Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बेपत्ता भएको ११ दिनपछि गौतमको शव भेटियो

झापा । प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ ।

झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागिरको सिलसिलामा विर्तामोडमै कोठा लिएर बस्दै आएका थिए । असार १७ गते मङ्गलबार बिहान ८ बजे सधैँझै कार्यालय जान भनी हिँडेका गौतम अचानक बेपत्ता भएका थिए ।

सोही दिनको दिउँसो करीब १ बजेको समयमा विर्तामोडबाट १२ किलोमिटर पश्चिमको सुरुङ्गादेखि दुई किलोमिटर उत्तर धनुषकोटीधामबाट आफ्नो अत्यन्तै मिल्ने साथी यामबहादुर रसाइलीलाई आँप लिएर आउन फोन गरेका गौतम आफ्नो साथी धनुषकोटी पुग्नुअघि नै सम्पर्कविहीन भएका थिए । आँप लिएर धनुषकोटी पुगेका रसाइलीले साथीलाई फोन गर्दा फोन सम्पर्क हुन नसकेपछि अन्य आफन्तजनलाई खबर गरेका थिए । स्थानीयवासीसहित आफन्तजनको खोजीकार्य निरन्तररूपमा चलिरहे पनि ११ दिनपछि असार २७ गते शुक्रबारका दिन कनकाई सामुदायिक वन क्षेत्रमा मृतावस्थामा गौतमको शव फेला परेको हो ।

दिउँसो १ बजेको समयमा घाँस काट्न आएका स्थानीयवासीले झाडीभित्र नचिनिने अवस्थामा रहेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही दिन घोपामा शव परीक्षण गरेर शनिबारको दिन मात्र कनकाई नदीमा गौतमको अन्त्येष्टि भएको हो ।

आर्थिक अवस्था कमजोर भएका गौतमका बाबु तुलसीप्रसाद गौतमको तीन वर्षअघि नै निधन भएको हो भने आमा ईश्वरा गौतम माइलो छोरा बासुदेवसँग कनकाई–७ कालीमुडास्थित आफ्नै घरमा बस्दै आउनुभएको छ । कान्छो भाइ युवराज वैदेशिक रोजगारीमा छन् ।

“अघिल्लो दिन सोमबार बेलुकातिर घर आएको थियो, के छ आमा खबर, के गर्दै हुनुहुन्छ भनेर सोध्यो, अनि केही समय गफगाफ गरेर हिँडेको छोरो, आजसम्म देख्न पाएकी छैन, हामी कसैलाई पनि केही भनेन, भाइ कान्छासँग भने फोनबाट केही कुरा भएको भन्ने सुनेकी छु , के कसो भयो, केही पनि थाहा छैन”, स्व गौतमकी आमा ईश्वराले गहभरि आँशु पार्दै भन्नुभयो, “छोरो हराएको कुरा सुनेपछि विर्तामोडस्थित सिद्धार्थ बैंकमा गएँ, उसका साथीलाई सोधेँ, उनीहरुले चिन्ता नलिनु आमा हराएको छैन भनेर सम्झाए, अनि आउँछ होला भन्ने आशा लागेको थियो, यो के को बज्र प¥यो ।”

विर्तामोडस्थित कोठामा बस्दै आएका गौतम अघिल्लो दिन बेलुका आफ्नी श्रीमती कल्पना शारिरीकरूपमा केही अस्वस्थ भएपछि विर्तासिटी अस्पतालमा भर्ना गरेर रातभरि अस्पताल बसेका थिए । बिहान ७ बजेतिर बिरामी श्रीमतीलाई कोठामा पु¥याएको केही समयपछि ‘औषधि राम्ररी खाँदै गर्नु म अफिस हिँडेको’ भनेर ८ बजेतिर निस्कनुभएको श्रीमती कल्पना बताउनुहुन्छ ।

बेपत्ता हुनुपर्ने कारणका बारेमा जिज्ञासा राख्दा कल्पनाले त्यस्तो नराम्रो केही नभएको तर कहिलेकाँही भने सामान्य ठाकठुक पर्ने गरेको प्रतिक्रिया दिनुभयो । बैंकको जागिरबाट पैसा कम्ती आउने, उहाँ आफू पनि मुटुको बिरामी, श्रीमती र आमाको उपचारका लागि पैसा खर्च गरिरहनुपर्ने भएपछि तनावमा परेर यस्तो निर्णय गरेको हुनसक्ने आफूलाई लागेको उहाँले बताउनुभयो ।

मृत्युको कारण अनुत्तरीत

घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, विर्तामोडले गौतमकको शव छेउ ‘सुसाइड नोट’समेत भेटेको थियो । भिजेको अवस्थामा भेटिएको नोटमा परिवारसँग गुनासो पोखिएको अनुसन्धान अधिकृत बताउँछन् ।

झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले शव छेउ सुसाइड नोट भेटिए पनि के लेखिएको थियो भन्नेबारे बताएनन्। हाल अनुसन्धानमै रहेकाले परीक्षणको रिपोर्ट आएपछि धेरै कुराको जानकारी आउनसक्ने प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

गौतमको शवलाई परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर, रिपोर्ट अझैसम्म आएको छैन । त्यहाँका चिकित्सकले शव सडेको अवस्थामा भेटिएकाले रिपोर्ट आउन ढिलो भएको बताए। सामान्यतयाः मानिसको मृत्युको २४ घण्टापछिबाटै शव बिग्रिन थाल्छ । चिसो मौसममा लामो समयसम्म शव नबिग्रिने भए पनि गर्मीका कारण गौतमको शव पूर्णतः बिग्रिएको अवस्थामा भेटिएको थियो ।

सुसाइड नोटले आत्महत्या भएको हुनसक्ने आशङ्कालाई जोड दिए पनि घटनास्थल वरपर विष वा झुण्डिएको हुनसक्ने सबुत नभेटिनुले गौतमको मृत्यु रहस्यमय छ । रहस्यको पर्दा चिकित्सकले परीक्षण रिपोर्ट दिएपछि मात्रै खुल्नेछ । रिपोर्टमा गौतम मृत्युको प्रकृति र कारणबारे खुल्नेछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending