Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

अब युवाले आन्दोलन गर्दैन, टायर बाल्दैन, देशको समृद्धिका लागी गैठीसाबेल बोक्छन् : दिपशिखा

काठमाडौँ । राष्ट्रिय युवा संघका सह–इन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले अबको समय युवाहरुले देशको विकास र समृद्धिका लागि गैटी र साबेल बोक्ने बताएका छन् । शुक्रबार पेरिसडाँडामा आयोजित राष्ट्रिय युवा संघको पदभार ग्रहण तथा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै दिपशिखाले हिजोको जस्तो टायर बाल्ने आन्दोलनमा नलागि देश समृद्धि गर्ने आन्दोलनमा युवाहरु जुट्ने बताएका हुन् ।

उनले देशलाई रोजगारी, सम्बृद्धि र विकास चाहिएको भन्दै अबका युवाले त्यस्तो व्यवस्था ल्याएरै छाड्ने उद्घोष गरे । संयोजक दिपशिखाले केहि वर्षभित्र नै राष्ट्रिय युवा संघले विदेशबाट रोजगारीका लागि गएका युवाहरु स्वेदश फिर्ता गर्नेसमेत दाबी गरे ।

‘यो देशलाई चाहिएको समृद्धि हो, यो देशलाई चाहिएको विकास हो, यो देशलाई चाहिएको रोजगारी हो, विदेशबाट रोजगारीमा गएका युवाहरु फर्कारहेको युवा संघलाई केहि वर्ष भित्र तपाईंहरुले भेट्नु हुनेछ ।’ संयोजक दिपशिखाले भने, ‘पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री क. केपि शर्मा ओलीले भने जस्तै ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने दिशामा युवाहरु अगाडि बढ्नेछन्, अब युवाहरुले टायर बाल्नेछैनन्, अब युवाहरुले जुलुस निकाल्दैनन् ।’ संयाेजक दिपशिखाले अबकाे युवाहरु समृद्धि र देशको विकासका लागि स्वरोजगार हुने दिशामा अगाडि बढ्ने बताए ।

उनले एकता प्रक्रियालाई गाउँ–गाउँसम्म दशैं तिहारका बीचमा पु-याउने र तिहारपछि संगठनले नयाँ रुप लिने पनि बताए । नेकपाका केन्द्रिय सदस्यसमेत रहेका दिपशिखाले पार्टी एकतामा युवाको एकता नमुना हुने दाबी गरे ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending