बाँके । बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो ।
भेरी अस्पतालको प्रसूतिकक्षमा खटिएका कर्मचारीको चरम लापरवाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई मसानघाट पुर्याएपछि जीवित देखिँदा शुक्रबार पुनः अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । ६०० ग्राम तौल रहेको महीना नपुगी जन्मेको शिशु(छोरी)को अस्पतालको सघन उपचारकक्षमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
शिशुको मृत्यु भएपछि परिवार र आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा आन्दोलनसमेत गरेका छन् । अस्पतालको चरम लापरवाहीका कारण उपचारार्थ शिशुको मृत्यु भएको उनीहरुको आरोप छ । शुक्रबार बिहान प्रसूतिकक्षमा खटिएका नर्सहरूले जीवितै रहेको नवजात शिशुको मृत्यु भइसकेको घोषणा गरेका थिए । जाजरकोट, छेडागाड नगरपालिका–९ की २० वर्षीय कमला अधिकारीले शुक्रबार बिहान ५ः३० बजे शिशु जन्माएकी थिइन् । सामान्य अवस्थामा जन्मिएको शिशु केही घण्टापछि शिशुको मृत्यु भइसकेको भन्दै प्रसूतिकक्षमा कार्यरत कर्मचारीले अभिभावकलाई बुझ्न लगाएका थिए ।
अस्पतालले ज्यूँदै शिशु मरेको भनेर कमलाका पति मिलन अधिकारीलाई कागजातमा हस्ताक्षर गराएर सदगत् गर्न बुझाएको थियो । मृत्यु भइसकेको भनिएको शिशुलाई गाड्न अस्पतालका कर्मचारीले दुई हजार मागेपछि अधिकारीले रकम नदिने भन्दै नेपालगञ्ज बुलबुलियास्थित हिन्दू मसानघाट लगेका थिए ।
मसानघाटमा शिशुलाई गाड्न भनी खाल्डो खनेर तयार पारियो । गाड्ने तयारी भइरहेका बेला मसानघाटकी कर्मचारी कलावती नेपालीले शिशुलाई देखाउन भनिन् । कालो प्लाष्टिकको झोलाबाट मिलनले शिशु निकालेर कलावतीलाई देखाए ।
कलावतीले शिशु जिउँदै रहेको भनेपछि मिलन रुँदै शिशुलाई लिएर फेरि भेरी अस्पताल पुगेका थिए । घटनाका बारेमा विस्तृत बताउँदै कमलाका श्रीमान् मिलनले भने, “घटनापछि अस्पताल प्रशासनले आफ्नो बचाऊ गरिरहेको छ, अस्पतालको लापरवाहीका कारण छोरीको मृत्यु भयो ।”
भेरी अस्पतालको चरम लापरवाहीका कारण ज्यूँदै बच्चालाई मृत घोषित गरेको समाचार सार्वजनिक भएपछि भेरी अस्पतालले आफ्नो गल्ती ढाकछोप गरिरहेको छ ।
प्रिम्याच्युयर (महीना नपुगी जन्मिएको) बच्चाहरुमा पूर्वानुमान गर्न गाह्रो हुने भन्दै भेरी अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गरी आफ्नो गल्ती ढाकछोप गरेको हो । “समयावधि नपुगी जन्मिने र कम तौल भएका बच्चाको अवस्था चुनौतीपूर्ण हुन्छ । शारीरिक अवस्थाको कारणले गर्दा हुनपुगेको घटना हामी सबैका निम्ति पाठ हुन पुगेको छ ।”
“यस प्रकारका असावधानीहरु भविष्यमा हुन नदिन अस्पतालको प्रतिबद्धता जाहेर गर्दछु”, भेरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईँद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: