Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

किन मुसहर पुरुषको औसत आयु ४० वर्ष मात्रै हुन्छ ?

जलेश्वर । उठ्ने बित्तिकै रक्सी खाने, दिउँसो पनि रक्सी खाने र बेलुका फेरि रक्सी खाएर सुत्ने उनीहरुको दिनचर्या नै हो । मानिसले काम गरेर थकाइ मार्न कहिलेकाहीँ पिउँछन् । सधैं पिउनेले थोरै मात्रै रक्सी पिएर सुत्छन् तर, मनहर्वा बस्तीमा सबैजसो पुरुष रक्सी खानकै लागि जन्मेका जस्ता देखिन्छन् ।

यहाँका पुरुष एकाबिहानै रक्सी सेवन गरेर एक आपसमा गालीगलौज, झै–झगडा र कुटपिट नगरेको कुनै दिन नै हुँदैन भन्दा हुन्छ । काम गर्न नमान्नु, तास, जुवा, रक्सीमा मात्नु र श्रीमतीलाई पिट्नु पनि यहाँका पुरुषहरुको दिनचर्या नै हो ।

शिक्षाको उज्यालो घामले नछोएको यस बस्तीका व्यक्तिहरु छोराछोरी पढाउने चाहना नै राख्दैनन् । आफ्ना छोराछोरीलाई विद्यालयबाट टाढै राख्न चाहन्छन् । बालबालिकालाई पढाउनुको साटो उनीहरुका लागि गाई, बाख्रा, सुँगुर, बँगुर किनिदिने र त्यसको हेरचाहमा लगाएर २÷४ पैसा आर्जन गर्न लगाउने कामलाई उनीहरु प्राथमिकता दिन्छन् । महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं ७ स्थित मनहर्वा मुसहर बस्तीको पुरुषहको औसत आयु ४० वर्ष मात्रै रहेको छ ।

नेपाल सरकारले तोके अनुसार हरेक नेपालीको औसत आयु ६० वर्ष रहे पनि यस बस्तीका मुसहर पुरुषहरुको औसत आयु ४० वर्ष मात्रै रहेको छ । एकसय २५ घरधुरी रहेको यस बस्तीका पुरुषहरु अत्यधिक रक्सी खाने गरेका कारण ४० वर्षभन्दा बढी नबाँचेको उनीहरुको भनाइ छ ।

यहाँका मुसहरहरु बिहान उठ्ने बित्तिकै रक्सी खाने, दिनभरि काम गर्ने, काम गर्दागर्दै दिउँसै रक्सी खाने र फेरि बेलुका कमाएर ल्याएको पैसाबाट रक्सी खाएर सुत्ने गरेका कारण उनीहरु अल्पायुमै मर्ने गरेको स्थानीय मुसहर महिला निर्मला सदाले बताइन् ।

बाइस वर्षकै उमेरमा विधवा भएकी मुसहर महिला इन्दु सदाले ३ वर्ष पहिले मात्रै पति दुखा सदालाई गुमाइन् । आफ्नो पतिको ३२÷३३ वर्षको उमेरमा अत्यधिक रक्सी सेवन गरेकै कारण मृत्यु भएको उनी बताउँछिन् ।
अल्पायुमै आफन्तको मृत्युवरण देखेकी तुलसी सदाले पनि रक्सी सेवनबाट शुरु हुने यहाँका पुरुषहरुको दैनिकीले नै उनीहरुको आयु खुम्च्याइदिएको बताइन् ।

स्थानीय महिला मरनी सदाका अनुसार आ–आफ्ना पुरुषका बारेमा कुन दिन अप्रिय समाचार सुन्नु पर्ने हो भन्ने भय पालेर यहाँका महिलाले दिन गुजार्न परिहरेको छ ।

यस गरीब बस्तीमा कुनै पनि मुसहरको घरमाथि टिनको छानो छैन । सबैको घर खर, बाँस, झारपातबाट बनेको छन् र सबैको छानो चुहिने अवस्थाका छन् । ईंटा, ढुङ्गा र सिमेन्टले बनेको पक्की घर त हेर्नकै लागि भए पनि कसैको त्यस बस्तीमा छँदै छैन ।

दैनिक रक्सी खाएका पतिबाट प्रताडित यस बस्तीका महिलाहरुले आफूहरुको बस्तीमा रक्सीमाथि प्रतिबन्ध लगाइदिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरुसँग पटक पटक गुहारिसकेको भए पनि त्यसको सुनुवाइ भएको छैन ।
गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले यस बस्तीका मुसहरको बानीबेहोरामा परिवर्तन ल्याउन नगरपालिकाले थुप्रै कामहरु गरेको बताउछन् ।

बालबालिकाहरुको पठनपाठन नियमित होस् भन्ने उद्देश्यले पनि यस वस्तीमा रहेका विद्यालयलाई विभिन्न सेवा सुविधाहरु दिइएको उहाँ बताउनुहुन्छ । आफू अनपढ भएकाले आफ्ना सन्तानलाई पनि सधैं अनपढ नै राख्ने सोच यहाँको अभिभावकले पालेको देखिन्छ ।

करीब २ वर्ष पहिले मनहर्वा बस्तीमा हास्य कालाकार सीताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे ९सुन्तली० आएर बस्तीका सबै बालबालिकाहरुलाई विद्यालय पठाउन आग्रह गर्दै शैक्षिक सामग्री बाँडेका थिए । सबै महिला, पुरुषहरुलाई रक्सी सेवन, झै झगडा, गालीगलौज र कुटपिट जस्ता घटनाहरु नघटाउन पनि उनीहरुले सल्लाह दिएका थिए । त्यो बेला घरघरबाट मेला भर्न आएजस्तै उर्लेर आएका मुसहरहरुले सोही दिनदेखि आफूहरु राम्रो बाटोमा हिँड्ने प्रण गरेका थिए तर, कुकुरको पुच्छर सधैं बाङ्गो भनै जस्तै एकाध परिवार र व्यक्ति बाहेक मनहर्वाका सबै मुसहरहरुको स्वभावमा खासै परिवर्तन आएन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending