काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक भएकोले भव्य सफल हुने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुँदैछ, चिनियाँ राष्ट्रपतिको दुई दिने भ्रमण ऐतिहासिक हुनेछ ।’ रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भ्रमणको क्रममा दुई देशबीच केरुङ–काठमाडौं रेलवेसम्बन्धी सम्झौता हुनेपनि स्पष्ट पारे ।
२३ वर्षअघिको चीन र २३ वर्षपछिको चीनमा धेरै परिवर्तन आएको सुनाउँदै भट्टराईले अहिले चीनको राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा पनि भूमिका हिजोको भन्दा फरक रहेको बताए । उनले भने, ‘विश्वकै दोस्रो शक्तिशाली राष्ट्र हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण लामो समयको प्रतिक्षा थियो ।’
उनले वर्तमान सरकार निर्वाचित भएर आईसकेपछि विदेश सम्बन्ध र उच्चस्तरीय भ्रमण आदानप्रदानमा पनि निकै फड्को मारेको दाबी गरे । उनले भने, ‘विगतमा हामीलाई छिमेकीसँग मात्रै भ्रमण केन्द्रित रहेको भनेर आरोप लगाउने गरिएको थियो, तर यो सरकार आईसकेपछि हामीले युरोपियन मुलुक, दक्षिण पूर्वी एशियाली मुलुकहरुमा पनि सक्रियताका साथ सम्बन्ध अघि बढायौं ।’ अहिले उच्चस्तरीय भ्रमण आदानप्रदानको क्रम बढिरहेको उनको भनाई छ ।
कुटनीति र आर्थिक क्षेत्रमा नेपालको परराष्ट्र नीति सुदृढ रहेको र सोहीअनुसार सफलता हाँसिल गरेको पनि उनको दाबी छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमाण राजकीय महत्व बोकेको भ्रमण भएकोले यसले दुई देशबीच विश्वासको वातावरण बनाउने पनि उनको भनाई छ ।
यसअघि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनको राजकीय भ्रमण गरेको र नेपालको राष्ट्रपतिको निम्तो स्विकारेर चिनियाँ राष्ट्रपति आउन लागेको बताउँदै भट्टराईले अहिले नेपाल र चीनबीच उच्चस्रतीय सम्वाद निरन्तर भैरहेको स्पष्ट पारे ।
नेपाल र चीन दुवै स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुक भएको र द्धिपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको उनको भनाई छ । उनले भने, ‘अब झन् हामीबीचको सम्बन्धको गतिमा फड्को मारिन्छ, सम्बन्धमा नयाँ अध्याय थपिनेछ ।’
सन् २०११ मा चिनियाँ राष्ट्रपतिले तिब्बतको भ्रमण गरेको स्मरण गर्दै त्यसयता तिब्बतको विकास धेरै गुणात्मक रुपमा अघि बढेको पनि उनले सुनाए । उनले भने, ‘तिब्बत हिजोजस्तो टनेलको अवस्थामा छैन, आज सडक, रेलवे, सञ्चार, विद्युत र बजारको विकास भएको छ ।’
भट्टराईले शनिबार काठमाडौं ओर्लने चिनियाँ राष्ट्रपति कति बजे आउने भनेर अहिले नै समय निश्चित् नभएको सुनाए । तर, शनिबार नै चिनियाँ राष्ट्रपतिले राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए ।
उनले चिनियाँ राष्ट्रपतिको स्वागतको लागि आफूहरु तीव्र प्रतिक्षामा रहेको बताए । उनको भ्रमणमा नेपाली जनताले अत्यन्तै ठूलो सद्भाव र सत्कार दिने पनि भट्टराईको विश्वास छ ।
भट्टराईले चिनियाँ राष्ट्रपति आउने दिन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही घण्टाको लागि मात्रै अवरुद्ध हुने जानकारी दिए । ‘रनवे एउटामात्रै भएकोले उहाँ आउने दिन केही घण्टाको लागि मात्रै विमानस्थल अवरुद्ध हुन्छ’ उनले प्रष्टाएको खबर दैनिक नेपालले छापेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...



प्रतिकृया लेख्नुहोस्: