Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

खबरडबली संवाददाता

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने क्रममा अघिल्लो सरकारप्रति लक्षित गर्दै आक्रामक अभिव्यक्ति दिए।

तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर शुक्रवार थुनामुक्त भएलगत्तै पनि लामिछानेले आफूमाथि परेको अन्यायको हिसाब खोज्ने बताएका थिए।

आफूलाई अघिल्लो सरकारले 'प्रतिशोधपूर्वक मुद्दा चलाएको' दाबी गर्दै आएका लामिछानेले आइतवार पार्टी कार्यालय पुगेर प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा विघटित प्रतिनिधिसभाका संसदहरूको हस्ताक्षर गरिरहेका नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनावी मैदानमा आउन चुनौती दिए।

दल र राजनीतिक शक्तिको नाम उल्लेख नगरी उनले 'भागेका केही शक्ति आफैँ सानोतिनो घटना घटाएर चुनाव बिथोल्न लागिरहेको' आरोप लगाए।

"चुनावको वातावरण बिगार्न पर्दैन। पार्टीको चुनाव जितेजस्तै आम चुनाव पनि जिते भइगयो," हालै पार्टी नेतृत्वमा पुनर्निर्वाचित भएका एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै लामिछानेले भने।

'हिसाब मिलाउन बाँकी नै छ'

भदौको विद्रोहमा उत्रिएका जेन जीको माग पूरा गर्न, निर्वाचन गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सुशीला कार्कीलाई साथ दिने बाचा गरेका लामिछानेले थुनामुक्त भएलगत्तै पुराना राजनीतिक शक्तिप्रति लक्षित गर्दै आफूले हिसाब खोजिरहेको बताएका छन्।

"यिनीहरूले यो देशमाथि गरेको अन्यायका अगाडी ममाथि गरेको अन्याय केही पनि होइन त्यो सबै हिसाब गर्नु छ," रिहा भएकै दिन रुपन्देहीमा उनले भने। "हिसाब मिलाउन बाँकी नै छ।"

त्यसको भोलिपल्ट आफ्नो चुनावी क्षेत्र चितवनको भरतपुर पुगेका लामिछानेले कुनै दलप्रति प्रतिशोध नसाँध्ने वाचा गरे। त्यससो भनिरहँदा पनि उनले हिसाबको प्रसङ्ग छुटाएनन्।

"म र मेरो दलमाथि जति अन्याय थिचोमिचो गरेको भए पनि कुनै पनि राजनीतिक पुस्ताका नेता प्रति राजनीतिक प्रतिशोध गर्ने छैनौँ। तर यो देशलाई ३०-३५ वर्षसम्म जसरी राखियो त्यसको हिसाब त गर्नु पर्छ साथी हो। त्यसको हिसाब त माग्छु म," उनले भने।

'थान्कोमा बस्न चेतावनी'

यसअघि सत्ता र शक्तिमा रहेका दलका नेताहरूलाई लक्षित गर्दै इतिहासमा योगदान पुर्‍याएका नेताहरूलाई 'सुरक्षित र सम्मानित ठाउँमा राख्ने' लामिछानेले चेतावनी थियो।

"तर त्यो सम्मानित ठाउँमा बस्ने/नबस्ने भन्ने कुरा उहाँहरूको अभिव्यक्ति र व्यवहारमा फरक पर्छ," उनले भने।

उनी त्यतिमा मात्रै रोकिएनन् पुराना नेताहरूलाई थान्कोमा बस्न चेतावनी समेत दिए।

"भविष्य हामीले बनाउने हो। इतिहास तपाईँले कोर्नुभयो, धन्यवाद! थान्कोमा बस्नुस् है। दुई तिहाइको दम्भ, भिडभाडको दम्भ र पाखुराको दम्भ देखाउनु भयो भने त फेरी हेलिकप्टरमै झुन्डिएर भाग्नुपर्छ," उनले भने।

यसअघि भदौ २४ को आन्दोलनमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कतिपय राजनीतिक नेताहरूमाथि भौतिक आक्रमण समेत भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी ‌ओलीलाई नेपाली सेनाले प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टरमा उद्धार गरेको थियो।

दलका नेता र विश्लेषक के भन्छन्

नेकपा एमालेका सचिव राजन भट्टराईले सहकारी ठगीको मुद्दा खेपिरहेका र धरौटी बुझाएर अदालतबाट तारेखमा छुटेका लामिछानेले दलहरूमाथि प्रहार गरेर आफूमाथि उठेका प्रश्न पन्छाउन खोजेको बताए।

"उहाँ छुटेर आउनुभएको छ त्यसमा हामीलाई केही भन्नु छैन। उहाँका विचाराधीन मुद्दाबारे के भन्नुहुन्छ। उहाँले दुईवटा राहदानी प्रयोग गरेको कुरा हामीले आरोप मात्रै लगाएको होइन होला," प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार समेत रहिसकेका भट्टराई भन्छन्।

"उहाँबारे उठेका यावत् विषयमा जबाफ दिन छोडेर जनतालाई प्रभावित पारेर जे पनि बोल्ने? उहाँ नेता होइन? गृह मन्त्रालय चलाएको मान्छे होइन? जेल तोडेर बाहिर आएको विषयमा भोलि अरू बन्दीलाई के भन्नुहुन्छ?"

यसअघि भदौ २४ गते जेन जी आन्दोलन उत्कर्षमा पुगेका समयमा लामिछाने ललितपुरको नक्खु कारागारबाट बाहिर निस्किएका थिए। उनका आलोचकहरूले लामिछानेमाथि "कारागारबाट भागेको" आरोप लगाए पनि उनले त्यसको खण्डन गर्दै आफ्नो सुरक्षाका लागि कारागार प्रशासनले नै बाहिर पठाएको दाबी गर्दै आएका छन्।

लामिछानेले आफूमाथि सहकारी र राहदानी प्रकरणमा चलिरहेका मुद्दातर्फ सङ्केत गर्दै शनिवार चितवनको भेलामा त्यसलाई आफूमाथि झुन्ड्याइएका 'तरबार'को संज्ञा दिएका थिए।

लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको आरोपमा प्रहरीले बुझाएको अनुसन्धानमा मुद्दा नचलाउने महान्यायधिवक्ता कार्यालयले २०७९ सालमा गरेको निर्णयविरुद्ध परेको अर्को रिट सर्वोच्च अदालतमा विचाराधीन छ।

सहकारी प्रकरणमा आफूमाथि राज्यले प्रतिशोध साँधेको आरोप लगाउने लामिछानेबारेको छानबिन प्रतिवेदन पनि उनकै दलका सांसद समेत संलग्न रहेको संसदीय समितिले तयार गरेको दाबी एमाले नेता भट्टराईको छ।

"उहाँकै सांसद रहेको संसदीय समितिले बनाएको प्रतिवेदन उहाँहरू समेत रहेको संसद्‌ले पारित गरेर अनुसन्धानका लागि पठाएको होइन?," उनले भने।

यसअघि देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र मामिला सल्लाहकार समेत रहेका राजनीतिक टिप्पणीकार अरुणकुमार सुवेदी लामिछानेले अरू दलहरूको पराजय र आफ्नो विजय भएको रूपमा जेन जी आन्दोलनलाई हेरिरहेको आफूलाई लागेको बताए।

"उहाँको शैली त्यस्तै हो त्यसबारे मलाई केही भन्नु छैन। तर उहाँ गालीगलौजको राजनीतिबाट बाहिरिनु पर्छ," उनी भन्छन्, "उहाँले जे कुरा गरिरहनु भएको छ त्यसले अराजकता थप बढ्छ।"

यसअघिका प्रधानमन्त्री ओलीका आर्थिक र विदेशनीतिबारे आलोचना गर्दै आएका सुवेदी लामिछाने मुद्दाभन्दा व्यक्तिकेन्द्रित देखिएको बताए।

"ओलीले उत्तेजनाको राजनीति पस्किनुभयो। त्यही राजनीतिको प्रतिक्रियाको रूपमा रवि लामिछानेको जन्म भयो," उनी भन्छन्।

"मानिसले तलमाथि गरे स्थापित संस्थाले कारबाही गरिरहेका पनि छन्। अर्काको मानहानि गर्ने भन्दा अबको नीतिमा केन्द्रित हुनुपर्‍यो।" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending