Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कांग्रेसलाई सांसद विडारीको प्रश्न - दुनियाँ मंगलग्रहमा गइसक्यो, हामी भिडियो कन्फ्रेन्समा गोपनियताको भूतको छायाबाट किन तर्सेको ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बस्ने निर्णयको विरोधको कुनै अर्थ नभएको बताएका छन्। गोपनियताको नाममा भिडियो कन्फ्रेन्सको विरोध पानीको फोकाजस्तै फुटेर जाने उनको भनाई छ।

सांसद रामनारायण बिँडारीले सूचना प्रविधिबाट सरकारको गोपनीयता नजाने विचार राख्दै अत्याधुनिक सूचना प्रविधि प्रयोग गरी भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्री ओलीले सिङ्गापुरबाट मन्त्रिपरिषद् बैठक बस्नु स्वागतयोग्य कुरा हो भने । उनले भने, “ भिडियो कन्फ्रेन्सको विरोध गर्नु कुनै औचित्य छैन ।”

विकसित मुलुक चन्द्रमामा, मंगल ग्रहमा परीक्षण गर्न गए। हामीले सूचना प्रविधि हाम्रै मन्त्रिपरिषदमा प्रयोग गर्दा गोपनियताको भूतको छायाबाट किन तर्सेको ?’ उनले प्रश्न गरे।

सांसद राधेश्याम अधिकारीले सिङ्गापुरमा स्वास्थ्योपचार गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्को बैठक सम्पन्न गर्नुभएकामा सरकारको गोपनीयता धरापमा परेको टिप्पणी गरे । उनले भने, “भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद्को बैठक गर्दा सरकारको गोपनीयता कसरी जोगियो ?”

सांसद वृषेशचन्द्र लालले संसदीय गतिविधिप्रति सरकारलाई उत्तरदायी बन्न आग्रह गर्दै भूमिसम्बन्धी ऐनमा भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रीले सदनमा गलत सूचना दिएको बताए । उनले भने, “राज्यशक्तिको बाँडफाँट संविधानअनुसार हुनुपर्छ ।”

सांसद नैनकला ओझाले सुकुम्वासी र भूमिहीनका समस्या समाधान गर्न तथा सरकारी अस्पतालमा बिग्रेका उपकरण मर्मतमा ध्यान दिन आग्रह गरे । उनले भने “सरकारी अस्पतालका उपकरण बिग्रेका कारण जनताले दुःख पाइरहेका छन् तर मन्त्रालयले ध्यान दिएको छैन ।”

सांसद अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि बुधबार भएको साङ्घातिक हमलाको निन्दा गर्दै आक्रमणकारीमाथि किटानी जाहेरी दिँदा पनि प्रहरीले पक्राउ नगरेकामा सरकारको ध्यानाकर्षण गराए। उनले भने, “प्रतिष्ठानको पूर्वाधारमा सरकारले ध्यान गएको छैन । रु दुई करोडले के बन्छ रु सरकारले आफ्नो गोपनीयतामा ध्यान दिनुप¥यो ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending