Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

धेरै घुमियो, अनि लेखियो - राजकर्णिकार

काठमाडौं । यही भदौ २० गते ७७ वर्ष सात महिना सात दिन पुगी जँक्वः (भीमरथारोहण अर्थात् बूढो पास्नी) मनाउन लागेका उद्यमी घनश्याम राजकर्णिकार आफ्ना र नातेदार र कुलकुटुम्बलाई आफैँ निम्तो दिन छोरीहरुका साथ दिनभर आफैँ कार हाँकेर घरघर पुगे । उनी र धर्मपत्नी शान्तालाई जँक्वःको पूर्वसन्ध्यामा भदौ १५ गते भिक्षुभिक्षुणीहरुले बौद्ध परम्परानुसार परित्राण पाठ गरी शुभकामना र आशिष दिए भने भदौ १७ गते साहित्यकारहरु मात्र जमघट गराई उनले बधाई र शुभकामना थापे । यसै वर्ष उनको साहित्य लेखनको ५५ वर्ष पनि पुग्दैछ ।

उनी हालसम्म एसिया, युरोप र अमेरिकाका २० भन्दा बढी राष्ट्र पुगे भने छिमेकी देश चीन पुग्न पनि तीव्र लालायित छन् । जहाँ टेके पनि नियात्रा लेख्ने उनी ल्हासा मात्र जाने निमन्त्रणा आए पनि त्यहाँ जानुभएको छैन । स्वदेशभन्दा उनलाई बढी विदेशकै यात्राले बढी तानेको छ । संयोग र व्यावसायिक काम पनि त्यस्तै प¥यो उनलाई । कति देश घुमियो भनी कण्ठस्थ भन्न पनि सक्दैनन् । उनको पहिलो नियात्रा कृति ‘विदेशको यात्रा स्वदेशको सम्झना’ ९२०३७० यति लोकप्रिय भइदियो कि उनी आफैँ प्रकाशक रहेको सो कृतिको सातौँ संस्करण प्रकाशन भइसकेको छ । सरल भाषाशैली, तीव्र अनुभूति र कौतुहलता तथा पाठकलाई लेखकले घुमेको स्थानमा लान सक्ने विशेषता सो कृतिको भएको भनी आफूले पाठकको प्रतिक्रिया पाएको लेखक बताउँछन् ।

यात्रा विवरणमा निजी अनुभूति घोलिने नियात्रालाई लोकप्रिय बनाएका लेखकका नियात्रासम्बन्धी मात्रै नेपाली र अङ्ग्रेजी गरी छ कृति प्रकाशित छन् । ‘विदेशको यात्रा स्वदेशको सम्झना’, ‘देशप्रदेशको भ्रमण’ २०४३ (तेस्रो संस्करण), ‘बौद्ध तीर्थयात्राः नालन्दादेखि लुम्बिनीसम्म’ २०६० (तेस्रो संस्करण) ‘यात्रा अमेरिकाको माया नेपालको’ २०६९ (तेस्रो संस्करण), ‘यात्राको लहरीमा हिउँफूलकी रानी’ २०७४ र ‘माइ ट्राभल्स इष्ट एण्ड वेष्ट’, सन् २०१३ (विसं २०७०) नियात्रा कृतिमध्ये ‘यात्राको लहरीमा...’(डिकुरा प्रकाशन) ले त रु एक लाखको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार पनि जितेको छ । त्यसो त उनले संस्कृति मन्त्रालयबाट प्रदान गरिएको रु एक लाखको महाकवि देवकोटा पुरस्कार २०७१ र एक लाखकै शमी साहित्य साधना सम्मान २०७३ लगायत करीब दुई दर्जन सम्मान, पुरस्कार एवं पदक पनि पाइसकेका छन् ।

बौद्धदर्शन, उद्यम र लेखनलाई एकसाथ अप्नाएका राजकर्णिकार लेखनले नै आफूलाई समाजमा चिनाएको बताउँछन् । विशेष गरी व्यावसायिक कामको सिलसिलाले विदेशमा पु्¥याए पनि त्यसलाई लेखनमा उतारी शुरुशुरुमा आफैँ प्रकाशक बनी प्रकाशन गर्न पाएकाले कृति बजारमा आउन सकेकामा उनी गौरव गर्व गर्छन् । ‘पैसा नभएको भए कृति पनि कहाँ निक्लन्थ्यो र ?’ उनी आफैँसँग प्रश्न गर्छन् । उनका ‘केही चिन्तन केही मन्थन’ (२०३५), ‘सम्झनाको लहरमा लहरिँदै जाँदा’ (२०५२), ‘पवित्र सम्झना आमाको’(२०५५), ‘गजराज राजकर्णिकारको वंशावली’ (२०६१), ‘अनुभव र अनुभूतिमा घनश्याम राजकर्णिकार’ (२०६२), ‘बुद्धज्योतिका केही रश्मि’ (२०६४) कृति र ‘बुद्धको सम्झना कल्याणको कामना’ ९२०३९० सम्पादित कृतिले पनि उनलाई विशिष्ट पहिचान दिलाएका छन् ।

बिहानको समय योग, विपश्यना ध्यान, संस्कार च्यानलमा अध्यात्म विषय र युट्युबाट बौद्ध प्रवचन श्रवण गर्ने राजकर्णिकार प्रातःभोजनपछि १० बजे कृष्ण पाउरोटी भण्डार प्रालिको आफ्नो कारखानामा नित्य पुगी २ बजेसम्म रेखदेख गर्छन्, जहाँ धर्मपत्नी शान्ता तथा पाँच छोरीहरु रीना ताम्राकार, दीपा ताम्राकार, प्रज्ञा श्रेष्ठ, सृष्टि श्रेष्ठ र पूजा शिख्राकार सञ्चालक र प्रबन्धक रही आफ्नो कम्पनीलाई अघि बढाइरहेका छन् । कारखानामा पाउरोटी, केक, कुकिज, पेस्ट्री आदिका मात्र ६०–७० आइटमहरु बन्छन् । दिउँसो बाहिरी काम र साहित्यिक कार्यक्रमहरुमा पुग्ने उनी बेलुकी मात्र लेखपढमा लाग्छन् ।

उनले घुमेका देशमा मन परेकामा जापान, अमेरिका र सिङ्गापुर, शहरमा टोक्यो, हिरोशिमा, न्यूयोर्क, चेन्नई, पुने, पेरिस र लण्डन, विदेशी खानामा साउथ इण्डियन खाना, पिजा, ब्रेड बटर, ब्राउन ब्रेड, मल्टीग्रेन ब्रेड, हाइ फाइबर कुकिज, चिज केक, ब्ल्याक फरेष्ट पेष्ट्री, पेय पदार्थमा अमेरिकी मिल्क कफी र क्यापाचिनो कफी, वेशभूषामा जापानी किमोनो लागेको छ । ‘अमेरिकीहरु फ्रेण्डली पाएँ, जापानीहरु रमाइला लागे, जर्मनहरु कर्तव्यनिष्ठ र डेनिसहरु फुर्तिलो पाएँ’, उनले भने । नेपालका कमै ठाउँमा पुगेका उनी पोखरा, अन्नपूर्ण, लुम्बिनी र नगरकोट मन पराउँछन् । आफन्तहरुसँग सम्पत्तिका मामिलामा निकै उतारचढाव, तनाव र द्वन्द्व भोग्नुभएका राजकर्णिकार विपश्यना ध्यानले नै आफूलाई हृदयाघातबाट जोगाएको जिकिर गर्छन् । विपश्यनापछि माछामासु छाडेका उनी उच्च रक्तचाप र मधुमेहले नछुँदा भने सन्तोष व्यक्त गर्छन् ।

‘मनमा शान्ति लिन सकूँ, लोभ गर्न नपरोस्, लिनुभन्दा दिन सकूँ, बुद्धको शिक्षा पालना गर्न सकूँ’, कृष्ण पाउरोटी भण्डार प्रालि र बौद्ध प्रवचन समाजका अध्यक्ष राजकर्णिकार कामना गर्छन् । उनी हाल घनश्याम राजकर्णिकारका प्रतिनिधि नियात्रा र पाउरोटीका अग्रणी मेरा पिताजी दुई कृति प्रकाशनको तयारीमा रहेका छन् । सके नियात्रा पुरस्कार र घनश्याम राजकर्णिकार फाउण्डेशन खडा गर्ने सोचमा छन् । ‘मलाई अब घुम्न पुग्यो, चीनको ग्रेटवाल र नेता माओत्सेतुङको शव हेर्ने रहर चाहिँ खूबै छ । धेरै घुमियो, धेरै देखियो, लेख्नचाहिँ कहिल्यै छाड्दिन’ उनी भन्छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending