काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्पदंशको समस्या र यसबाट हुने मृत्युुदर घटाउन विभिन्न रोकथामका कार्यक्रमहरू सञ्चालन, जनचेतना अभिवृद्धि र उपचार प्रणालीमा सुधार गर्नु आजको आवश्यकता भएको बताएकि छिन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनद्वारा राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित सर्पदंशसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपालमा गर्मी एवं वर्षायामसँगै हुने विभिन्न समस्यामध्ये सर्पदंश पनि एक भएको र यहाँका ग्रामीण बस्ती र त्यसमा विशेषतः तराई क्षेत्रमा अझ गम्भीर रूपमा रहेको उल्लेख गरिन्।
यस समस्याको समयमै निराकरण गर्न दक्ष जनशक्तिलाई अद्यावधिक गर्दै स्वास्थ्य केन्द्रहरू विस्तार गर्नुका साथै आइपरेका चुनौतीहरूको सामना गर्न रणनीति पहिल्याउने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको कार्यक्रम नेपालमा आयोजना हुनु खुशीको विषय भएको पनि राष्ट्रपतिले उल्लेख गरिन् । उनले भनिन्, “विषालु सर्पसम्बन्धी ज्ञान, प्राथमिक उपचार विधि र अति आवश्यक सर्पदंश प्रतिरोधक औषधिको सीमितताले गर्दा कयौँ मानिसले सर्पको डसाइबाट अकालमा मृत्युुवरण गर्नुपर्ने दुःखदायी अवस्था रहेको छ । यसलाई अन्त्य गर्नु जरुरी छ ।”
राष्ट्रपति भण्डारीले नेपालका स्वास्थ्यकर्मीहरूबाट गुणस्तरीय स्वास्थ्य सेवाको सुलभताका निम्ति सराहनीय कार्यहरू भइरहेको चर्चा गर्दै सीमित पूर्वाधार र न्यून जनशक्ति हुँदाहुँदै पनि निकै मिहिनेतका साथ समुदायमा सेवा पु¥याइएको उल्लेख गरिन् ।
सर्पदंशका बारेमा नेपालमा धेरै अनुसन्धानहरू भएका र यसको उपचार, व्यवस्थापन र रोकथामका निम्ति नेपालका विज्ञहरूबाट पहल कदमी भएको उहाँले सो अवसरमा बताइन् । सर्पदंशका बिरामीलाई नेपाली सेनाले आफ्नै साधनस्रोतबाट उपचार गर्दै आउनु सराहनीय कार्य भएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन्।
राष्ट्रपति भण्डारीले सर्पदंश उपचार र यससम्बन्धी अनुसन्धानका क्षेत्रमा प्राध्यापक सञ्जीवकुमार शर्माले पु¥याउनु भएको योगदानको सराहना गर्दै उनको उत्तरोत्तर प्रगतिको कामना पनि गरिन् ।
नेपालमा बर्सेनी ४० हजारभन्दा बढी मानिस सर्पको डसाइबाट पीडित भएको र त्यसमध्ये एक हजारभन्दा बढीको ज्यान जाने गरेको छ । दुईदिने सो सम्मेलनमा नेपालसहित दक्षिण एशियाली क्षेत्रीय सहयोग सार्कका सदस्य राष्ट्रहरु, बेलायत, अमेरिका, स्विटजरल्याण्ड, जर्मनीका सर्पदंश उपचारका क्षेत्रमा कार्यरत चिकित्सक तथा नीति निर्माताको सहभागिता रहेको छ ।
।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: