दाङ । दाङको लमही–९ रिहारस्थित सागर चौधरीले डुङ्गा चलाउन थालेको तीन वर्ष भयो । यसभन्दा अघि उनका बुबाले डुङ्गा चलाउथे । बुबा बुढो हुँदै गएपछि १७ वर्षको उमेरदेखि डुङ्गा चलाउन थालेको सागर बताउछन् ।
उनले राप्ती नदी पानीको बहाब बढेर वारपार गर्ने अवस्था नभएमा डुङ्गामार्फत मानिसलाई वारपार गराउने गर्नुभएको छ । उनका बुबाले करीब २४/२५ वर्ष सोही ठाउँमा डुङ्गा चलाएर घर परिवार पाल्दै आएका थिए ।
पैतिया–गङ्गदी घाट नजिकबाट सागरले डुङ्गामा मानिसलाई तारेर दैनिक ५०० देखि एक हजारसम्म आम्दानी गर्ने गरेका छन् । डुङ्गामा तारेवाफत उहाँले प्रतिव्यक्ति रु २० लिने गरेको बताए ।
कक्षा १० सम्मको पढेपछि देउखुरीको लमहीबाट कोरियन भाषा पढाइ शुरू गरे, तर त्यसमा पनि उनुत्तीर्ण भएपछि उनले पुख्र्यौली पेशा शुरु गरेको बताए ।
डुङ्गामा जोखिम यात्रा गर्न बाध्य छन् विद्यार्थी
राप्ती नदीका विभिन्न ठाउँमा पुल नहुँदा विद्यार्थीहरु समेत जोखिम यात्रा गर्न बाध्य छन् । दाङको राजपुर गाउँपालिका–७ हाँडवासदेखि लमही नगरपालिका–९ अमिलियाबीचमापर्ने राप्ती नदीमा पुल नहुँदा विद्यार्थी जोखिम यात्रा गर्न बाध्य छन् ।
दैनिक राजपुरबाट पढ्नका लागि जाने विद्यार्थी जोखिम मोलेर डुङ्गाको यात्रा गर्ने गर्दछन् । “लामो समय भयो जोखिम मोलेर यात्रा गर्न बाध्य छौंँ”, स्थानीयवासी अर्जुन योगीले भने, “यो समस्या समाधानका लागि हामीलाई झोलुङ्गे पुल आवश्यक छ ।”
विद्यार्थी वारपार गर्दा धेरै पटक डुङ्गा पल्टिने गरेकोसमेत उनले बताए। उनले भने,“बिहान विद्यालय गएका र बेलुकी विद्यालयबाट सकुशल छोराछोरी फर्कने हुन् कि होइनन् भन्ने अभिभावकलाई पिरोल्ने गर्दछ ।”
दैनिक ५० जना विद्यार्थीले त्यहीँ डुङ्गाबाट वारपार गर्ने गरेको स्थानीयवासी सञ्जय योगीले बताए । त्यस क्षेत्रका पाँच सय घरपरिवार अहिले त्यही डुङ्गाबाट वारपार गर्ने गर्छन् । २० मिनेटमा वारपार गर्न सकिने भएकाले त्यहाँका बासिन्दाले डुङ्गाको प्रयोग गर्ने गरेका छन् ।
झोलङ्गे पुल भएको भए झनै सहज हुने स्थानीयवासी करवीर योगीले बताए । झोलुङ्गे पुल चार किलोमिटर पूर्व गोठुवा घाटमा छ भने पश्चिम बाँकेको खोकरीघाट पाँच किलोमिटर टाढा छ । त्यहाँ पैदलजान एक घण्टा लाग्ने भएकाले त्यहाँका बासिन्दाले छिटो आवतजावत गर्न डुङ्गाको प्रयोग गर्ने गरेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: