Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

ज्येष्ठ नागरिक विधेयक छलफल

काठमाडौं । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि आज छलफल भयो ।

बैठकमा प्रस्तावित विधेयकको दफा ८ को उपदफा १ र २ माथि केन्द्रित रही सैद्धान्ति छलफल भएको थियो । दफा ८ मा बाबुआमाका लागि छोराछोरीले अर्थात् दायित्व भएका व्यक्तिले ऐन प्रारम्भ भएको मितिले १५ दिनभित्र बाबुआमाको खातामा रकम जम्मा गर्नुपर्ने वा नपर्ने सम्बन्धमा आफू कार्यरत निकायमा लिखित जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

छलफलमा भाग लिने केही सांसदहरूले ज्येष्ठ नागरिकलाई दोहोरो भत्ता दिन नहुने, ज्येष्ठ नागरिक भत्ता पनि उपयोगमा आउन नसकेको, केही प्रतिशत रकम बाबुआमाको खातामा छोराछोरीले जम्मा गर्नुपर्ने व्यवस्थाबाट समाजमा कलह आउने धारणा व्यक्त गरे ।

तर अन्य केही सांसदहरूले वृद्ध बाबुआमाको खातामा छोराछोरीले केही प्रतिशत रकम जम्मा गर्ने व्यवस्थाले परिवारमा झन् सद्भाव बढ्ने र यो प्रावधान राम्रो भएको टिप्पणी गरे । उनीहरुले एक प्रतिशत वा पाँच प्रतिशत भए पनि जम्मा गर्ने गरी यस्तो राम्रो कामको शुरुआत गर्नुपर्ने धारणा व्यक्त गरे। यस्तो व्यवस्थाबाट समाजमा विकृति नआउने भन्दै उनीहरूले जसले बाबुआमालाई हेर्दैन उनीहरुलाई मात्र कस्न खोजिएको बताए ।

केही सांसदहरुले विधेयकमा रकम जम्मा गर्नुपर्ने कुरा नराखे पनि हुने धारणा पनि व्यक्त गरे । तोकिएको प्रतिशतभन्दा कम आम्दानी भएका छोराछोरी वा आम्दानी नै नभएको छोराछोरीलाई राज्यले नै केही व्यवस्था गर्नुपर्ने उनीहरुको धारणा रह्यो ।

सो अवसरमा महिला तथा बालबालिकामन्त्री थममाया थापाले नेपालमा विदेश जान बाध्य भएका छोराछोरी तथा विभिन्न कारणमा व्यस्त भई बुबाआमालाई हेरविचार गर्न नसक्ने कारणले बुबाआमा वृद्धाश्रममा बस्नु परेका कारण उनीहरुको हितका लागि यो विधेयक ल्याइएको स्पष्ट पारिन् ।

उनले छोराछोरीले बुबाआमाको खातामा निश्चित प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधानले छोराछोरीमा दायित्वबोध हुने र यसले परिवारलाई जोड्ने काम गर्ने बताइन् । कति प्रतिशत जम्मा गर्ने भन्ने कुरा विज्ञहरुसँग छलफल गरी तोकिने जानकारी उनले दिइन् ।

सो अवसरमा मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले समाजमा भएको विकृति रोक्न यो विधयेक ल्याइएको र विधेयकबाट समाजमा ज्येष्ठ नागरिकप्रतिको दायित्व बोध हुने बताए ।

समितिका सभापति निरुदेवी पालले छलफलमा २० सदस्यले भाग लिएको जानकारी दिँदै छलफल उपयोगी भएको र विज्ञहरुसँग छलफल गर्न आफूले पहल गर्ने जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending