Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ

काठमाडौं । हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ’ साँखु शालीनदी यातायात प्रालिका सार्वजनिक यातायातमा यस्तो फ्लेक्स झुण्ड्याइएको छ ।
रत्नपार्कबाट साँखु चल्ने यातायातमा चावहिलबाट माथि लागेपछि सडकको दूरावस्थाले यात्रा गर्न मुस्किल हुने गरेको छ । सडक बनाउन थालेको वर्षौं भए पनि काम सकिएको छैन । निर्माण व्यवसायी १०० मिटर सडक बनाएपछि महिनौँसम्म भाग्ने गर्दा पनि कुनै निकायले अनुगमन गरेको देखिँदैन ।

नयाँ शासन व्यवस्थासँगै तीन तहको सरकार बने भनिए पनि आम मानिसलाई असर पार्ने सडकको धुलो र हिलोको अनुगमन गर्ने फुर्सद कसैलाई नभएको कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीका सञ्जीव पुडासैनीले सुनाए । चावहिलबाट साँखु पुग्ने सडकमा चारवटा स्थानीय सरकार जोडिन्छन् । चावहिलबाट बौद्ध पीपलबोटसम्म काठमाडौँ महानगरपालिका, बौद्ध पीपलबोटबाट दक्षिणढोकासम्म गोकर्णेश्वर नगरपालिका, दक्षिणढोकाबाट डाँछीको ब्रह्मखेलसम्म कागेश्वरी मनोहरा नगरपालिका र ब्रह्मखेलबाट साँखुसम्म शङ्खरापुर नगरपालिकाको क्षेत्र पर्छ ।

कुनै पनि स्थानीय सरकारले आफ्नो क्षेत्रको सडक बनाउन पहल नगरेको स्थानीयवासीको गुनासो छ । साँखु–जोरपाटी–चावहिल सडक छिटो बन्नुपर्ने माग गर्दै स्थानीयवासीले सडक सरोकार समिति समेत गठन गरेका छन् । समितिले बिहीबार नगरपालिकामा धर्ना कार्यक्रम आयोजना गरेको अध्यक्ष मिलन खड्काले बताए । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्याल चावहिलबाट साँखुसम्मको धेरै ठाउँमा पूर्वाधार बनिसकेकाले कालोपत्र गर्न मात्र बाँकी रहेको बताए । चावहिलबाट चुच्चेपाटीसम्म खानेपानीको पाइप फेर्ने कार्यक्रम रहेकाले तत्काल कालोपत्र हुँदैन ।

बौद्धबाट पीपलबोटसम्म पूर्वाधार तयार भएर कालोपत्र गर्न सकिने गरी तयार भइसकेको आयोजना प्रमुख अर्यालको जिकिर थियो तर स्थानीयवासीले भने अझै विद्युत्लगायत तार, पोल नहटाइएको, बाटो विस्तार गरिएको स्थानमा सवारी साधान पार्क तथा पसलका सामान राखेर अस्तव्यस्त बनाइएको गुनासो गरेका थिए ।

बाटो विस्तारका लागि भत्काइएको स्थान अलपत्र छोड्दा बर्सादका बेला पानी जम्ने, पैदल मार्ग (फुटपाथ) मा हिँड्न नसकिनेलगायत समस्या रहेको निमा शेर्पाको गुनासो थियो । आयोजनाले भने पूर्वाधार तयार भए पनि बर्सादको समय भएर कालोपत्र गर्न नसकिएको जनाएको छ ।

भदौसम्म वर्षा हुने भएकाले असोजपछि कालोपत्र गरिने आयोजना प्रमुख अर्यालले सुनाए । थलीबजार क्षेत्रमा भने सडक साँघुरो भए पनि सर्वोच्च अदालतले मुआब्जा बिना नछुनु भन्ने आदेश जारी गरेकाले जति उपलब्ध छ त्यतिमै कालोपत्र हुनेछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending