Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

नेकपामा ‘स्कुल’ मै अलमल, यस्ताे छ अबकाे चार विकल्प

काठमाडौँ । आवरणमा स्कुल विभाग कसले लिने भन्ने रस्साकसी देखिए पनि खासमा नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी मनोविज्ञान हाबी भएको छ । पार्टीलाई वैचारिक रूपमा आफ्नो पक्षले नेतृत्व गरेको छ भन्ने देखाउनकै लागि दुवै पक्षले यही विभाग दाबी गरिरहेका छन् ।

आजको कान्तिपुरमा खबर छ । चुनावी गठबन्धन गर्दै दुई तिहाइको सरकार बनाएको नेकपा अहिले एउटा विभाग कुन नेतालाई दिने भन्ने विवादमा अल्झेको छ । पार्टी एकताको अन्तिम काम अब विभागहरूलाई पूर्णता दिने मात्र छ । यही काम पूरा गर्न शीर्ष नेताहरूलाई स्कुल विभागले हम्मे पारेको छ ।

आन्तरिक विवादकै कारण सचिवालय बैठक रोकिएको रोकियै छ । सचिवालयमै रहेका दुई नेता नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले एउटै विभाग दाबी गरेपछि चर्किएको विवादमा अहिले घनश्याम भुसाल, वेदुराम भुसाल पनि मिसिएका छन् । विभागमा आ–आफ्नो दाबी गर्दै नेताहरूले आन्तरिक लबिइङ तीव्र पारेका छन् । यही प्रकरणले नेकपाको एकता ‘हात्ती छिर्‍यो पुच्छर अड्कियो’ जस्तो अवस्थामा छ ।

एउटा विभागलाई लिएर शीर्ष नेताहरूको यो ढंगको रस्साकसीलाई केन्द्रीय समितिमा रहेका नेताहरू अनुपयुक्त ठान्छन् । ‘दुई पार्टी मिलेर एकता भएको हो । त्यसैले यो समझदारीमा चल्ने हो, कसले कसलाई दिने र लिने भन्ने ढंगले कुरा हुनुहुँदैन, शीर्ष नेताहरू एउटा समझदारीमा जानुपर्‍यो,’ नेकपाका केन्द्रीय नेता राजेन्द्र गौतमले भने, ‘यो नगर्ने हो भने सचिवालयका नौ जना नेताले नै कुनै विभाग राख्न भएन, त्यसभन्दा तलका नेतालाई दिनुपर्छ ।’

आवरणमा पोखरेल र श्रेष्ठ पात्रका रूपमा देखिए पनि यसभित्र पूर्वएमाले र पूर्वमाओवादीको मनोविज्ञान जोडिएको छ । पार्टीलाई वैचारिक रूपमा आफ्नो पक्षले नेतृत्व गरेको छ भन्ने देखाउने स्वार्थका कारण यो विभागको विवाद चर्केको हो । ‘विगतमा को के थियो भन्दै सिद्धान्त छहारी लिएर व्यक्ति–व्यक्तिले दुनो सोझ्याउन खोजेजस्तो भएको छ,’ नेकपाका केन्द्रीय नेता तथा नवलपुरका सहइन्चार्ज रवीन्द्र अधिकारीले भने, ‘अहिले पार्टीको तत्कालको राजनीतिक कार्यदिशा जनताको जनवाद हो, जो विभाग प्रमुख भए पनि त्यही कार्यदिशाअनुसार अघि बढ्नुपर्छ, त्यसैले यही विषयलाई जोडेर एकताको अन्तिम काम रोकेर राख्नु गलत हुन्छ ।’

नेकपाको केन्द्रमा एकताकै बेला पूर्वएमालेले अघि सारेको जनताको बहुदलीय जनवाद र पूर्वमाओवादीले अघि सारेको एक्काइसौं शताब्दीको जनवाद भन्ने सिद्धान्त थाती राख्दै ‘जनताको जनवाद’ भनेर अघि बढ्ने र त्यसैका आधारमा महाधिवेशनसम्म जाने भन्ने थियो । तर एकताको कामले पूर्णता नपाउँदै नेताहरूबीच पूर्वपार्टीले लिएको सिद्धान्तको विवाद सुरु भयो ।

तत्कालीन एमालेका महासचिवसमेत रहेका नेता पोखरेलले जनताको बहुदलीय जनवादको सिद्धान्त बोक्नुपर्ने भन्दै बहस चलाउन खोजे । यो कुरा पूर्वमाओवादी समूहलाई चित्त बुझेन । त्यसैले अहिले स्कुल विभागमा पोखरेलको दाबीलाई पूर्वमाओवादी पक्षले रुचाएको छैन । मुख्य विभागहरू आफ्नो पक्षमा नरहेको भन्दै उक्त समूहबाट नारायणकाजी श्रेष्ठलाई अघि सारिएको छ । श्रेष्ठ पनि पार्टीभित्र वैचारिक ज्ञान राख्ने नेता भएको र अहिले संसद् र सरकारको मोर्चाबाट बाहिर रहेकाले उनलाई महत्त्वपूर्ण विभाग दिनुपर्ने माओवादी पक्षको अडान छ ।

यस विषयमा नेताहरूले समझदारी नगर्दा समस्या भइरहेको केन्द्रीय सदस्य युवराज चौलागाईंले बताए । ‘पार्टीको निर्माण सहमति र सहकार्यबाटै हुने हो तर अहिले एकले अर्कालाई देखाउने वा गलाउने खालको जस्तो भएको छ,’ उनले भने, ‘नेताहरूबीच विश्वासको वातावरण नहुने हो भने अब उहाँहरूभन्दा अर्को विकल्पमा जानुपर्छ ।’

स्कुल विभागका विषयमा अध्यक्षहरूबीच पनि कुन पक्षले लिने भन्ने ठोस समझदारी भएको देखिँदैन । शक्तिशालीमध्येका संगठन विभाग, विदेश विभाग, स्कुल विभाग, नीति तथा अनुसन्धान विभाग पूर्वएमाले र अर्थ र प्रवक्तासहित प्रचार विभाग पूर्वमाओवादी पक्षले लिने भन्ने थियो । स्कुल विभागमा पोखरेलको नाम आउनेबित्तिकै माओवादी पक्षले त्यो विभागआफ्नो पक्षमा आउनुपर्ने अडान लियो ।

‘नौ जनाको बीचमा के समझदारी भएको हो, त्यो कार्यान्वयन गर्नुपर्‍यो, समझदारीअनुसार साबिकको एमाले र माओवादी पक्षको निर्णय सम्बन्धितहरूले गर्नुपर्‍यो,’ केन्द्रीय सदस्य गौतमले भने, ‘यो र ऊ भनेर एकले अर्कालाई नस्विकार्ने र एकतालाई तन्काएको तन्कायै गर्ने गलत काम भइरहेको छ ।’

स्कुल विभागको नेतृत्वले आफ्ना विचारलाई पार्टीका फोरममा लगेर प्रशिक्षण चलाउन पाउँदैन । पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीहरूले पारित गरेका निर्णयका आधारमा प्रशिक्षण चलाउने हो । त्यसैले जसले विभागको नेतृत्व गरे पनि ‘जनताको जनवाद’ को अन्तर्य र यसका विशेषताबारे प्रशिक्षण चलाउने हो ।

‘अहिले हामीले जनताको जनवादलाई बोकेर हिँड्ने हो, पछि महाधिवेशनमा विभिन्न विषयमा छलफल हुन सक्छ । अहिले जे सहमति भएको छ, त्यही कार्यान्वयन गर्ने हो,’ केन्द्रीय सदस्य अधिकारीले भने, ‘शीर्ष नेताहरूले एउटा विभागको नेतृत्वलाई प्रतिष्ठाको विषय बनाएर बसिराख्न उपयुक्त हुँदैन ।’

विकल्प के–के ?
स्कुल विभागको विवाद मिलाउन नेताहरूलाई सकस परिरहेका बेला केही विकल्पबारे आन्तरिक छलफल चलिरहेको छ । पहिलो विकल्प पोखरेल र श्रेष्ठबीचमै सहमति खोज्ने भन्ने छ । दुवै पक्ष तयार नभए दोस्रो विकल्पका रूपमा तेस्रो व्यक्तिलाई अघि बढाउने चर्चा छ ।

तेस्रो व्यक्तिका रूपमा नीति तथा अध्ययन विभागमा तोकिएका झलनाथ खनाल वा संगठन विभागका लागि तय गरिएका वामदेव गौतमको जिम्मेवारी हेरफेर गरेर स्कुलमा लैजाने भन्ने छ । खनाल सहमति जुटे स्कुल विभागको नेतृत्व लिन तयार भइसकेका छन् । तर, गौतम संगठन विभाग छाडेर आउँछन्–आउँदैनन्, स्पष्ट छैन ।

तेस्रो विकल्पमा यो विभाग अध्यक्षहरूले नै राख्ने चर्चा पनि छ । यसअघि पनि अध्यक्षले यो विभाग राखेको उदाहरण छ । तर अहिले दुई अध्यक्ष भएकाले व्यावहारिक नहुन सक्छ । सचिवालय तहका नेताहरूबीच सहमति नभएर तल्लो तहमा नेतृत्व हस्तान्तरण गर्ने भए मात्र चौथो विकल्पका रूपमा घनश्यामभुसाल, वेदुराम भुसाललगायत नेताहरूमा पुग्न सक्छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending