काठमाडाैं । चीन सरकारले मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा आज दुईपक्षीय सम्झौता भएको छ ।
उक्त सम्झौतामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री वेइ फेङ्हेबी बीच आज बेइजिङ्मा हस्ताक्षर भएको हो ।
चीनका राष्ट्रपति सी चीनफिङको गत असोज २५ र २६ मा भएको नेपालको राजकीय भ्रमणका क्रममा चीनले नेपाललाई उक्त सहायता उपलब्ध गराउने प्रस्ताव गरिएको थियो । उक्त सहयोग तीन वर्षभित्रमा प्राप्त हुनेछ ।
गत वर्षको चीन भ्रमणका क्रममा पनि दुई देशका रक्षामन्त्रीबीच नेपाली सेनालाई पन्ध्र करोड युयान बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएकोमा सो कार्यान्वयनको चरणमा छ ।
हस्ताक्षर हुनुपूर्व उपप्रधानमन्त्री र चीनका रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो । उपप्रधानमन्त्री पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशील, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको बताउँदै नेपाल र चीनबीचको असल र मैत्रीपूर्ण सम्बन्धलाई भर्खरै सम्पन्न चीनका राष्ट्रपतिको राजकीय भ्रमणबाट थप उचाइमा पु¥याउन र दुई देशबीच सम्पर्क र सहयोग विस्तार गर्न योगदान गरेको बताए । उनले चीनले नेपालको आर्थिक सामाजिक विकासमा निरन्तर पु¥याउँदै आएको सहयोगका लागि चीनसरकारप्रति धन्यवाद व्यक्त गरे ।
नेपाल–चीनबीचको मित्रतालाई प्रवद्र्धन गर्ने कुरा दुई देशका जनताको विकास, समृद्धि र पारस्परिक हितलाई प्रवद्र्धन गर्ने साझा उद्देश्यमा केन्द्रीत रहेको कुरा पनि उनले भेटवार्ताका क्रममा राखे । नेपाल एक चीननीतिको पक्षमा सदैव प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपालले आफ्नो भूमि तथा सीमा नाकामा छिमेकी मुलुक विरुद्ध कुनै पनि गतिविधि हुन नदिने नीति दृढताका साथ अवलम्बन गर्दै आएको कुरा राखे ।
चीनका रक्षामन्त्रीले नेपाल र चीनबीच प्राचीन कालदेखि नै सुमुधर, मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्दै उहानमा आयोजित सातौँ मिलिटरी वल्ड गेम र बेइजिङमा आयोजना हुन गइरहेको नवौँ सियाङ्गसन फोरममा नेपालबाट उच्चस्तरमा भएको सहभागिताका लागि चीन सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे ।
उनले नेपालको आर्थिक, सामाजिक तथा सैन्य क्षेत्रको विकासका लागि सहयोग उपलब्ध गराउन पाएकोमा चीनको तर्फबाट प्रसन्नता व्यक्त गरे । चीनको जनमुक्ति सेना र नेपाली सेनाबीच अत्यन्त सौहार्द्रपूर्ण सम्बन्ध रहेको कुरा उल्लेख गर्दै उनले नेपाली सेनाको क्षमता विकासका लागि चीन सरकार सदैव सकारात्मक रहेको विचार व्यक्त गरे।
वार्ताका क्रममा चीनका राष्ट्रपतिबाट हालसालै भएको नेपालको राजकीय भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ र फलदायी बनाउन सहयोग पुगेको बताउँदै उनले चीनका रक्षामन्त्रीलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा दिए । चीनका रक्षामन्त्रीले सो निमन्त्रणा सहर्ष स्वीकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जनाएको रक्षा मन्त्रालयले जनाएको छ ।
चीनका रक्षामन्त्रीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पोखरेल नेतृत्वको टोली हाल बेइजिङमा छ । भेटवार्तामा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपाली सेनाका रथी गौरव तण्डुललगायतको उपस्थिति थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: