Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

किन हाडनाताबाटै पटकपटक बलात्कृत हुन्छन् बालिका ?

काठमाडौं । पछिल्लो समय बालबालिकासम्बन्धी घटना बढ्दै गएका छन् । आर्थिक वर्ष २०७५/६७ मा राष्ट्रिय बाल अधिकार परिषद्मा विभिन्न जिल्लाबाट आएका जानकारी र विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीका आधारमा परिषद्ले गरेको एक अध्ययनमा सो अवधिमा ६५४ बालअधिकार हननसम्बन्धी घटना भएका छन् ।

उक्त घटनामा एक हजार ८० बालबालिका प्रभावित भएका छन् । सबैभन्दा बढी गत आवको अन्तिम चौमासिकमा २८८ घटनाबाट ४८५ बालबालिका पीडित तथा प्रभावित भएका छन् । पहिलो चौमासिकमा २०४ बालअधिकार हननका घटना भएका छन् भने ३१५ बालबालिका प्रभावित भएका छन् । दोस्रो चौमासिकमा १६२ बालअधिकार हननका घटना भएका छन् । जसबाट २८० बालवालिका पीडित भएका छन् ।

त्यसैगरी तेस्रो चौमासिकमा २८८ घटना भएका छन् र ४८५ बालबालिका प्रभावित भएका छन् । प्रभावित एक हजार ८० पीडित बालबालिकामध्ये ४४१ बालक र ६१८ बालिका तथा २१ शिशु रहेका छन् । आव २०७५÷७६ मा तुलनात्मक रुपमा सबैभन्दा धेरै बाल यौन दुव्र्यवहार तथा बलात्कारका घटना भएका छन् । जसमा २५२ बालबालिका पीडित भएका छन् । मृत्यु २४१, बालविवाह १९६, बालश्रम ११२, बेचविखन तथा ओसारपसार ९६, हत्या ६५, कुपोषण ३८, शारीरिक सजाय ३७, आत्महत्या २७, अपहरण १२ र गर्भपतनका चार घटना भएका छन् ।

एक वर्षमा विभिन्न सञ्चारमाध्यममा २५२ बाललालिका यौन दुव्र्यवहार र बलात्कारमा परेका घटना प्रकाशमा आएका छन् । आर्थिक वर्षका तीन चौमासिकलाई तुलना गर्दा सबैभन्दा बढी पहिलो चौमासिकमा ९८ बालबालिका बाल यौन दुव्र्यवहारमा तथा बलात्कारका घटनामा परेका छन् । दोस्रो चौमासिकमा ८२ र तेस्रो चौमासिकमा ७२ बालबालिका बाल यौन दुव्र्यवहार तथा बलात्कारका घटनाबाट पीडित भएका देखिएको छ ।

परिषद्का प्रवक्ता रामबहादुर चन्दले घटनालाई तुलना गर्दा बालकमाथि भएका बाल यौन दुव्र्यवहारका घटनाभन्दा बालिकामाथि भएका बलात्कारका घटनाको सङ्ख्या बढी रहेको जानकारी दिनुभयो । भौगोलिक विकटता र सामाजिक परिवेशका कारण अझै पनि कतिपय घटना प्रकाशनमा आउन सकेका छैनन् । उक्त प्रतिवेदनलाई हेर्ने हो भने सबैभन्दा बढी आफ्नै बाबु तथा हाडनाता, चिनजानका व्यक्ति, घर मालिक, शिक्षक तथा प्रधानाध्यापक, सेना, प्रहरी तथा कर्मचारीबाट बलात्कृत भएका छन् ।

आव २०७४÷७५ मा २४३ बाल यौन दुव्र्यवहार र बलात्कारका घटना प्रकाशमा आएका थिए भने गत आवमा सो सङ्ख्या २३४ रहेको छ । बालबालिकासम्बन्धी कुनै पनि घटना सञ्चारमाध्यमलगायत अन्य आधारमा जानकारीमा आएका अवस्थामा परिषद्ले तत्काल सम्बोधन गर्ने प्रयत्न गर्नुका साथै त्यस्ता बालबालिकाको संरक्षणका लागि सहयोग, सहजीकरण गर्दै आएको छ ।

अध्ययनका क्रममा परिषद्ले समावेश गरेका घटना विभिन्न पत्रपत्रिकामा प्रकाशनमा आएका घटना मात्रै भएकाले ती नै सम्पूर्ण नभए पनि अध्ययनले केही हदसम्म नेपालमा बाल संरक्षणसम्बन्धी घटनाको स्वरुप आँकलन गर्न सम्बन्धित निकायलाई सहयोग पुग्ने प्रवक्ता चन्दले विश्वास व्यक्त गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending