Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

प्रदेश र स्थानीय सरकारको लगानीमा खानेपानी

दमौली । दुई सरकारको लगानीमा खानेपानी आयोजना निर्माण गरिएपछि स्थानीयवासी खुशी भएका छन् । गण्डकी प्रदेश सरकार र भीमाद नगरपालिकाको संयुक्त लगानीमा भीमाद नगरपालिका–२ जौपानीस्थित मान्द्रेढुङ्गा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो ।

कूल रु ९० लाखको लगानीमा निर्माण सम्पन्न भएको योजनाका लागि प्रदेश सरकारले रु ५० लाख र भीमाद नगरपालिकाले रु ४० लाख साझेदारी गरेका छन् । खानेपानी आयोजनाबाट यहाँका ४८ घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार मान्द्रेढुङ्गा मूलको पानी १७४ मिटर लिफ्टिङ गरी उपभोक्ताको घर–घरमा जडान गरिएको छ ।“सोलार भन्दा कम खर्चिलो हुने भएकोले बिजुलीबाट लिफ्ट गरेर खानेपानी उपभोक्ताको घर–घरमा पुर्याइएको छ,” उनले भने,“७५ घरधुरीमध्ये २७ घरधुरीमा गत वर्ष नै धारा जडान गरिसकिएको थियो ।”

खानेपानीको समस्या भोग्दै आएका यहाँका स्थानीयवासी घरमै पानी आएपछि खुशी भएको स्थानीयवासी सानीमाया थापाले बताए । “खानेपानीको जोहो गर्न घण्टौं समय कुवामा लाइन बस्नुपथ्र्यो” उनले भने, “अहिले घरमै धारा खोलेपछि पानी आउने भएपछि सजिलो भएको छ ।”

भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले खानेपानीको समस्या रहेका यहाँका स्थानीयवासीलाई स्वच्छ पानी खुवाउन प्रदेश सरकारसँग साझेदारी गरिएको बताए “स्थानीय सरकारको एक्लैको लगानीले मात्र खानेपानी व्यवस्था गर्न कठिन हुन्थ्यो,” थापाले भने,“प्रदेश सरकारले रु ५० लाख लगानी गरेपछि नगरपालिकाले पनि रु ४० लाख लगानी गर्यो।” थापाले नगरपालिकाभित्रका अन्य ठाउँमा पनि खानेपानीको समस्या रहेकाले विस्तारै उक्त ठाउँमा खानेपानीको सुविधा पुर्याइने जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending