Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

कविता : मेरो अयोग्यताको कारण तिमी त्यहाँ पुगेको हौ

साधुराम लामिछाने , काठमाडाै‌ं ।

तिमिले
गोडाफाट भन्यौं मैले गोडा फाटे
सतर्क भन्यौं म सतर्क बने
अगाडि बढ भन्यौं, म अगाडि बढे
पछाडि हट भन्यौं म पछाडी हटे
सर्ट्फिकेट फाल भन्यौं मैले फाले
दस्ताबेज पढ भन्यौं मैले पढे
इतिहास पढ भन्यौं मैले पढे
समाज पढ भन्यौं मैले पढे
अरु कत्ती कुराहरू तिमिले नभन्दा पनि पढेँ

तिमिले बन्दुक बोक भन्यौं मैले बोके
कैयौं कुइन्टल भारी पनि बोकेँ
सहयोद्धाका अमर शरीर बोके
घाइते शरीर बोके
रक्तिम सन्देश बोके
बोक्न त आजाद हरुका प्यार पनि बोके
जल्लादहरुका काला कर्तुत पनि बोके

घर भनिएन
सम्पत्ति भनिएन
बा आमा भनिएन
प्रियसी भनिएन
पढाई भनिएन
केवल भनियो त परिवर्तन
हिडिँयो त मृत्युलाई हत्केलामा राखेर
भत्काइयो दुश्मनको जिल्ला
बनाइयो आफ्नै लाल किल्ला
जलाइयो बुर्जुवा किताबका पाना पाना
बनाइयो सामन्तिलाई निशाना

तिमीसँग आदेश दिन सक्ने क्षमता थियो
म सँग पनि त तिम्रो आदेश मान्ने क्षमता त थियो

मैले आदेश पालना गरेकै हुँ
आफ्नो कर्तव्य निभाएकै हुँ
भोक भोकै लडेकै हुँ

त्यति बेला
मेरो अपाङ्ग शरीर पनि तिम्रो लागि अमुल्य थियो
किनकी म भाचिएको हात लिएर
बन्दुक चलाउन सक्थे
खुट्टामा गोलीका डल्ला बोकेर
अहोरात्र लड्न सक्थे

तिमिले बन्दुक रोक भन्ने बेलासम्म पनि
म तिम्रो लागि प्रिय नै थिए
किनकी म तिम्रा लागि सुरक्षा दिन सक्थे
तिमिलाई हर क्षण पहरा दिन सक्थे

तर, जब तिमी
हामी बस्ने परालको गुन्द्री छाडेर
राता कार्पेटमा बस्न थाल्यौं
अनि बिस्तारै मेरो मूल्य तोकिन थाल्यो

जब मूल्य तोकियो
म जस्तै हजारौंलाई हाट बजारमा राखियो
तिमिले पठाएका
कैयौं ग्राहकहरु आए
अङ्ग अङ्ग जाँचे

खुट्टामा गोली बोकेको म
भच्चिएको हात बोकेको म
अयोग्य बने

कमरेड !
कुनै बेला त्यही भाच्चिएको मेरो
हात तिम्रा लागि प्यारो थियो होइन ?
गोली लागेको मेरो खुट्टा
तिम्रा लागि तन्दुरुस्त थिए होइन ?
म अमुल्य थिए होइन ?
म योग्य नै थिए होइन र ?
तर म आज कसरी अयोग्य भए ?

तिमिले भनेको मोर्चा सम्हालेकै हुँ
दुश्मन को किल्ला तोडेकै हुँ
तिमिलाई गुन्द्रीबाट रातो कार्पेटसम्म पुर्याएकै हुँ
के त्यहा पुर्याउनु मेरो गल्ती थियो ?
मेरो अयोग्यताको कारण तिमी त्यहाँ पुगेको हौ ?

तिमिले त मेरो योगदानको मापन हुनुपर्छ भन्थ्यौं
तर मेरो चोट ग्रस्त शरीर नापियो
मेरो शरीरको उचाइ नापियो
तौल नापियो
तर
खै त तिम्रो उचाई नापिएको ?
खै त तिम्रो तौल नापिएको ?
खै त तिम्रो योग्यता नापिएको ?

केही पनि मापन गर्नै नपर्ने तिमी
योग्य
तिमिलाई नै योग्य बनाउन शरीरमा गोली बोक्ने
म कसरी भएँ अगोग्य ?

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending