Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

सहभोज खाएर सामाजिक बहिस्कारमा परेको ७६ वर्षीय आचार्यले मागे सरकारसँग गुहार

खोटाङ । जिल्लामा एक सामाजिक बहिस्कारको घटना भएको छ । घटनाका पीडित व्यक्तिले समाजबाट बहिस्कारमा परेपछि प्रदेश सरकारसँग गुहार मागेका छन । जिल्ला समन्वय समितिले गत जेठ १८ गते खाल्लेमा आयोजना गरेको सहभोजमा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७६ वर्षीय टङ्कप्रसाद आचार्य बहिस्कारमा परेको हो ।
जिल्लाका प्रतिष्ठित व्यक्ति भेला भएको कार्यक्रममा आचार्यसहित सबैले सामूहिकरूपमा भोज खाएका थिए । मानिसमा ठूलो र सानो जात हुँदैन भन्ने ठहरका साथ सहभोजमा बनाइएका परिकार आचार्यलगायत सबैले खाए । यसले सामाजिक रूपमा एउटा सकरात्मक सन्देश दिएको थियो ।

सहभोजमा जिल्लाका सबैजसो राजनीतिक दलका नेता उपस्थित रहेका थिए । दलितकै घरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका अध्यक्ष चर्चबहादुर विश्वकर्माले प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईलाई दलितको छोरी बिहे गर्न अनुरोधसमेत गरेका थिए । प्रदेश नं १ लाई छुवाछूतमुक्त प्रदेश बनाउने प्रदेश सरकारको अभियानअन्तर्गत खाल्लेमा सहभोजको आयोजना गरिएको थियो । तर, यसको परिणाम वृद्ध अवस्थाका आचार्यलाई असार २७ गतेमात्र थाहा भयो ।

जुन दिन उनले आफ्नो संस्कारअनुसार पितृको श्राद्ध गर्नु थियो । असार २६ गते नै कपाल काटेर उनी एकछाकी बसेका थिए। असार २७ गते उनका पुरोहित वसन्त घिमिरे लफ्याङबाट आउनुपर्ने थियो तर, आएनन् । आचार्यले निकै समय पर्खे तर पुरोहित नआएपछि उनलाई ठूलो समस्या भयो । उनले सहभोजमा आमन्त्रण गर्ने र जान प्रेरित गर्नेलाई फोन गरेर समस्या सुनाए ।

त्यसपछि कोही पनि पुरोहित उहाँको घरमा आएनन् । पुरोहित नपाएपछि नगरप्रमुखदेखि जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य र सांसदलाई समेत यो समस्याले तनाव दिएको थियो । पुरोहितले दलितले छोएको खाएर जात छाडेकाले उहाँकोमा पूजापाठ गर्नु आफँै बिटुलिनु हो भनेर उपस्थिति जनाएनन् ।

आचार्यको फोन आएपछि नगरप्रमुख दीपनारायण रिजालसहितका जनप्रतिनिधिलाई ठूलो दबाब आइपरेको थियो । अन्ततः निकै ठूलै कसरतपछि नेर्पाका चित्रकुमार सुवेदी ९नगरपालिकाकै नायब सुब्बा०लाई आचार्यको पितृश्राद्ध गर्न पठाइयो । लामो समयदेखि पुज्दै आएको पुरोहित नआएपछि हतोत्साहित भएका आचार्यलाई जिल्लामा सम्मान पनि गरिएको थियो । नगर दिवसका अवसरमा नगरपालिकाले, जिल्ला समन्वय समितिले र शहीद मनोज जोशीको स्मृति दिवसमा आचार्यलाई सम्मान गरेको थियो ।

सहभोजमा सहभागी भएपछि आचार्यलाई गाउँकै दाजुभाइले समेत बहिस्कार गरेका छन् । आचार्यलाई गाउँमा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा निम्तोसमेत गर्न छाडेपछि नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ र खोटाङ दलित विकास मञ्चले जिल्ला प्रशासन कार्यालयमा चार जनाविरुद्ध उजुरी दिएको थियो । जिल्ला प्रशासनमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयमा पक्ष र विपक्षबीच छलफलपछि मिलापत्रसमेत गरिएको थियो । गाउँ–समाजले बहिस्कार गरेपछि हप्ता दिनअघि जिल्ला छाडेका आचार्य अहिले प्रदेश सरकारसँग गुहार मागिरहेका छन् ।

जिल्लास्थित कानूनी कारवाही गर्ने अड्डाले आफूमाथि भएको अन्यायमा कुनै चासो नदिएपछि प्रदेश सरकारसमक्ष दुखेसो राख्न विराटनगर आएको आचार्यले बताए । “मैले हाम्रो समाजमा लामो समयदेखि रहिआएको छुवाछूत प्रथालाई अन्त्य गर्न अभियान शुरु गरेको हुँ”, उनले भने, “आफ्नै वंशका टाठाबाठा भनिने व्यक्तिले बहिस्कार गरेपछि कानूनी उपचार खोज्न यहाँ आएको हुँ ।” गाउँबाट बहिस्कृत हुनुभएका आचार्यले मङ्गलबार मुख्यमन्त्री शेरधन राईलाई भेट गर्नुभएको छ । मुख्यमन्त्री राईले आचार्यको अभियानमा प्रदेश सरकारको पूर्ण साथ रहने बताउनुभएको जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies