चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको दोस्रो बैठकले जिल्लाका सात पालिकाका ९८ वडाको नेतृत्वको जिम्मेवारी तय गरेको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट सहमति गरी नेतृत्व लिने वडा टुङ्गाइएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुर महानगरपालिकाका २९ वडामध्ये १५ वडा पूर्वएमाले र १४ वडा पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ । राप्ती नगरपालिकाका १३ वडामध्ये सात वडा पूर्वएमाले र छ वडा पूर्वमाओवादीको भागमा परेको छ । यस्तै खैरहनी नगरपालिकाको १३ मध्ये सात पूर्वएमाले र छ पूर्वमाओवादीको भागमा परेको छ । रत्ननगर नगरपालिकाका १६ वडामध्ये पूर्वएमाले र पूर्वमाओवादीको भागमा आठ÷आठ वडा परेका छन् ।
कालिका नगरपालिकाका–११ वडामध्ये छ पूर्वएमाले र पाँच पूर्वमाओवादीको भागमा परेको उनले जानकारी दिए । इच्छाकामनाका सात वडामध्ये चार पूर्वएमाले र तीन पूर्वमाओवादी केन्द्रको भागमा परेको छ । यस्तै माडी नगरपालिकाका नौ वडामध्ये पाँच पूर्वएमालेको भागमा र चार पूर्वमाओवादीको भागमा परेको छ ।
१२५ सदस्यीय महानगर कमिटीमा पूर्वएमालेको भागमा ६५ र पूर्वमाओवादीको भागमा ६० जना परेको परियारले जानकारी दिए । इच्छाकामना गाउँ कमिटीमा ४० पूर्वएमाले र ३५ पूर्वमाओवादी केन्द्रको भागमा परेको छ । यस्तै माडी नगरपालिकामा ४० पूर्वएमाले र ४१ पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा पूर्वएमालेका तर्फबाट ४३ र पूर्वमाओवादी केन्द्रको तर्फबाट ३८ जना परेका छन् ।
बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति पनि टुङ्गो लगाएको छ । क्षेत्र नम्बर १ र २ को प्रतिनिधिसभा क्षेत्र समन्वय समितिको संयोजक पूर्वएमालेको भागमा र क्षेत्र नम्बर ३ पूर्वमाओवादी केन्द्रको भागमा परेको छ ।
यस्तै प्रदेशसभा क्षेत्र समन्वय समितिअन्तर्गत चितवन १ (क) मा पूर्वमाओवादी केन्द्र, १ (ख)मा पूर्वएमालेको संयोजक हुने भएका छन् । यस्तै २ (क)मा पूर्वमाओवादी,२ (ख)मा पूर्व एमाले र ३ (क)मा पूर्व एमाले र ३ (ख)मा पूर्व माओवादीको भागमा परेको परियारले जानकारी दिए । भागबण्डासँगै ती पदहरुमा पूर्वएमाले र माओवादीका तर्फवाट जो अध्यक्ष रहेका थिए उनीहरुनै अध्यक्ष भएका छन् ।
सात पालिकाका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिव, जिल्ला पार्टी कार्यालय सचिवालय, विभिन्न विभाग र जनवर्गीय सङ्गठनको टुङ्गो लगाउन बाँकी रहेको छ । बिहीबार बसेको पार्टीको बैठकमा अध्यक्ष परियारले प्रस्ताव पेश गर्नुभएको थियो । बैठकमा सहभागी केहीले आफ्नो राय दिएको भए पनि सर्वसम्मतबाट अनुमोदन गरिएको परियारले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: