Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

जिरी नगर एक वर्षभित्रै पूर्वाधार बनाइसक्ने तयारीमा जुट्याे

दोलखा । जिरी नगरपालिकाले चालू आर्थिक वर्षभित्रै नगरका मुख्य पूर्वाधार निर्माण गरिसक्ने गरी काम अघि बढाएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नगरपालिकाले चालू आर्थिक वर्षभित्रै नगर क्षेत्रका मुख्य पूर्वाधार निर्माणको काम पूरा गर्ने तयारी गरेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - डेढ महिनाअघि सम्पन्न नगरसभाले चालू आर्थिक वर्षभित्रै पूर्वाधार विकासको काम सम्पन्न गर्ने निर्णय गरेको थियो । ‘पर्यटन वर्ष सुरु हुनुअघि नै पूर्वाधार निर्माणको काम सम्पन्न गर्ने लक्ष्य हाम्रो छ,’ मेयर टंक जिरेलले भने, ‘नेपाल घुम्न आएका विदेशी पर्यटकलाई एकपटक जिरी आउनैपर्ने गरी आमी विकासका पूर्वाधार निर्माण गर्दै छौँ ।’ ठीक ढंगले भौतिक पूर्वाधारको विकास हुन सके विदेशी पर्यटक आकर्षित हुने विश्वास जिरेलले व्यक्त गरे ।

प्रत्येक वडामा पार्क
प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले गत आर्थिक वर्षमा तीनवटा वडा कार्यालय भवन निर्माण पूरा भएको जानकारी दिए । ‘यो वर्ष बाँकी सबै वडा कार्यालयको भवन निर्माण सक्ने गरी काम अघि बढाएका छौँ,’ उनले भने, ‘सिंगो नगरमा पुनर्निर्माणको काम तीव्र गतिमा भइसकेको छ ।

केही महिनापछि नै हामी पूर्वाधार निर्माण सम्पन्न गर्नेछौँ ।’ पर्यटक भित्र्याउने उद्देश्यले नगरका प्रत्येक वडामा पार्क निर्माण गरिएको छ । कतिपय वडामा पार्क निर्माणको काम पूरा भएको छ भने कतै अन्तिम चरणमा पुगेका छन् ।

३८ प्रतिशत बजेट पूर्वाधार विकासमा
जिरी नगरपालिकाले चालू आर्थिक वर्षको कुल बजेटमध्ये पूर्वाधार विकासमा ३८ प्रतिशत बजेट विनियोजन गरेको छ । अधिकृत रिजालका अनुसार नगरको कुल बजेट ४२ करोड ४० लाखमध्ये पूर्वाधार विकासमा १६ करोड ३९ लाख विनियोजन गरिएको छ । यसमा संघ र प्रदेश सरकारको अनुदानसमेत रहने गरी निर्णय भएको उनले बताए ।

अर्गानिक जिरी देखाउँछौँ : नगरप्रमुख
जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले पर्यटकलाई क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरी देखाउन नगरपालिका आतुर रहेको बताए । उनले पर्यटन वर्ष २०२० को अवसरमा जिरी घुम्न आउने पर्यटकलाई लक्षित गरी विभिन्न कार्यक्रम बनाइने जानकारी दिए । ‘त्यसका लागि जतिसक्दो चाँडो पूर्वाधार विकास सक्नुपर्नेछ,’ जिरेलले भने ।

यस्तो छ नगरपालिकाको तयारी
नगरपालिकाले सडक तथा पदमार्ग, विद्युत्, ऊर्जा तथा सञ्चार, भवन तथा अन्य संरचना निर्माण गर्न छुट्टाछुट्टै तयारी गरेको छ । अधिकृत रिजालका अनुसार चालू आर्थिक वर्षमा सबै वडा कार्यालयको निर्माण सक्ने, जिरीस्थित लिंकन बजारको बसपार्क क्षेत्रमा सपिङ कम्प्लेक्स निर्माण गर्ने, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी थप पर्यटकीय पूर्वाधार निर्माण गर्ने लक्ष्य नगरपालिकाको छ ।

जिरीस्थित मालिमा विश्वकै अग्लो धार्मिक गुरु रिम्पोछेको मूर्ति निर्माण हुँदै छ । त्यस क्षेत्रमा पुग्ने सडकलाई व्यवस्थित बनाइने र थप सडकको पनि स्तरोन्नतिको काम गरिने रिजालले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE