Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

समितिको अधिकारलाई सरकारले सम्मान गर्छ– गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकमा विदेशी बुहारीलाई सात बर्षमा नागरिकता दिने प्रावधान र हाम्रो नागरिकता प्रदान गर्ने नीतिबीच एकरुपता हुनुपर्ने आवाज उठेको बताएका छन ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदको जिज्ञासमा उनले विधेयकको परिमार्जन, संशोधन र सच्याउने समितिको अधिकारलाई सरकारले सम्मान गर्ने स्पष्ट पारे ।

सात वर्षपछि र तत्काल अङ्गीकृत नागरिकता दिने व्यवस्थाबीच देखिएको असमानतालाई कसरी हटाउने भन्ने विषय उठेको उल्लेख गर्दै उनले नागरिकताका विषयमा आम सहमति गराउने सरकारको प्रयत्न भए पनि त्यो वातावरण बनिनसकेको बताए ।

नागरिकताको प्रश्न राष्ट्रियतासँग जोडिएको निकै संवेदनशील विषय भएको बताउँदै गृहमन्त्री थापाले भने, “खुला सीमाका कारण दोहोरो नागरिकताले राष्ट्रियता, सुरक्षा र विकासमा ठूलो असर पर्न सक्छ, भारतसँगको हाम्रो विशेष सम्बन्धको पाटोलाई पनि हामीले हेक्का राख्नुपर्छ ।”

सांसद रामसहायप्रसाद यादवले छलफलमा उठाएका विषयलाई समेटेर ल्याएका प्रतिवेदन अध्ययनका लागि समय माग गरेपछि शनिबार बस्ने गरी आजको बैठक स्थगन भएको जानकारी दिए। वैवाहिक अङ्गीकृत नागरिकताका बारेमा ल्याइएको विकल्पबारे आफूहरुलाई जानकारी नभएको बताउँदै उहाँले विद्यमान अङ्गीकृत नागरिकता प्रदान गर्ने प्रावधानले राष्ट्रलाई के त्यस्तो क्षति प¥यो र संशोधन गर्न खोजेका हौँ भनी प्रश्न गरे।

समितिले तयार गरेको विकल्पसहितको प्रतिवेदनमा तत्काल अङ्गीकृत नागरिकताको साटो सामाजिक, आर्थिक र सामाजिक अधिकार उपलब्ध हुने गरी परिचयपत्र दिने र त्यसको सात वर्षपछि मात्र नागरिकता प्रदान गर्न सकिने उल्लेख छ ।

नेपाली महिलासँग विवाह गर्ने वैदेशिक पुरुषको हकमा भने अङ्गीकृत नागरिकताका लागि १५ वर्षको समयावधि हुनुपर्ने उल्लेख छ । समितिका सदस्य झपट रावलले एक वर्षदेखि विधेयकमाथि छलफलमा उठेका र सहमति हुननसकेका विषय समेटेर अङ्गीकृत नागरिकताको विषयमा विकल्पसहित तयार भएको प्रतिवेदनमाथि शनिबार छलफल हुने बताउए ।

उनले भने, “छिमेकी मुलुकसँग हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहिआएकामा हाम्रा छोरीहरु त्यहाँ विवाह गरेर जाँदा नागरिकता प्राप्त गर्न सात वर्ष पर्खनुपर्ने हामीले चाहिँ एउटा हातमा सिन्दुर अर्को हातमा नागरिकता दिनुपर्ने किन, विदेशबाट हामी शासित हुने कल्पना हाम्रो संविधानले गरेको छैन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending