सिन्धुपाल्चोक । काठमाडौँ जिल्ला अदालतले विसं २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका लामालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनका अनुसार लामा २६ वर्षदेखि फरारको सूचीमा थिए । उनलाई रु दुई लाख १५ हजार ४७५ जरिवाना र एक महीना १५ दिन कैद सजाय तोकिएको थियो ।
लामालगायत गाली बेइज्जती, बोक्सी आरोप, बहुविवाह, चेक अनादर, सवारी ज्यान, चोरी, जबर्जस्ती करणी, अपहेलना, कुटपिट र जालसाजी मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेका १८ फरार अभियुक्तलाई यसै हप्ता पक्राउ गरिएको उनले बताए । पक्राउ परेका गाली बेइज्जती मुद्दाका पनौती नगरपालिका–३ का शेषनारायण तिमल्सिना, जयराम तिमल्सिना, जयदेव तिमल्सिना र जोगमाया तिमल्सिनालाई रु १४५ जरिवानाका साथै एक महीना १५ दिन कैद सजाय तोकिएको थियो ।
यस्तै फरार रहेका बोक्सी आरोप मुद्दाका रोशी गाउँपालिका–८ का ३७ वर्षीया सुविना तामाङ, बहुविवाह मुद्दाका नमोबुद्ध नपा–५ का ३१ वर्षीय राम लामा, चेक अनादर मुद्दाका धुलिखेल नपा–७ का ३६ वर्षीय सुनिल लामा, सवारी ज्यान मुद्दाका धुलिखेल नपा–८ का ३४ वर्षीय राजकुमार लामा, चोरी मुद्दाका नमोबुद्ध नपा–५ का ३८ वर्षका जीतबहादुर तामाङ, जबर्जस्ती करणी मुद्दाका नमोबुद्ध नपा–७ का ४० वर्षीय उज्ज्वल खनाल, जालसाजी मुद्दाका पनौती नपा–८ का २५ वर्षीय अमिर केसी र ४८ वर्षीया तुलसा केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काभ्रेपलाञ्चोक प्रहरीले यसै हप्ता जबर्जस्ती करणी अभियोगका मण्डन देउपुर नगरपालिका–१० का ३१ वर्षीय रामबहादुर लामा, अपहेलना मुद्दाका रोशी गाउँपालिका–१ का ५९ वर्षीय बेतमान तामाङ, चोरी मुद्दाका पाँचखाल नपा–८ होक्सेका ३१ वर्षीय कुमार तामाङ तथा कुटपिट मुद्दाका रोशी गाउँपालिका–८ का ४५ वर्षीया सुन्दरी तामाङ र ७० वर्षीया होसिला तामाङलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये अधिकांश विभिन्न मुद्दामा जरिवाना तथा कैद भुक्तान गर्न बाँकी रहेकाले तिनलाई सम्बन्धित जिल्ला अदालत बुझाइएको प्रनाउ गिरीले जानकारी दिनुभयो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: