काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक पाहुनाको आतिथ्य सत्कारसँग प्रत्यक्ष सरोकार राख्ने पर्यटक यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गरिने बताएका छन् ।
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारण सभाको आइतबार साँझ उद्घाटन गर्दै मन्त्री भट्टराईले अर्बौं लगानी भएको र हजारौँले रोजगारी पाइरहेको पर्यटक यातायात क्षेत्रलाई नीतिगत व्यवस्था, लगानीको सुधार राज्यको दायित्व हो भन्दै त्यसका लागि आफ्नो तर्फबाट प्रभावकारी पहल गरिने बताएको हो ।
उनले पर्यटन सम्भावनायुक्त व्यापक क्षेत्र भएको र आजको पर्यटनको दायरा फराकिलो बनिरहेको परिप्रेक्षमा पाहुनालाई सुरक्षित गन्तव्यमा पु¥याउन पर्यटक यातायात व्यवसायीले निर्वाह गरेको भूमिकाको प्रसंशा पनि गरे। पर्यटक यातायात व्यवसायीले उठाएका समय सान्दर्भिक समस्यालाई अन्तर मन्त्रालयबीच समन्वय तथा मन्त्रिपरिषद्बाट निर्णय गराएर भए पनि समाधानका निम्ति पहल गरिने मन्त्री भट्टराईको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटी सदस्यसमेत रहेका पर्यटनमन्त्री भट्टराईले प्रतिपक्षी दलले सरकारको आलोचना मात्र हैन आर्थिक विकास र समृद्धिको यात्रामा सकारात्मक सहयोग गर्नुपर्ने विचार व्यक्त गरे ।
मन्त्री भट्टराईले सरकार गठन भएको १८ महीनाको अवधिमार समृद्धिको आधार खडा भएको दाबी गर्दै पूर्ण परिणामका लागि पाँच वर्ष कुर्नुपर्ने बताए ।
उनले भने, “अर्को चुनावमा जनतासामु वाचा लिएर जाँदैनौँ, पाँच वर्षमा भएका विकास र प्रगतिको ग्राफ लिएर जान्छौँ । अहिले सरकारको १८ महीनाको अवधिमै राष्ट्रिय गौरवका आयोजनाले उल्लेख्य प्रगति हासिल गरेका छन् सात अङ्कको आर्थिक वृद्धि भएको छ, अन्य क्षेत्रमा सकारात्मक परिवर्तनका सूचक देखिएका छन् बरु वादविवादभन्दा पनि परिवर्तित व्यवस्थाको संस्थागत र समृद्धिको यात्रालाई सहकार्यका साथ अघि बढाउनु अपरिहार्य छ ।”
कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन पर्यटक यातायात व्यवसायीको महत्वपूर्ण भूमिका हुने भन्दै जिम्मेवार र मर्यादित भएर लाग्न आग्रह गरे ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: