काठमाडौं । दसैंको मुखैमा ‘सत्याकृत ब्याण्ड’ले बलीप्रथाविरुद्धको ‘एन्टी बली’ बोलको गीत सार्वजनिक गरेको छ। सबै प्राणी ईश्वरकै सन्तान भएकोले रगतको बलीले ईश्वर कहिल्यै खुसी नहुनेभन्दै यो प्रथा हटाउनुपर्ने सन्देश ‘एन्टी बली’ले दिएको छ। बली दिने प्रचलन कूप्रथा भएकोभन्दै यसलाई छोड्न सबैलाई ब्याण्डले गीतमार्फत आह्वान गरेको छ।
मानविय करुणा अनि प्रेमको सन्देश बोकेको श्री हजुरको शब्दलाई गायक सुरसाधले स्वर दिएका छन्। सत्याकृत ब्याण्डको लय तथा सङ्गित संयोजन रहेको उक्त गीतको मिक्सिङ र मास्टरिङ बलिउडका साउण्ड इन्जिनियर आमिर शेखले गरेका हुन्।
गीतमा प्रस्तुत भावअनुसार ‘ईश्वरलाई खुशी बनाउने बाहानामा पशुपंक्षिहरुको निर्मम हत्या गर्ने कूप्रथा हो। बलीले ईश्वर कदापि खुसी हुँदैनन्। उल्टै उनीहरको आँशु लाग्छ।’ ब्याण्डले सत्य प्रकाशित गर्दै आफूभित्रको लोभ, मोह, काम, क्रोध र अहंकारहरुलाई ईश्वरलाई चढाएर आफू आनन्दित र शान्तिमय जीवन विताउन आव्वहान गरेको छ।
सत्याकृत संस्कृति अनि परम्पराबाट टाढिएर आयातित संस्कार अनि संस्कृतिमा रुमल्लिएकालाई आफ्नो वास्तविक संस्कृति अनि परम्परामा फर्कन आवहान गर्दै स्थापित भएको एकमात्र साङ्गितिक समूह हो।
नेपालका विभिन्न ठूला ठूला शहरहरु लगायत भारत, दुवई, अस्ट्रेलिया जस्ता देशहरुमा पनि आफ्नो साङ्गितिक प्रस्तुति दिइसकेको ब्याण्डले बाहिरी रङ्गरुपमा भुलिरहेको अहिलेको समाजलाई वास्तविक शान्तिमा सत्यमा स्वयंमा फर्कन सत्य अनि प्रेममय गीत सङ्गितले सेवा गर्दै आएको छ।
यस्तो छ बलिविरुद्धको गीतको भिडियो
प्रतिकृया लेख्नुहोस्: