Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

भारतबाट फर्किदै गरेका नेपालीलाई सीमामा तानातान, १० जना पक्राउ

बाँके । भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ ।

नेपालगञ्जका होटल व्यवसायीका विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

आफ्नो होटलमा ग्राहक ल्याउन भन्दै यहाँका होटल व्यवसायीले कमिशनमा एजेन्ट राखेर सीमा नाकामा भारतबाट फर्किने नेपालीलाई दुःख दिँदै आएका छन् । बसको टिकट मिलाइदिने र होटलमा लाग्ने खर्चमा छुट दिने भन्दै विचौलियाले जमुनाहामा भारतबाट फर्किएका नेपालीलाई दुःख दिन थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक माधव रिजालले भने “यसअघि धेरै पटक सम्झाइबुझाइ गर्दा अटेरी गरेपछि नियन्त्रणमै लिनुप¥यो । होटल व्यवसायीले एजेन्ट राखेर दशैँ मनाउन भारतबाट फर्किएका नेपालीलाई दुःख दिन थालेपछि आज बिहानै ६ बजे १० जनालाई नियन्त्रणमा लिएका छौँ ।”

उनका अनुसार चाडपर्वका बेला नेपालगञ्जका होटल व्यवसायीले एजेन्ट राखेरै सीमामा नेपालीलाई दुःख दिने गरेका छन् । यहाँका होटलले कमिशनमा त्यस्ता एजेन्ट राखेर चाडपर्वका बेला नेपालीलाई दुःख दिने गरेका छन् । यस्ता अपराध र ठगी नियन्त्रण गर्न सबैतिर प्रहरी परिचालन गरिएको छ । एकाबिहानै होटलबाट खटाइएका विचौलिया जमुनाहामा पुग्ने र भारतबाट आएका नेपालीलाई तानातान गर्न थालेपछि हैरानी व्यहोर्नुपरेको छ । आफ्नो होटलसम्म पु¥याउनका लागि विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्दै आजित बनाउने गरेका छन् । भारतबाट फर्किदै गरेका भेरीगङ्गा नगरपालिका–५ सुर्खेतका वीरेन्द्र बिसीले भने, “हामीलाई कहाँ जाने भन्ने छँदैछ, तै पनि होटलवालाले तानेर सताउँछन् ।”

प्रहरी नायब निरीक्षक रिजालले भने, “भारतबाट मजदूरी गर्ने नेपाली फर्किरहेका छन् । होटलबाट खटिएका व्यक्तिले जमुनाहामै पुगेर अभद्र व्यवहार गरिरहनुभएको छ ।” भारतबाट फर्किदै गरेका नेपालीलाई आफ्ना होटलसम्म पु¥याउन विचौलियाबीच बाझाबाझ नै हुने गरेको छ । “हामीले पटकपटक सम्झाउँदा पनि अटेरी गरेपछि नियन्त्रणमै लिएर कारवाही गर्नुपरेको छ ।” चाडपर्वकै बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नेपालीलाई लुटिने र ठगिने समस्याबाट पीडित भइरहेकै बेला नेपाली भूमिमै यहाँका होटलवालाले थप दुःख दिने गरेको भारतबाट फर्किदै गरेका गुर्भाकोट नगरपालिका–३ सुर्खेतका धनबहादुर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल–भारत सीमा नाका जमुनाहामा भने भारतबाट मजदूरी गरेर फर्किदै गरेका नेपालीहरु यहाँका होटल व्यवसायीबाट पीडित छन् ।”

यतिबेला दैनिक करीब ५०० नेपाली भारतबाट दशैँ मनाउन नेपाल फर्किरहेका छन् । भारतबाट आउने नेपाली बिहान र साँझको समयमा हुल बाँधेर आउने गरेका छन् । यही मौका छोपेर होटलका विचौलिया एकाबिहानै सीमा नाका जमुनाहामा पुगेर ग्राहक तानातान गर्ने गर्छन् । यस विषयमा होटल व्यवसायी सङ्घ बाँकेले भने मौनता देखाउँदै यसलाई रोक्न कुनै सक्रियता देखाएको छैन ।

यहाँका होलटबाट ग्राहक तान्नकै लागि जमुनाहा पुग्ने विचौलियालाई प्रहरीले यसअघि लखेट्दै आएको थियो । होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले नेपालगञ्जका होटल व्यवसायीलाई त्यसो नगर्न आग्रह गरिएको बताए । उनले यस विषयमा सङ्घ गम्भीर रहेको बताउँदै भने, “यात्रुलाई अभद्र व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउनुपर्छ । व्यवसायी नसुध्रिए त्यसको जिम्मेवारी सङ्घले लिँदैन ।”

जमुनाहाबाट नियन्त्रणमा लिइएका १० जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । नियन्त्रणमा लिएकालाई सचेत गराएर साँझ मात्रै छाडिने बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए । “नियन्त्रणमा लिएकालाई सम्झाइबुझाइ गर्ने र आगामी दिनमा भन्सार र सीमा क्षेत्रमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता गर्न लगाएर साझा मात्रै छाड्छौँ”, उनले भने ।

चाडपर्वका समयमा आवागमन बढेसँगै सिमानामा लुटपाट र ठगीका घटना वृद्धि हुँदै आएका छन् । “यसलाई रोक्न हामीले सुरक्षा व्यवस्थालाई चुस्त बनाएका छौँ । चाडपर्वका बेला कोही पीडित हुन नपरोस् भन्नेमा हामी सचेत र संवेदनशील छौँ”, प्रहरी उपरीक्षक वलीले भन्नुभयो । भारतमा काम गरेर चाडपर्व मनाउन घर फर्किने नेपालीलाई नाकामा समस्या नहोस् भनेर भारतीय प्रहरीसँग समन्वय गरेर सादा पोशाकका प्रहरी परिचालन गरिएको छ ।

नाका, बजार, बसपार्कदेखि राजमार्गसम्म सुरक्षा निगरानी बढाएको बताउँदै प्रहरी उपरीक्षक ओलीले चाडबाडमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै विभिन्न सुरक्षा पोष्टका प्रमुखहरुलाई बिदा नदिएको पनि बताए। चाडबाडमा विशेष गरेर बैंक तथा वित्तीय संस्था आसपास, भारतबाट मजदूरी गरेर फर्किने नेपाली लुटिने गर्दछन् । शहर या जिल्ला बाहिर टीका लगाउन जाँदा घर खाली हुने भएकाले त्यस्ता घरमा चोरी हुने खतरा बढ्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies