Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद वैठक, जग हाँस्ने कुरा भयो : प्रतिपक्षी कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद वैठक गरिएको प्रति विरोध जनाएको छ । नेपाली कांग्रेसले मन्त्रिपरिषदबाट कार्यविधि संशोधन गरि भिडियो कन्फ्रेन्सको माध्यमबाट गरिएको बैठकले परम्परा तोडिएको भन्दै विरोध जनाएको हो ।

नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्स बैठक बसाल्दा सूचना चुहिने र गोपनियता नरहने दाबी गरेकाे छ । कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद वैठक बसाल्नु उच्च प्रविधिको दुरुपयोग भएको बताएको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संसदको विशेष समयमा बोल्दै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद वैठक बसाल्नु जग हँसाउने काम भएको टिप्पणी गरे । सरकारले उच्च प्रविधिको दुरुपयोग गरेको खाँडको आरोप छ । ‘यसरी उच्च प्रविधिको सदुपयोग हुँदैन्, दुरुपयोग हुन्छ । यो सबै जग हाँस्ने जस्तै कुरा भयो, यो गम्भिर विषय हो ।’ खाँडले भने ।

अहिले प्रधानमन्त्री को हो ?

प्रधानमन्त्री केपि शर्मा ओलीले सिंगापुर जानुपूर्व कार्यबाहक तोकेको विषय प्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाएकाे छ । कांग्रेसले कार्यबाहक तोक्ने र फेरि आफैं प्रधानमन्त्रीको जिम्मेवारी लिने विषय अनौठो भएको बताएको छ ।

मंगलबार संसदमा बोल्दै कांग्रेस सचेतक बालकृष्ण खाँडले राष्ट्रपतिले कार्यबाहक प्रधानमन्त्री तोकेको पत्र र भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री स्वंय प्रमुख जिम्मेवारीमा रहेको विषयले विधि उल्लंघन भएको टिप्पणी गरे । ‘सभामुख मार्फत हामीले यहाँ सुन्यौं, प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने गरि कार्यबाहक प्रधानमन्त्री पनि तोकिएको छ । सम्माननीय राष्ट्रपतिबाट आएको सूचना हामीले यहाँ सुन्यौं ।’ खाँडले भने, ‘एकातिर भिडियो कन्फ्रेन्स हेर्दाखेरि प्रधानमन्त्री कार्यरत नै हुनुहुन्छ । अर्कोतर्फ कार्यरत प्रधानमन्त्री पनि तोक्नुभएको छ । यो कसरी मिल्छ ?’

सभामुख विना संसद चलाउन मिल्छ ?

कांग्रेसले सभामुख विना संसद बैठक बस्न सक्छ कि सक्दैन् भनि प्रश्न गरेको छ । कांग्रेस सचेतक बालकृष्ण खाँडले कार्यविधि परिवर्तन गरेर क्याबिनेटले बैठक सञ्चालन गर्न मिल्दा सभामुख विना संसद चल्न मिल्ने कि नमिल्ने भनि प्रश्न गरे ।

खाँडले भने, ‘सम्माननीय प्रधानमन्त्री नहुँदा भिडियो कन्फ्रेन्सबाट क्याबिनेटको बैठक सञ्चालन गर्न मिल्ने हो भने यदि सम्माननीय सभामुख भोली हुनुभएन् भने पनि यो प्रतिनिधि सभाको वैठक बस्न सक्छ ? त्यस्तै राष्ट्रिय सभाको अध्यक्ष नहुनु होला । कार्यविधि बदलेर, नियमावली बदलेर राष्ट्रिय सभा अध्यक्ष अमेरिका गएको बेलामा त्यहिँबाट भिडियो कन्फ्रेन्सको माध्यमबाट राष्ट्रिय सभा चलाउन मिल्छ कि मिल्दैन् ?’

खाँडले मन्त्रिपरिषदबाट वैठक सञ्चालन कार्यविधि परिवर्तन गरिएको घटनालाई नेपाली कांग्रेसले गम्भिरतापूर्वक लिएको बताएका छन् । उनले कार्यविधि परिवर्तनले विधिलाई उल्लंघन गरेको आरोपसमेत लगाए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending