Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बाढीपीडितलाई राहत तथा पुनस्र्थापना कार्य सन्तोषजनक भएन: सांसद

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले हालैको बाढी, डुबान तथा पहिरोपीडितका लागि राहत तथा पुनस्र्थापना कार्य सन्तोषजनक नभएको भन्दै उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनीहरुले तराई ÷मधेशमा डुबान तथा पहाडी क्षेत्रमा पहिरो नियन्त्रण गर्न पूर्वतयारी नगरिएको भन्दै आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन सरकार सजग हुनुपर्ने माग गरे ।

सांसद लक्ष्मी परियारले शान्तिसुरक्षाको प्रत्याभूति गर्न र हालै पूर्वी जिल्लामा दलित युवामाथि भएको कुटपिटको घटना छानबिन गर्न माग गरिन् ।

सांसद विमला विश्वकर्माले एक प्रदेशबाट अर्को प्रदेश तथा प्रदेशबाट स्थानीय निकायमा जाँदा यातायात क्षेत्रमा रुट परमिट लिन नपर्ने व्यवस्था मिलाउन आवश्यक रहेकामा जोड दिँदै रुट परमिट लिनुपर्ने व्यवस्थाले यातायात व्यवसायी समस्यामा परेका छन् भने ।

सांसद विरोध खतिवडाले सुनको अवैध कारोवार रोक्न सरकारले विशेष ध्यान दिनुपर्ने र यसको मूल्यलाई नियन्त्रणमा समेत राख्नुपर्ने विचार व्यक्त गरे ।

सांसद बोधमाया यादवले तराई मधेशमा रोपाइँ जारी रहेको अवस्थामा मलखाद अभाव रहेको छ, यसतर्फ कृषि मन्त्रालयको ध्यान गएको छ कि छैन रु भन्ने प्रश्न गरिन्

सांसद सत्यनारायण शर्मा पौडेलले पूर्वी नवलपरासी जिल्लामा यातायातमा एक पालिकाबाट अर्को पालिकामा प्रवेश गर्दा कर तिर्नुपर्ने बाध्यता रहेको हुँदा दोहोरो कर हटाउन माग गरे ।

सांसद सत्या पहाडीले डोल्पाको दुनैलगायत सिङ्गो कर्णाली प्रदेशको स्वास्थ्यस्थिति माथि उठाउन स्वास्थ्य मन्त्रालयले विशेष कार्ययोजना ल्याउन जरुरी रहेको छ भनिन् ।

सांसद समिना हुसैनले बकर इदमा सार्वजनिक बिदा दिन गृह मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

सांसद सीतादेवी यादव र सरिताकुमारी गिरीले तराई ÷मधेशका बाढीपहिरोपीडितलाई थप राहतको व्यवस्था मिलाउन माग गर्दै विगतका द्वन्द्वपीडितले सामाजिक न्यायसमेत नपाएको गुनासो गरे ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको रामधुनी नगरपालिकामा रहेको रामधुनी मन्दिरको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न माग गरे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending