Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

आफ्नो घर आफैँ भत्काउन थालेपछि...

खोटाङ । बिहान ११ बजेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दैनिक उपभोग्यवस्तु किनमेल गर्ने सर्वसाधारणको बाक्लै चहलपहल शुरु भइसकेको थियो । किनमेल गर्ने र प्रशासनिक काम गर्न गाउँबाट आएका सर्वसाधारणको हुललाई उछिन्दै हेलमेट लगाएको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली हातमा ढाल र लाठी बोकेर रत्नपार्कतर्फ जाँदै थियो ।

केही छिनपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी सुरक्षाकर्मीको घेराभित्र डोजर लिएर रत्नपार्क पुगे । करीब १२ बजे रत्नपार्क पुगेका नगरपालिकाका कर्मचारीको सोमबारको काम ९ड्युटी० थियो मापदण्डविपरीत बनेका घरटहरा जसरी पनि डोजर लगाएर भत्काउने । तर, रत्नपार्कका स्थानीयवासीले प्रहरी र कर्मचारी आइपुग्नुअघि नै आफ्नो घर आफँै भत्काउन थालिसकेका थिए ।

सुरक्षाकर्मीको दलबलसहित रत्नपार्क पुगेका कर्मचारी दिनभर स्थानीयवासीले आफ्नो घर आफैँ भत्काएको दृश्य रमिता बनेर हेरिरहे । नगरपालिकाको योजना शाखा अधिकृत सीताराम खतिवडाको नेतृत्वमा गएको प्राविधिकसहितको टोली करीब पाँच बजे आफ्नो ड्यूटी समय सकाएर कार्यालय फर्कियो ।

मापदण्डविपरीत बनेका घरटहरा हटाएर आफ्नो नगरपालिकालाई व्यवस्थित बनाउन नगरपालिकाले साउन २० गतेदेखि अभियान शुरु गरेको थियो । यसबीचमा नगरपालिकाले मापदण्डविपरीत बनेका करीब डेढ दर्जन घरटहरा हटाइसकेको छ । लामो समयदेखि नगरपालिकाको मापदण्ड मिचेर बसेका सबैको घर तथा टहरा हटाउन नगरपालिकाले डोजर नै प्रयोग गर्नुपरेको थियो ।

यतिसम्म कि अभियानको पर्सिपल्ट साउन २२ गते डोजर लगाएर घरटहरा भत्काउँदा स्थानीयवासीले कर्मचारीमाथि हातपात नै गरेका थिए । स्थानीयवासीको अवरोधका बाबजुद नगरपालिकाले डोजर लगाएर रत्नपार्कमा सञ्चालित मोटरसाइकल वर्कसप रहेको टहरा तथा आसपासका स्थानीयवासीको घरटहरा हटाएरै छाडेको थियो ।

सुरक्षाकर्मीको बलमा सामान हटाउन नदिई जबर्जस्ती डोजर लगाएपछि प्रतिकारमा उत्रनुपरेको स्थानीयवासीले बताउँदै आएका छन् । तर, यसपटक भने त्यस्तो अवस्था आएन । रत्नपार्कका स्थानीयवासी रामकाजी खत्रीलगायतले आफ्नो घरटहरा आफँै भत्काएर नगरपालिकाको अभियानमा सहयोग गरेका छन् ।

नगरपालिकाको अभियानमा आफूहरुको पनि साथ रहेको भन्दै उनीहरु आफैँले कामदार लगाएर दुई टहरा तथा एक घर आफैँले भत्काएका हुन् । नगरपालिकाले जसरी पनि घरटहरा भत्काउने भएपछि आफ्नो घर आफँैले भत्काएको लाहुरे हार्डवेयरका सञ्चालकसमेत रहेका खत्रीले बताए । “आफ्नो घर आफँै भत्काउँदा नगरपालिकाको अभियानमा सहयोग गरेजस्तो पनि भएको छ”, उनले भने, “सामान पनि सुरक्षित रहने हुँदा घाटा व्यहोरेर कारवाहीको सूचीमा पर्नुभन्दा आफ्नो घर आफँैले ज्यालामा कामदार लगाएर भत्काइएको हो ।”

मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटकपटक पत्रचार गर्दासमेत स्थानीयवासीले अटेरी गरेपछि गत सोमबारबाट डोजर प्रयोग गरेर हटाउन शुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । “अव्यवस्थित नगरपालिकालाई व्यवस्थित बनाउने अभियानमा हामी लागेका छौँ”, उनले भने, “अटेरी तथा अवरोध गर्ने जोसुकैको घरटहरा हटाएर व्यवस्थित र सुन्दर नगर बनाएर छाड्छौँ ।”

नगरपालिकाले जसरी पनि घरटहरा हटाउने भएपछि अहिले दिक्तेलबजार तथा आसपासका स्थानीयवासीले आफ्नो घरटहरा आफँै हटाउन शुरु गरेका छन् । मापदण्डविपरीतका घरटहरा हटाउन नगरपालिकाले समयसीमा पनि दिएको छ । दिक्तेलबजारको अल्छेढुङ्गाबाट शुरु गरिएको अभियान क्रमशः नगरपालिकाको सबै वडामा पु¥याइने नगरउपप्रमुख विणादेवी राईले बताए । “पहिलो चरणमा दिक्तेलबजारका घरटहरा हटाउन थालिएको छ”, उनले भने, “दोस्रो चरणमा घरटहरासँगै अन्य संरचना भत्काएर व्यवस्थित गरिनेछ ।”

सडकको दायाँ ३१ र बायाँ ३१ मिटर छोडेर मात्र भौतिक संरचना तथा घरटहरा बनाउन नगरपालिकाको तर्फबाट भनिए पनि स्थानीयवासीले जबर्जस्ती मापदण्ड मिचेर बनाएका छन् । नगर क्षेत्रभित्र मापदण्ड मिचेर घरटहरा बनाएमा अथवा नक्सापास नगरी बनाएमा नगरपालिकाले जुनुसुकै बेला भत्काउन सक्ने र भत्काउँदा लाग्ने खर्च संरचना बनाउनेबाट नै असुलउपर गरिने जनाइएको छ ।

अटेर गर्नेलाई रु पाँच लाखसम्म जरिवाना गराउन मिल्ने कानूनी प्रावधान रहेको नगरप्रमुख रिजालले बताए । पुरानो संरचनाका घरहरु मात्र रहेको दिक्तेलबजारका अधिकांश स्थानीयवासीको घर भत्काउनुपर्ने प्राविधिकले बताएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending