Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

श्रेष्ठकाे मृत्यु रहस्यमय रहेको भन्दै काङ्ग्रेस सांसदहरुद्वारा छानबिन गर्न गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद्हरुले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयान लिइरहेका युक्तप्रसाद श्रेष्ठको मृत्युको घटनाका सम्बन्धमा छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद देवेन्द्रराज कँडेलले बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौँ तल्लाबाट हाम्फालेर आत्महत्या गरिएको भनिएका श्रेष्ठका मृत्यु रहस्यमय रहेको जनाउँदै गम्भीर ढङ्गबाट छानबिन गर्न गृहमन्त्री र प्रहरी प्रमुखको ध्यानाकर्षण गराए ।

डिल्लीबजार मालपोत कार्यालयमा तत्कालीन नायब सुब्बाको पदबाट राजीनामा दिएर पर्वतमा नेपाली काङ्ग्रेसबाट राजनीति गरिरहेका ५७ वर्षीय श्रेष्ठले गत आइतबार हामफालेर आत्महत्या गरेको प्रहरीले जानकारी गराएको थियो ।

‘‘आठौँ तल्लाबाट हामफालेर आत्महत्या गरिएका भनिएका श्रेष्ठको खसेको ठाँउमा कुनै रगत नदेखिएको तथा शव परीक्षण प्रतिवेदनले पनि शरीरका कुनै पनि भागमा गम्भीर चोट लागेको नदेखाएको हुँदा हत्या भएको त होइन भन्ने शङ्का उत्पन्न गरेकाले बास्तविकता के हो जान्नका लागि छानबिन होस्’’, उनले भने ।

बैठकमा अर्का सांसद दिलेन्द्रप्रसाद बडूले एक साताअघि कञ्चनपुरमा झुण्डिएको अवस्थामा फेला परेका वसन्तबहादुर सिंहको शवले पनि मुलुकको शान्ति सुरक्षालाई चुनौती दिइएको बताए । उनले भने, “प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पैसा भुक्तानी गरेर निस्किएका भनिएका सिंहको नजिकको जङ्गलमा बरामद भएको मोटरसाइकलभन्दा निकै टाढा शव झुण्डिएको अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त भएको छ, यस घटनालाई गम्भीरतापूर्वक हेरी थप छानबिन होस् ।”

सोही दलका सांसद डिला सङ्ग्रौलाले कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको एक वर्ष पुगिसक्दासमेत दोषी पत्ता लगाउन नसक्नु दुःखद् विषय भएको जनाउँदै मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा सरकार गम्भीर होस् भनिन् ।

समितिका अर्का सदस्य प्रेम सुवालले वाइडबडी, बालुवाटार जग्गा प्रकरण र अन्य भ्रष्टाचारका घटनामा मुछिएका व्यक्ति सत्तारुढ दलको छहारीमा खुले चुनौती दिएर हिँड्ने स्थितिको अन्त्य गर्न प्रहरीलाई स्वतन्त्ररुपले काम गर्ने सङ्गठनका रुपमा स्थापित गर्न आवश्यक रहेको बताए ।

नेपाल प्रहरी र प्रदेश सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा भइरहेको छलफलमा सत्तापक्षको दबावमा प्रहरीलाई बदनाम गर्ने उद्देश्यले कतिपय घटनाको प्रमाण नष्ट गर्ने काम भएको केही सांसदले आरोप लगाए ।

सांसद सुवालले भने, “अब हामीले प्रहरी ऐनमै प्रमाण नष्ट गर्ने होइन, संरक्षण गर्न बाध्यकारी बनाउने प्रावधान राखिनुपर्छ, अन्यथा भ्रष्टाचार खुलेआम चुनौती दिएर हिँड्ने, निर्दोष व्यक्तिले आत्महत्या गर्नुपर्ने दिन आउन सक्छ, त्यसलाई अन्त्य गर्नुपर्छ, सत्ताको दबावमा चल्दा प्रहरी बदनामी भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending