बनेपा । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले गरेको अनुगमनका क्रममा काभ्रेपलाञ्चोकको व्यापारिक केन्द्र बनेपामा रहेको दुई पार्टी प्यालेस र एक क्याफेलाई तत्काल सुधार गर्न निर्देशन दिएको छ ।
उपभोक्तासँग प्रत्यक्ष जोडिने पाटी प्यालेस, होटल र क्याफेको गरी १५ वटाको अनुगमन निरीक्षण गरिएकामा ती तीन वटा मापदण्ड नै पूरा नगरी सञ्चालन गरेको पाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, बनेपा नगरपालिका, उद्योग वाणिज्य सङ्घ र काभ्रे होटल तथा रेस्टुराँ व्यवसायी सङ्घ लगायतको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा पुलबजारमा रहेको पञ्चकन्या बैक्वेट प्राली र चैतन्य रोडमा रहेको बनेपा पाटी भेन्यु रहेको छ भने बनेपा तीन दोबाटोमा रहेको सिटी फुड क्याफे रहेका छन् । ती पार्टी प्यालेसमा न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएकाले दुवैलाई तीन दिनभित्रमा कार्यालयमा उपस्थित हुनका लागि निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलका प्रमुख शिवप्रसाद भण्डारीले बताए ।
भण्डारीका अनुसार सिटी फुड क्याफेले सरसफाइ नगर्नुका साथै मापदण्डसमेत पूरा नगरेको पाइएको नले बताए । भण्डारीले भने, “१५ दिनभित्रमा उनीहरुले सुधार गर्न निर्देशन दिएका छौँ, यदि त्यो समयभित्रमा पनि सुधार गरेन भने बन्द गर्नका लागि सिफारिस गर्नेछौँ ।”
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जारी गरेको खाद्य स्वच्छताका आधारमा होटल स्तरीकरण एवं लोगो वितरण कार्यक्रमअन्तर्गत निर्देशिकाले उल्लेख गरेका ५० वटा सुचकका आधारमा बनेपाको होटल तथा पार्टी प्यालेसको अनुगमन तथा निरीक्षण गरेको हो । सो क्रममा ५० नम्बरभन्दा माथि अङ्क प्राप्त भएमा मात्रै तिनीहरुलाई स्तरीकरण गरेर लोगो वितरण गर्न सकिने आधार भएकाले सोअनुसार काम गरेको छ । ती दुवै पाटी प्यालेसले ३८ अङ्कभन्दा माथि नल्याएको जनाएको छ ।
पाटी प्यालेसको भान्सा घर सुरक्षित नभएको, फोहर व्यवस्थापनमा कमजोर रहेको, भान्सामा काम गर्ने कुक र कामदारले प्रयोग गर्नुपर्ने एप्रोनलगायत सुरक्षाका लागि प्रयोग गर्नुपर्ने सामग्री प्रयोग नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ । जसमध्ये बनेपा पाटी भेन्युले नगरपालिकामा नक्सा नै पास नगरी संरचना निर्माण गर्नुका साथै नगरपालिकामा व्यवसायी दर्तासमेत नगरी सञ्चालन गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: