हेटौडा । प्रदेश नम्बर ३ प्रदेशसभामा आज बसेको बैठकले दुई वटा विधेयकमाथि दफावार छलफल गरी बहुमतले पारित गरेको छ । पारित भएको विधेयकमध्ये प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण गर्न बनेको विधेयक २०७६ रहेको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सूचनाको हकसम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले राष्ट्रिय वनको संरक्षणसम्बन्धी विधेयक पारित गर्न प्रस्ताव राखेका थिए।
आन्तरिक मामिला तथा कानूनमन्त्री जम्मकट्टेलले बैठकमा सूचनाको हकसम्बन्धी दफावार छलफलमा सदस्यले उठाएको जिज्ञासाको जवाफ दिदै प्रदेशमा सूचनाको हकसम्बन्धी ऐनलाई तत्काल व्यावहारिक र दलगत स्वार्थभन्दा पृथक राखेर सर्वसाधारण नागरिकलाई सुरक्षाको अतिसंवेदनशील विषयबाहेक सबै प्रकारका सूचना प्रवाह गरिने बताए ।
उक्त विधेयकमाथि छलफलमा प्रदेशसभाका सदस्यले सरकारले सूचनाको हकलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शीका साथ व्यावहारिक रुपमा लागू गर्न सुझाव प्रस्तुत गरेका थिए । प्रदेशसभाका सदस्य रमेश पौडेल, सीता लामा, रिना गुरुङ, नरोत्तम वैद्य, बलराम पौडेल, कृष्णप्रसाद भुर्तेल, विजया केसी श्रेष्ठ, रीता माझी र रामेश्वर फुयाँलले सूचना हकलाई सर्वसाधारण नागरिकसम्म पहुँच पुर्याउन र आदिवासी जनजातिको मातृ भाषामा बुझिने गरी सूचना प्रवाह गर्न कार्यदल बनाउनुपर्ने सुझाव दिएका थिए ।
आजै बसेको बैठकमा शून्य समयमा बोल्दै सदस्यले राष्ट्रिय महत्वको साथै जनतासँग सम्बन्धित सरोकारको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गरी तत्काल कार्यान्वयन गर्न आग्रह गरे । उनीहरुले शून्य समयमा भक्तपुर क्यान्सर अस्पतालको दैनिक प्रशासन कार्यमा भक्तपुर नगरपालिकाले बिना कारण हस्तक्षेप गरेको र त्यसका कारण बिरामीका उपचारको लागि चिकित्सक सेवामा अवरोध पुग्न गएकोप्रति प्रदेश सरकारको पनि ध्यान पुग्नुपर्ने तथा भक्तपुर नगरपालिकाले सो अस्पतालको विषयमा यथार्थ सूचना सार्वजनिक गर्न माग गरे ।
उनीहरुले तत्कालीन नेकपा माओवादीबाट सञ्चालित जनमुक्ति सेनालाई हाल अवकास प्राप्त गरेका व्यक्तिलाई परिचयपत्र दिई स्वरोजगारको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिए । प्रदेश ३ अन्तर्गत सिमानामा पर्ने जिल्ला र प्रदेश २ को सीमा जोडिएको जिल्लाको सिमानामा दुवै प्रदेशका सरकारहरुको सहमतिमा सिमाना कायम गरी जनतालाई आ–आफ्नो सुविधा अनुसारको उद्योग सञ्चालन गर्न दिनुपर्ने माग गरे ।
प्रदेश नम्बर ३ को सरकारले स्थायी राजधानीको टुङ्गो लागि सकेपछि एकीकृत कार्यालयको स्थापना र सो कार्यालयले प्रदेशको जिल्लामा विकासको पूर्वाधार निर्माण गर्ने वातावरणको सिर्जना गर्न प्रदेशसभा सदस्यले सरकारसँग छिट्टै कार्यदल बनाउन आग्रह गरे ।
शून्य समयमा बोल्ने सदस्य ओमबहादुर घलान, नरेशराज श्रेष्ठ, चेतनाथ सञ्जेल, छिरिङदोर्जे लामा, जगतबहादुर सिंह, नरोत्तम वैद्य, विराजभक्त श्रेष्ठ, न्हुच्छे नारायण श्रेष्ठ, गीता वाग्ले, प्रेमबहादुर पुलामी र दीपक निरौला हुनुहुन्थ्यो । अर्को बैठक भोलि बिहीबार बिहान ११ बजे बस्ने छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: