काठमाडौं। केहि दिनयता बिसाएको मनसुन फेरि दोहोरिने मौसमविद्हरुले बताएका छन् ।
आज देशका अधिकांश स्थानमा चट्याङ र मेघगर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले पहाडी भेगमा भारी वर्षा हुन सक्ने बताउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै मौसम पूर्वानुमान महाशाखाले भनेको छ, ‘देशका केही स्थानहरूमा मेघगर्जनसहित वर्षा र चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिन्छ ।’ देशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ रहेकाले सडक यातायातमा पहिरो र भूक्षयको अवरोध आउन सक्ने भएकाले सर्तक रहन आग्रह गरेको छ ।
मनसुनको न्यून चापीय रेखा औसत स्थान (नेपाल) भन्दा केही दक्षिण भए पनि बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त वायु र स्थानीय वायुको समिश्रणबाट उत्पन्न प्रणालीले पानी पर्ने क्रम जारी रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी गराइन् ।
यस्तो छ मौसमी विश्लेषण
मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ । भारतको मध्य प्रदेशमा रहेको मनसुनको निम्न चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थानमाको रूपमा रहेको छ ।
मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर–प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण २५ गते शनिबार
दिउँसो : देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको मध्य र पूर्वी पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
श्रावण २६ गते आइतबार
दिउँसो : देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशका पश्चिमी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पश्चिमका केही स्थानमा तथा पूर्वी र मध्यका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । पश्चिमी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
श्रावण २७ गते सोमबार
दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमका केही स्थानमा तथा पूर्वी र मध्यका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशका पश्चिमी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: