Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

दसैँ मनाएर फर्कने यात्रु बढ्दै

पोखरा । बडादशैँको मुख्य दिन आश्विन शुक्ल दशमी (विजया दशमी) सकिएसँगै यतिखेर पोखराबाट आ–आफ्ना कार्यस्थल जाने व्यक्तिका कारण सवारीसाधनमा चाप देखिएको छ । सामान्यतः दशैँको टीका विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरिए पनि कास्की र आसपासका जिल्लामा सकेसम्म विजयादशमीकै दिनमा नै टीका लगाउने प्रचलन भएकाले उक्त दिन टीका लगाएर सर्वसाधारण आआफ्ना कार्यस्थलमा फर्कने गर्दछन् ।

दशैँका कारण केही दिन भने पनि चहलपहल भएका गाउँ बस्ती पुनः पूर्ववत् सुनसान हुँदै जान थालेका छन् भने शहरमा देशका विभिन्न भागका लागि बाहिरिने सवारीसाधनको चाप बढेको छ । हिजोदेखि नै फर्कने यात्रुको सङ्ख्या बढ्दै गएको पृथ्वी राजमार्ग बस कम्पनी लिमिटेडका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

पोखराबाट पूर्व र पश्चिमतर्फ ४९ वटा रात्रि बस नियमित सञ्चालन भएकोमा दशैँको टीका लगाई फर्कने यात्रुका कारण सवारीसाधन थपेर ७० वटा बनाइएको उनले बताए । उनका अनुसार काठमाडौँलगायतका स्थानमा जाने माइक्रो बस भने बिहानैदेखि खचाखच भरिएर गएका छन् ।

दशैँमा फर्कने यात्रुको सुविधा, सुरक्षा एवं जथाभावी भाडा बढी लिने क्रमलाई नियन्त्रण गर्ने लक्ष्यका साथ ठाउँठाउँमा गस्ती एवं सुरक्षा जाँच भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरिक्षक बाबुराम केसीले जानकारी दिए । फूलपातीदेखि बिदा भएका सरकारी कार्यालय आजदेखि खुलेका कारण पनि बजार क्षेत्र एवं कार्यालयमा चहलपहल बढेको छ । रासस

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending