काठमाडौं । चाबहिल–चुच्चेपाटी सडकखण्ड विस्तारमा ढिलाइ हुँदा ढल फुटेर छरपस्ट भएको छ। ढल व्यवस्थापनमा चासो नदिएको भन्दै स्थानीय मंगलबार आन्दोलनमै उत्रिए। उक्त सडकमा यतिबेला ढल फुटेर बाटो हिलाम्मे बनेको छ। ढलका कारण चाबहिल र चुच्चेपाटी क्षेत्रमा हिँड्नै समस्या भएपछि स्थानीयले आक्रोशित भइ मंगलबार बिहान सडक अवरुद्ध गरे। तत्काल ढल व्यवस्थापन गरी सडक कालोपत्रे गर्नुपर्ने माग स्थानीयको छ ।
आजको अन्न्पर्ण पोष्ट दैनिकमा खबर छ - मुआब्जा विवादले वर्षौंदेखि सडक निर्माण लथालिंग छ। ढलका लागि ह्युम पाइप करिब ३ महिनादेखि राखिए पनि काम भएको छैन। सामान्य पानी पर्दा पनि ढल बग्ने पाइप बन्द भएर सडक हिलाम्मे हुन्छ। सवारी वारपार गर्न मुस्किल हुन्छ। सडक पेटीबाट हिँड्न सकिँदैन। हिँड्नै नसकिने सडक भएकाले स्थानीय आक्रोशित भएका हुन् ।
चाबहिलदेखि साँखुसम्म सडक विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले ०७२ सालमा पहिलोपल्ट ठेक्का लगाएको थियो। १३ किलोमिटर लामो सडक ५ खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। दुईपल्ट म्याद थपिँदा पनि ठेकेदारले सडक बनाएको छैन। ४ वर्षमा पनि अझै ५० प्रतिशत काम मात्र सकिएको छ ।
समस्या समाधान नभएकाले आन्दोलनमा उत्रिनु परेको स्थानीय शंकर श्रेष्ठले बताए। ‘सडकमा सधैं समस्या छ। ४ वर्षमा पनि काम भएन। सडकमा नउत्री काम नभएकाले अवरोध गर्न बाध्य भएका हौं,’ उनले भने, ‘कतिन्जेल यो सकस सहेर बस्ने र\' ’ स्थानीयले मंगलबार बिहान ९ बजेदेखि करिब १ घण्टा सडक अवरुद्ध गरेका थिए। सडक बन्द भएपछि तत्काल सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षाकर्मीले बल प्रयोग नगरी समस्या समाधान गर्न वार्ता गर्ने गरी बाटो खुलायो ।
तत्कालको समस्या समाधान गर्न काठमाडौं महानगरपालिका–७ को कार्यालयमा स्थानीय, ठेकेदारका प्रतिनिधि, वडाध्यक्ष, प्रदेश सांसद र सुरक्षाकर्मीसहित बैठक बसेको थियो। छलफलमा स्थानीयले सडक बनाउन ढिलो गर्दा समस्या भएको जानकारी गराए। तत्कालै ढल बनाएर काम सुरु गर्नुपर्ने प्रस्ताव स्थानीयले राखे। ‘काममा ढिलाइ भएको हो,’ ठेकेदारका प्रतिनिधि श्रीधर देवले भने, ‘तत्काल समस्या समाधान गर्न तत्कालै काम सुरु गर्छु ।’
स्थानीयले वडाको समस्या समाधान गर्न वडाले पनि जिम्मेवारी लिनु पर्ने बताए। तर वडाध्यक्षले काम ठेकेदारले गर्नुपर्ने वडाले नगर्ने भनाइ राखे। वडाध्यक्षको भनाइले स्थानीय झन् आक्रोशित भए। उनीहरूले बैठकमै ‘निकम्मा जनप्रतिनिधि चाहिँदैन’ भन्दै नाराबाजी समेत गरे ।
छलफलमा मंगलबारै काम सुरु गर्ने सहमति भएको छ। तत्काल सडकको हिलो सफा गर्नुपर्ने छ। ह्युम पाइप हटाएर ढल खन्न थाल्ने सहमति भएको छ। सहमतिअनुसार काम नथाले भोलि नै आन्दोलनमा उत्रने चेतावनी स्थानीयले दिएका थिए। ‘४ वर्ष देखि स्थानीय समस्यामा छन्,’ बैठकमा सहभागी प्रदेश ३ को क्षेत्र ४ ‘क’ का प्रदेश सांसद नरोत्तम वैद्यले भने, ‘त्यसैले आक्रोशित हुनु स्वाभाविक हो। काम नभएकोमा स्थानीय प्रतिनिधिले पनि जिम्मेवारी लिनुपर्छ ।’
तर वडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंगोलले यो काम आफूअन्तर्गत नभएकाले जिम्मेवारी लिन नसक्ने बताए। ‘सडक विस्तार सरकारअन्तर्गतको काम हो,’ उनले भने, ‘समस्या ठेकेदारको लापरवाहीले भएको हो। यो उसैले समाधान गर्छ। हामीले पहल गर्ने हो ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: