Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

असफल प्रेमले सडकमा पुगेका पूर्व नासु

काठमाडौँ । दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो । बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो । काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा थिए ।

उनको एक युवतीसँग गहिरो प्रेम थियो । त्यही प्रेम बिछोडिँदा जीवन यात्रा नकारात्मक भएर बदलियो । “धादिङमा सडक विभागको नायब सुब्बा भएर काम गरेका थिए, प्रेममा बिछोडिँदा मनोरोगी भए, त्यसपछि झण्डै २५/३० वर्षदेखि सडकमै बास भयो” काठमाडौँ महानगरपालिका– ५ का वडाध्यक्ष रमेश डङ्गोलले भने ।

हाँडीगाउँ आपसाप सडकमा एउटा हातले पाइन्ट समाउने र अर्का हातले पाँच रुपैयाँ माग्ने उनको दैनिकी थियो । बेलाबेलामा सडकको कागज टिपेर गोजी भर्ने । कसैले पाँच रुपैयाँ दिएपछि दोकान कुदिहाल्ने । स्थानीयका अनुसार पछिल्लो समयमा उहाँ बढी मदिराको लतमा थिए ।

विगतमा परिवारले उपचार प्रयास पनि गरेको थियो । वडाध्यक्ष डङ्गोल सम्झनुहुन्छ, “नत सफल हुन सक्यो न परिवारमै अडेर बस्न सक्नुभयो ।” आमा हुँदासम्म उहाँ केही समय घरमा पनि बस्ने गर्नुहुन्थ्यो । आमाको शेषपछि भने उहाँको बास सडकमै हुने गरेको स्थानीयको भनाइ छ ।

एकपटक सडकमा घुम्दाघुम्दै हराए । त्यही बेला सवारी दुर्घटनामा परेर एक व्यक्तिको शव ठ्याक्कै केसीको अनुहारसँग मिल्यो । परिवारले आफ्नै मान्छे भनेर १० दिनको किरियासमेत गरेको डङ्गोल सम्झनुहुन्छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शवको पहिचान गर्न उनी पनि गएकबा थिए । केसीले प्रविणता प्रमाणपत्र तह पास गरेका थियो । धादिङमा उनी जागिरमा छँदै मानसिक समस्या आएको स्थानीय बताउँछन् ।

मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना भन्छन्, “प्रेम या कुनै पनि विषयबाट आघात भएका व्यक्तिमा डिप्रेसन देखिन सक्छ, जीवनप्रति नैराश्यता तथा एक्लोपन हुने हुन्छ, बेलैमा सही व्यवस्थापन गर्न नसकिए मासिक समस्या पनि हुन्छ, मनोविमर्श सेवा र साइकोथेरापीका माध्यमबाट उपचार गर्नुपर्छ ।” त्यस्ता व्यक्तिले आत्महत्यासमेत गर्नसक्ने उहाँले बताए ।

यसरी गरियो उद्धार

विगतमा उहाँको समस्या कसरी समाधान गर्ने भन्ने कुनै उपाए थिएन । आफ्नै गाउँको मान्छे सडकमा विक्षिप्त भएर हिँड्दा चिन्ता लाग्थ्यो । काठमाडौँ महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरेकाले उनलाई राख्ने ठाउँको चिन्ता भएन । त्यसैले वडाध्यक्ष र वडा सदस्य मिलेर उद्धार गरी उहाँलाई आश्रममा पु¥याउन सफल भए ।

तीन दिनअघि हाँडिगाउँस्थित कृष्ण मन्दिर नजिकै देखिए । काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष डङ्गोल, वडा सदस्य मिनासिंह प्रजापति र उत्तम शर्माले उद्धार गरी आश्रम पु¥याएको हो । उनको आमाबुबा हुनुहुन्न । वडा सदस्य प्रजापति एउटै वडा निवासी उहाँ आफूले देखेदेखि नै सडकमा रहनुभएको बताउछन् । शुरुमा त्यति ठूलो मानसिक समस्या थिएन । समय बित्दै जाँदा गम्भीर मानसिक समस्यामा पुग्नुभएको उनले बताए ।

आश्रममा पुगेपछि केसीमा केही सकारात्मक परिवर्तन देखिन थालेको छ । “कुनै कुराले असर पर्दा तत्कालै मनोविमर्श सेवा र प्रेम नपाएको मानिस मनोरोगी हुन पुग्छन्, उनीहरुको अन्तिम स्थान भनेको सडक नै हुनुपुग्छ”, आश्रमका प्रदेश संयोजक सुमन बर्तौलाले भने । त्यसैले अरुले हेलाँ गरेर फ्याँकिएका मान्छेलाई माया दिनु आश्रमको लक्ष्य भएको उनले बताए ।

बर्तौलाका अनुसार कतिपय व्यक्ति माया र प्रेमले परिवर्तन हुन्छन् भने कतिपयलाई दीर्घकालीन औषधि सेवनको खाँचो हुन्छ । चिकित्सकको रायअनुसार अवस्था हेरेर मनोरोगीको उपचार गर्ने गरिएको छ । ठीक भएर घर पहिचान भएकालाई परिवारमा पुनःमिलनसमेत गराइन्छ । पारिवारिक हिंसा, आपसी बेमेल, श्रीमान्को हेलाँ घरपरिवारको बेवास्ता असफल प्रेम जस्ता कारणले मानिस मनोरोगी भएर सडकमा पुग्ने गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending