Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

प्रधानमन्त्री ओलीलाई 'प्लाज्मा फेरेसिस' गरिँदै, के हो 'प्लाज्मा फेरेसिस' ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको \'प्लाज्मा फेरेसिस\' विधिबाट उपचार सुरु भएको छ। उपचारका लागि बिहीबार सिंगापुर गएका प्रधानमन्त्रीको शुक्रबारदेखि त्यहाँको नेसलन युनिर्भसिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रकृया सुरु गरिएको उनका निजी चिकित्सक प्रा.डा. दिब्या सिंहलाई उद्धृत गर्दै प्रमुख सल्लाहकार विष्णु रिमालले जनाएका छन्।

आज को अन्नपुर्णमा खबर छ - यो उपचार प्रकृया अरू केही पटक गरिनेछ\', रिमालले आइतबार बिहान ट्‍विटमा भनेका छन्, \'उहाँको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ।\'

प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार रिमाल, निजी चिकित्सक सिंह, स्वकीय सचिव राजेश बज्राचार्यसहितलाई लिएर उपचारका लागि सिंगापुरमा छन्।

कस्तो उपचार हुन्छ सिंगापुरमा ?

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे पहिलोपटक औपचारिक जानकारी उनी सिंगापुर जानुअघि बिहीबार बिहान गराइएको थियो। पटक पटक उपचारका लागि विदेश गए पनि प्रधानमन्त्रीले कस्तो स्वास्थ्योपचार गराइरहेका हुन् भन्ने जानकारी सरकार तथा प्रधानमन्त्रीको निजी सचिवालयबाट त्यसअघि गराइएको थिएन।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा। सिंहले प्रधानमन्त्री मिर्गौलाको क्षमता बढाउने उपचार गराउन सिंगापुर जान लागेको प्रेस नोट जारी गरी बताएकी थिइन्।

\'मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिन गएको थियो\', प्रधानमन्त्री सिंगापुर उड्नुअघि डा। सिंहले उल्लेख गरेकी थिइन्, \'एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन फेरि त्यसतर्फ जान लाग्नुभएको हो।\'

नेसनल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरूको टोलीले प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार गराउने उनको भनाई थियो।

के हो प्लाज्मा फेरेसिस ?

रगतमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्ल्यूबीसी), प्लेटलेस र प्लाज्मा हुन्छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ राजेन्द्रकुमार अग्रवालका अनुसार रगतमा ६० प्रतिशत हिस्सा प्लाज्माको हुन्छ।

रगतमा रहेको पहेँलो तरल पदार्थ प्लाज्माले नै शरीरका अरु भागमा रगतलाई प्रबाह गराउँछ। रगतमा रहेको दुषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले दुषित पदार्थ छुट्याएर त्यसलाई रिप्लेस गर्ने (फेर्ने) विधिलाई नै प्लाज्मा फेरेसिस भनिन्छ।

\'प्लाज्माबाट एन्टिबडी हटाएर प्लाज्माको ठाउँमा प्लाज्मा वा \' ह्युमन हल्बुमिन (human albumin) ले ) ले रिप्लेस गर्नुपर्ने हुन्छु, डा। अग्रवालले भने, \'कम्तिमा तीनदेखि चारपटक यो गर्नुपर्ने हुन्छ।\'

प्रधानमन्त्री ओलीलाई गरिएको भनिएको प्लाज्मा फेरेसिस अन्तर्गत सुरुमा शरीरबाट रगत निकालेर यसमा रहेको प्लाज्मा छुट्याइन्छ। दुषित प्लाज्मा हटाएर स्वास्थ्य प्लाज्मा राखिन्छ र त्यसपछि उक्त रगत पुनः शरीरमा चढाइन्छ।

ओली पछिल्लोपटक साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल ९एसएनयू० मा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए। फर्किएको डेढ सातामा समस्या बल्झिएपछि फेरि उनी त्यसतर्फ गएका हुन्।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले स्वास्थ्य परीक्षणलाई निकै महत्व दिँदै आएका छन्। दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको छ।

ओलीको सिंगापुर बसाई कति लामो हुन्छ भन्ने टुंगो छैन। उनी जानुअघि बसेको मन्त्रीपरिषद् बैठकले भिडियोबाटै प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रिपरिषद् बैठक बस्न सक्ने निर्णय गरेको छ। यो निर्णयले प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बिने संकेत गरेको छ।

पार्टी एकताका काम टुंग्याउनेसहितका जिम्मेवारीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी भूमिका दिनुले पनि यो अनिश्यच झल्काउँछ।

प्रधानमन्त्री सिंगापुर उड्नुअघि बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गरेको थियो।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending