले पुर्याइदिनुपर्ने, कुखुराको रकम तत्काल पाउनुपर्ने, कुखुरा, दाना र चल्लाको मूल्य दैनिक प्रकाशित हुनुपर्ने, बच्चा र दाना गुणस्तरीय हुनुपर्नेलगायतका मागसमेत राखेर आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

अहिले बजारमा प्रति ५० केजी दानाको मूल्य रु तीन हजार ४५० र प्रतिगोटा चल्लाको मूल्य रु ९० मा किसानले किन्दै आएका छन् । चालीसदेखि ५५ दिनसम्म किसानले पालेका कुखुराको मूल्य भने प्रतिकिलो सरदर रु १८० मात्रै छ । अहिले तयारी कुखुराको मूल्य घोराहीमा रु १९०, तुलसीपुरमा १८० र देउखुरी क्षेत्रमा १७० मा किनबेच हुँदै आएको बताइएको छ । त्यसमा पनि किसानसँग प्रतिकिलो रु १८० मा किनिएको कुखुरा उपभोक्तासम्म आइपुग्दा रु ३०० देखि ३२० सम्म प्रतिकिलो तयारी मासु बिक्री हुने गरेको छ । दाना र चल्लाको मूल्य बढेपछि तयारी कुखुराको मूल्य पनि बढ्नुपर्ने किसानको मुख्य माग छ ।

दाना तथा कुखुरा सप्लायर्स दाङका उपाध्यक्ष महेन्द्र बुढाथोकीले तत्कालका लागि तयारी कुखुराको मूल्य बढाउन नसकिने बताए । जिल्लामा कुखुराको उत्पादन अत्यधिक हुँदा बजारले धान्न नसकेको र सोही कारण मूल्य बढाउन नसकिएको उहाँको तर्क छ । यस्तै दाङको तुलनामा अन्य जिल्लाका तयारी कुखुराको मूल्य थोरै भए पनि घोराहीमा आफूहरुले घाटा व्यहोरेर भए पनि किसानलाई धेरै मूल्य दिइरहेको उनले जिकिर गरे ।

जिल्लामा चल्ला र दाना थोरै मात्रामा उत्पादन भए पनि अरु सबै बाहिर जिल्लाबाट आउने हुँदा दाना र चल्लाको मूल्य आफूहरुले तोकेर निर्धारण नहुने उनले बताए । कुखुराको दानामा प्रयोग हुने करीब १५÷१६ प्रकारका अन्नजन्य पदार्थ सबै भारतको भर पर्नुपर्ने हुँदा पनि दानाको मूल्य चर्को हँुदै गएको दाना सप्लायर्सहरुको भनाइ छ ।

अहिले काठमाडौँ, पोखरा र दाङबाहेक सबै जिल्लामा तयारी कुखुराको मूल्यमा भारी गिरावट आएको र आफूहरुले तयारी कुखुराको मूल्य बढी भनेमा फ्रेस हाउसहरुले जिल्ला बाहिरबाट कुखुरा मगाउने हुँदा पनि समस्या भएको कुखुरा तथा दाना व्यवसायी बताउँछन् । दाना, चल्ला र तयारी कुखुराको मूल्य निर्धारणको काममा सरकारले जिम्मेवारी लिइदिए आफूहरुलाई सहज हुने व्यवसायी बताउँछन् । अहिले दाङभरि करीब दुई हजार किसानले कुखुरा पालिरहेका छन् । दाङमा प्रति हप्ता एक लाख २५ हजार चल्ला जिल्ला भित्रिने गरेका बताइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending