बैतडी । बैतडी सदरमुकाम क्षेत्रमा विगत केही वर्षदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ । खेतबारीमा काम गर्ने महिला तथा विद्यालय जाने बालबालिकालाई आक्रमण गरी घाइते बनाउने बनाउनाका साथै खेतबारीमा लगाएको अन्नबाली, फलफूल र घरभित्र पकाएर राखेको खानासमेत बाँदरले खाने गरेको छ । दशरथचन्द नगरपालिकाले वडा नं ४, ५, ६, ७ र ८ मा बाँदरले विगत केही वर्षदेखि आतङ्क मच्चाएकाले त्यसको व्यवस्थापनका लागि रु १० लाख छुट्याएको छ ।
बाँदरलगायत अन्य जङ्गली जनावर व्यवस्थापन गर्न उक्त रकम विनियोजन गरिएको वडा नं ५ का अध्यक्ष नारायणप्रसाद भट्टले जानकारी दिए ।
बाटोमा हिँड्दासमेत महिला तथा बालबालिकालाई बाँदरले आक्रमण गर्दै आएको र गत साउनमा तीन जनालाई बाँदरले टोकेकाले उनीहरूलाई रेविजविरुद्धको सुईसमेत दिइएको उनले बताए । जङ्गली जनावर व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र नगरपालिकाले केही दिनभित्रै ठोस निर्णय गर्ने जनाइएको छ । बाँदर नियन्त्रणका लागि उक्त नगरपालिकाले विगतका वर्षमा पनि बजेट विनियोजन गर्दै आएको थियो ।
खेतीयोग्य जमीन बाँझै
सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क फैलाउन थालेकाले विगत पाँच वर्षदेखि यहाँका बासिन्दाले खेतीयोग्य जमीनसमेत बाँझै छाड्दै आएका सोही नगरपालिका निवासी तेजप्रकाश भट्टले जानकारी दिए । बाँदरको दुःख खप्न नसकेर बसाइँ सर्नुपर्ने अवस्थासमेत सिर्जना भएको अर्का स्थानीयवासी पार्वती चन्दले बताइन् । सोही नगरपालिका वडा नं ५ का डम्बर टमाटाले घरको खानेकुरा सुरक्षाका लागि एक जनाले दिनभर बाँदरका लागि घर कुरुवा बस्नुपरेको गुनासो गरे । लाखौँको सुन्तला फल्ने यो मौसममा अहिले रुखमा एक दान सुन्तला देख्न पनि मुस्किल भएको उनको भनाइ थियो ।
योजना सफल भएन
बाँदरको आतङ्क बढेपछि उक्त नगरपालिकाले गत वर्ष पनि बाँदर धपाउने अभियान शुरु गरेकामा निस्फल भएको वडाध्यक्ष भट्टले बताए ।
बाँदर विशेषज्ञ ल्याएर बाँदर धपाइए पनि फेरि गाउँमै बाँदर फर्केर आएका छन् । उक्त नगरपालिकाले तयार पारेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजनामा बाँदर आतङ्कलाई पहिलो प्रकोपका रुपमा राखिएको छ । नगरवासीले पटकपटक गुनासो गर्दै आएपछि बाँदर धपाउने अभियान सञ्चालन गरिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए ।
मोहनबहादुर चन्दको नेतृत्वमा बाँदर धपाउने टोलीमा सहभागी स्थानीयवासी विद्यार्थी, महिलालगायत सरोकारवालाले गुलेली, लाठी ढुङ्गा बोकेर बाँदर अभियाननै चलाएपनि सफल नभएपछि प्रभावित वडाका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने पीडितहरूले माग गर्दै आएका छन् । भारतको कोशी तथा वराणासीबाट ट्रक ल्याएर महाकाली नदीमा बाँदर छोडिएकाले जिल्ला सदरमुकाममा यसको आतङ्क बढेको स्थानीय बासिन्दाको भनाइ थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: