Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

पाल भ्रमण वर्ष सफल बनाउन व्यस्त पाँचपोखरी

सिन्धुपाल्चोक । नेपाल सरकारका १०० गन्तव्यभित्र रहेको सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाँचपोखरी आवश्यक प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको छ । सरकारका १०० गन्तव्यभित्र परे पनि पाँचपोखरीमा अझै पनि पर्याप्त पर्यटक भित्रने गरेका छैनन् ।

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा गाउँ–गाउँमा पर्यटक भित्र्याउन सबै लागिपरेका देख्न सकिन्छ । पाँचपोखरी आफैँमा एक सुन्दर गन्तव्य हो । समुद्री सतहबाट चार हजार २०० मिटरको उचाइमा रहेको सो पर्यटकीयस्थल स्वदेशी र विदेशी सबैको रोजाइमा पर्ने स्थान हो ।

अझै नेपाल भर्मण वर्ष २०२० को नेपालको घुम्नैपर्ने १०० गन्तव्यमध्ये १६औँ स्थानमा पर्न सफल भएपछि स्थानीयवासी पर्यटक भित्र्याउन आफ्नो–आफ्नो क्षमताअनुसार लागिपरेका देख्न सकिन्छ ।

सफा आँगन र गोरेटो नजिकैको करेसाबारीमा लहलह अग्र्यानिक तरकारी तथा मौसमी फलफूल, गाउँले जीवनशैली, हिमाली सौन्दर्य, सेरोफेरो नै मेरो भनेर भाका हाल्दै झरेका श्वेत झरना, निश्चल स्वच्छ र हराभरा वातावरणसँगै विभिन्न पाहुनाघरको बिछट्टै मायाले जो–कोही आफैँ लोभिन सक्छन् । अझै पाहुनाघरको स्वागत झनै लोभलाग्दो छ । स्वागतमा पूरै नेपाली परम्परागत परिकार खुवाइन्छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले धेरै नै क्षति गरेको भए पनि विस्तारै–विस्तारै त्यहाँको जीवनस्तर पुनः पहिलेकै अवस्थामा फर्किदैछ । अझै कतिपय पाहुना घर पहिलाको भन्दा सुधारिएर निर्माण गरिएका छन् ।

अहिले गाउँ–गाउँमा घरबासले पनि पर्यटकलाई झनै सहज भएको छ । गाउँले परिवेश, पारिवारिक वातावरणमा खान, बस्न पाइने भएपछि पर्यटक झनै लोभिने गरेका छन् ।

हालै ‘खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ सो स्थानमा हाल्पÞm ट्रेल म्याराथन सम्पन्न भएको छ । हरेक वर्ष जनैपूर्णिमाको अवसर पारेर पर्यटन प्रवद्र्धनका लागि हाफट्रेल म्याराथन हुने गरेको छ । यस्तै यो वर्ष पनि भएको खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकले सहभागिता जनाएका थिए ।

सो कार्यक्रममा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ, प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका खेलकूद विकास समितिका अध्यक्ष टासी शेर्पालगायत स्वदेशी तथा अन्य विभिन्न देशका महिला र पुरुष धावक गरी कूल १६४ सहभागी थिए ।

सो कार्यक्रम सफल बनाउन सोही क्षेत्रको गाउँपालिका अध्यक्ष टासी लामा, पर्यटन प्रवद्र्धन प्रमुख सुवास तामाङलगायत समाजसेवी, राजनीतिज्ञ, पत्रकार साथै स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा मुख्यतयः पयर्टनलाई लक्षित गरी विभिन्न लोक संस्कृति झल्काउने लाखेनाच, झाँकी नाच, लोकभाका, तामाङसेलो र परम्परागत वेषभूषा समावेश गरिएको थियो । पाँचपोखरीमा यो वर्ष पाँच हजार तीर्थयात्रीले मेला भरेका गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए ।

अध्यक्ष लामाले विगतको तुलनामा अहिले धेरै नै पर्यटक पाँचपोखरी भ्रमणमा आएको बताए । पर्यटकको सङ्ख्या अझै वृद्धि गर्न गाउँपालिकाले विभिन्न नयाँ कार्ययोजना अगाडि बढाएको बताउँदै उनले भर्खरै परीक्षण गरिएको प्याराग्लाइडिङको सफलताको समेत चर्चा गरे ।

पाँचपोखरीमा गत साउन २८ गते नागीडाँडादेखि गुन्सासम्म पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरेको थियो । यसले गर्दा अझै यो क्षेत्रमा स्थानीयवासीलगायत अन्य क्षेत्रका पर्यटक आउने धेरै सम्भावना रहेको अध्यक्ष लामाको भनाइ छ ।

उहाँका अनुसार पर्यटकलाई नै मध्यनजर गर्दै तीन हजार २०० मिटरको उचाइमा रहेको च्योच्योडाँडामा हाइएल्टिट्युट ट्रेनिङ सेन्टरको स्थापना पनि गर्न लागिएको छ ।

आगामी दिनमा अझै धेरै पर्यटक भित्रनेछन् अध्यक्ष लामाले बताए । उनले भने, ‘हामीले अरु सेवासुविधा जस्तो कि घरबास, होटल व्यवस्थापनका लागि स्थानीयवासीसँग सहकार्य गर्दै भ्रमण वर्ष २०२० लाई भव्यरूपमा स्वागत गर्न लागिपरेको छौँ ।’

म्याराथन विजेता सुमन कुलुङ राईले पाँचपोखरीमा गत वर्षदेखि नै आफू निरन्तर म्यारथनमा सहभागी हुँदै आएको बताए । विगतका वर्षहरुमा भन्दा धेरै सुधार भए पनि सडकको पर्याप्त सुधार भएमा अझै धेरै पर्यटक भित्र्याउन गाह्रो नभएको उनले बताए ।

पर्यटकीय धार्मिकस्थल पाँचपोखरी राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको लाक्पा दोर्जे र जुगल हिमालको काखमा रहेको छ । प्राकृतिक र धार्मिक महत्व बोकेको यस पोखरीमा प्रत्येक जनैपूर्णिमाको अघिल्लो दिन र मङ्सिर महीनाको पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ ।

पाँचपोखरी नजिकै रहेको महादेवको मन्दिर वरिपरिको कुण्डमा नुहाइ पाँचवटा पोखरी परिक्रमा गरेमा पापमुक्त हुनुका साथै मनोकामना पूरा हुने जनविश्वास रहेको छ । काठमाडौंबाट मेलम्ची, तिपेनी, थाङपालधाप हुँदै भोताङसम्मको बस यात्रापछि एकदेखि डेढ दिनमा पाँचपोखरी पुग्न सकिन्छ ।

भ्रमणका लागि समय र फुर्सदअनुसार यसलाई लम्ब्याएर पाँच तथा सात दिन लगाएर त्यहाँको परम्परागत जीवनशैलीको आनन्द लिन सकिन्छ ।

भैरवकुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड गरी पाँचवटा कुण्डअर्थात् पोखरी रहेकाले यस स्थानको नाम पाँचपोखरी रहन गएको हो । धार्मिक महत्वका साथ यस स्थानमा जाने मानिस जनैपूर्णिमालाई लक्षित गरेर जाने गर्छन् भने प्राकृतिक सौन्दर्य निहार्न जाने प्रायः असोज कात्तिकमा जाने गर्दछन् ।

यो मौसममा हिउँ पर्ने भएकाले पाँचपोखरी आसपासको वातावरण अझै मनमोहक देखिन्छ । त्यसैले पछिल्लो समय पाँचपोखरी पदयात्रा अतिनै रमणीय भएको स्थानीयवासी बताउँछन् ।
रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies