Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण

खबरडबली संवाददाता

संयुक्त राज्य अमेरिका। राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा इसाई समुदायमाथि भइरहेको कुनै पनि प्रणालीगत आक्रमणप्रति कडा चेतावनी दिएको केही हप्तापछि अमेरिकी सेनाले क्रिसमसको दिन इस्लामिक स्टेट ९आइएस० समूहका लडाकूविरुद्ध ‘शक्तिशाली र घातक’ सैन्य आक्रमण सुरु गरेको बताइएको छ ।

नाइजेरियाको विदेश मन्त्रालयले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा उक्त हवाई आक्रमणको पुष्टि गर्दै यसलाई देशभित्रका ‘आतङ्कवादी लक्ष्यमा गरिएको सटीक आक्रमण’ भनेर वर्णन गरेको छ। मन्त्रालयका अनुसार यो कारबाही नाइजेरियाको अनुरोध र अन्तर्राष्ट्रिय साझेदारीको सन्दर्भमा सम्पन्न भएको हो ।

अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको युएस अफ्रिका कमान्डले इस्लामिक स्टेट समूहको संक्षिप्त नाम प्रयोग गर्दै नाइजेरियाली अधिकारीको अनुरोधमा सोकोटो राज्यमा गरिएको आक्रमणमा ‘धेरै आइएसआइएस आतङ्कवादी’ मारिएको जनाएको छ । तर कति जना मारिए भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

राष्ट्रपति ट्रम्पले यस आक्रमणबारे प्रतिक्रिया दिँदै आफूले यसअघि नै ती आतङ्ककारीलाई इसाईको हत्या रोक्न चेतावनी दिएको स्मरण गराएको छन् । उनले भनेको छन्, “यदि उनीहरूले इसाईको हत्या रोकेनन् भने नरक देख्नेछन् भनेको थिएँ र आज राति त्यही भयो ।” उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्नुभएको छ, “मारिएका आतङ्ककारीसहित सबैलाई मेरी क्रिसमस । यदि इसाईको हत्या जारी रह्यो भने अझ धेरै कारबाही हुनेछन् ।”

यसैबिच, अमेरिकी रक्षा अधिकारीलेपछि अमेरिकी झण्डा फहराइरहेको युद्धपोतको डेकबाट रातको समयमा क्षेप्यास्त्र प्रक्षेपण भएको जस्तो देखिने भिडियो सार्वजनिक गरेका छन् । ट्रम्पको नेतृत्वमा नाइजेरियामा अमेरिकी सेनाले गरेको यो पहिलो प्रत्यक्ष सैन्य आक्रमण हो । यसअघि अक्टोबर र नोभेम्बर महिनामा रिपब्लिकन नेताका रूपमा उनले नाइजेरियामा इसाईले ‘अस्तित्वको खतरा’ सामना गरिरहेको भन्दै त्यहाँका असङ्ख्य सशस्त्र द्वन्द्वलाई ‘नरसंहार’ का रूपमा व्याख्या गरेको थिए।

उक्त कूटनीतिक टिप्पणीलाई केहीले स्वागत गरे पनि अरूले भने अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा धार्मिक तनाव भड्काउन सक्ने भन्दै आलोचना गरेका थिए । नाइजेरियाले विगतमा साम्प्रदायिक हिंसाका गम्भीर घटना भोग्दै आएको छ । नाइजेरियाको सरकार र स्वतन्त्र विश्लेषकले भने देशमा भइरहेको हिंसालाई केवल धार्मिक उत्पीडनको रूपमा चित्रण गर्न अस्वीकार गर्दै आएका छन् । 

उनीहरूका अनुसार यस्तो व्याख्या संयुक्त राज्य अमेरिका र युरोपका केही इसाई अधिकार समूहले लामो समयदेखि अघि सारेको कथासँग मेल खान्छ । यद्यपि, ट्रम्पको प्रशासनले विश्वव्यापीरूपमा इसाई समुदायमाथि उत्पीडन भइरहेको दाबी गर्दै गत महिना यस्ता हत्याको प्रतिकार गर्न नाइजेरियामा सैन्य कारबाही गर्न वासिङ्टन तयार रहेको स्पष्ट पारेको थियो ।

नाइजेरियाको विदेश मन्त्रालयले देश अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गरिरहेको जानकारी दिएको छ । मन्त्रालयले भनेको छ, “नाइजेरियाका अधिकारी आतङ्कवाद र हिंसात्मक चरमपन्थको निरन्तर खतरालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकासहित अन्तर्राष्ट्रिय साझेदारसँग संरचित सुरक्षा सहकार्यमा संलग्न छन् ।”

पेन्टागन प्रमुख पिट हेग्सेथले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ‘नाइजेरियाली सरकारको समर्थन र सहयोगका लागि आभारी’ भएको उल्लेख गरेको छन् । संयुक्त राज्य अमेरिकाले यस वर्ष नाइजेरियालाई धार्मिक स्वतन्त्रताका सन्दर्भमा ‘विशेष चिन्ता’ को देशको सूचीमा पुन: राखेको छ र नाइजेरियाली नागरिकलाई भिसा जारी गर्ने प्रक्रियामा प्रतिबन्ध लगाएको छ । 

गत महिना ट्रम्पले अबुजालाई इसाईको हत्या रोक्न असफल भए सबै सहयोग बन्द गरिने चेतावनी दिनुभएको थियो । नाइजेरिया करिब समानरूपमा मुस्लिम बहुल उत्तर र मुख्यत: इसाई बहुल दक्षिण भागमा विभाजित छ । देशको उत्तरपूर्वी क्षेत्रमा इस्लामवादी बोको हराम समूहले १५ वर्षभन्दा बढी समयदेखि हिंसा फैलाउँदै आएको छ, जसका कारण ४० हजारभन्दा बढी मानिसको ज्यान गएको र करिब २० लाख मानिस विस्थापित भएका छन् ।

त्यसै गरी, उत्तरपश्चिम, उत्तर र केन्द्रीय नाइजेरियाका ठूला भागमा ‘डाकु’ भनेर चिनिने आपराधिक गिरोह सक्रिय छन् । ती समूहले गाउँमा आक्रमण गर्ने, बासिन्दाको हत्या गर्ने र अपहरण गर्ने गरेका छन् । यसै सन्दर्भमा बुधबार उत्तरपूर्वी सहर मैदुगुरीस्थित एक मस्जिदमा भएको विस्फोटमा कम्तीमा सात जना उपासकको मृत्यु भएको थियो । उक्त घटनाको जिम्मेवारी भने कुनै पनि सशस्त्र समूहले तत्कालै लिएको छैन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending