Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

नेकपामा विवाद झनै गहिरिँदैः नेपालको बरियता खोसियो, प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको वरीयता खोसिएको छ। यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ। आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको वरियताक्रममा उनलाई ल्याइएको छ।

अाजकाे नागरिक दैनिकमा खबर छ - खनाल पार्टी एकीकरणपछि नेता नेपालभन्दा पछाडिको रोलक्रममा थिए। बैठकले नेता नेपालले अघि सारेको एक व्यक्ति एक पदका साथै स्थायी कमिटीका तीन नेतालाई सचिवालयमा ल्याउन गरेको प्रस्ताव पनि अस्वीकार गरेको छ। पछिल्लो पटक सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त गठबन्धनले नेपाललाई एक्ल्याएको छ।

सचिवालय बैठकले नेता माधव नेपालको रोलक्रम खोस्नुका साथै उनको प्रस्ताव पनि अस्वीकृत गरिदिएको छ।

खनालले आफ्नो वरीयता मिचिएको भन्दै त्यसलाई सच्याउन र गौतमलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेपछि वरिष्ठ नेता नेपालले तत्कालीन एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष त्रयलाई अन्याय भएको तर्क गर्दै सचिवालयमा ल्याउन प्रस्ताव गरेका थिए। एउटै महाधिवेशनबाट निर्वाचित कोहीलाई पदैपद, कोहीलाई सचिवालयमा समेत ल्याउन आनाकानी गरेको भन्दै नेता नेपालले नेतात्रय अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाई सचिवालयमा ल्याउन प्रस्ताव गरेका थिए। ‘नेता नेपालले शुक्रबारकै बैठकमा यो प्रस्ताव गर्नुभएको हो। यसबारे आइतबारको बैठकमा पनि छलफल भयो’, सचिवालयका एक सदस्यले भने। तर उनको सो प्रस्तावलाई अस्वीकार गरिएको पनि ती सदस्यले बताए।

‘एउटै महाधिवेशनबाट जितेका एकजना उपाध्यक्षले सचिवालयसहित किसान महासंघ, संगठन विभाग र उपाध्यक्षको जिम्मेवारी पाउने अरुले कुनै भूमिका नपाउने भन्ने कुरा न्यायोचित भएन, अष्टलक्ष्मी, युवराज ज्ञवाली र भीम रावललाई सचिवालयमा ल्याउनुपर्छ’, नेता नेपालले बैठकमा भनेका थिए। हाल अध्यक्षद्वय केपी ओली र दाहाल, नेपाल, खनाल, गौतम, श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा छन्।

‘पार्टी एकीकरणपछि आजको सचिवालय बैठकले वरिष्ठ नेताहरुको नयाँ वरीयता क्रम तोकेको छ, वरिष्ठ नेतामा पहिलो झलनाथ खनाल र त्यसपछि माधव नेपाल’, बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। उनी वरियताको विषयमा योभन्दा बढी बोल्न चाहेनन। नेपाल आफूले राखेको प्रस्ताव अस्वीकृत भएपछि बैठक नसकिँदै निस्किएका थिए।

वरियता घटाउने प्रस्ताव आएपछि नेपालले ओलीलाई लक्षित गर्दै आक्रोश व्यक्त गए। ‘पहिला झलनाथ कमरेडलाई यो प्रक्रियामै नल्याउन खोज्नुभएको थियो। मेरै जोडमा वरिष्ठ नेता बनाइयो। यो विषयमा तपाईं (ओली) ले आज आत्मआलोचना गर्ने कि नगर्ने ? आज जसरी वरीयताको वियष उठाएर मलाई अपमान गर्ने र बदला लिन खोज्दै हुनुहुन्छ त्यो किमार्थ तपाईंको नैतिक अधिकार रहेन। अब आजै आत्मआलोचना गर्नुस्’, नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending