Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

हत्या भएको नौ वर्षसम्म बित्यो तर, हत्यारा पत्ता लागेन !

दाङ । दाङका सञ्चारउद्यमी हेमराज धितालको हत्या भएको नौ वर्ष पुग्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । दाङ तुलसीपुरबाट सञ्चालित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष धितालको हत्या भएको सोमबार साउन ६ गते नौ वर्ष पूरा भएको छ ।

तत्कालीन संविधानसभा चुनावको प्रचारप्रसार गरेर फर्कने क्रममा विसं २०६७ साउन ६ गते धितालको हत्या भएको थियो । काङ्ग्रेसको चुनाव प्रचार सकेर फर्कने क्रममा राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगरमा अज्ञात समूहले गोली हानी हत्या गरेका थिए ।

त्यही दिनलाई सम्झेर प्रत्येक वर्ष साउन ६ गते देवीप्रसाद धिताल ९हेमराज० प्रतिष्ठानले अन्तक्र्रिया कार्यक्रम गर्ने गर्छ । यस्ता कार्यक्रम धितालका परिवार तथा आफन्तलाई खाटो परेको घाउलाई कोट्याउनुभन्दा कुनै उपलब्धि भएको छैन । आफन्तले हेमराजको सम्झनामा आँशु बगाउन थालेको नौ वर्ष भयो । तर, उपलब्धि भने हुनसकेको छैन । हेमराजको हत्या भएको केही दिनमा प्रहरीले ९८ प्रतिशत अनुसन्धान पूरा भएको बताएको थियो, तर त्यही बाँकी दुई प्रतिशतमा अनुसन्धान अड्किएको छ । त्यही दुई प्रतिशत अनुसन्धानको प्रतीक्षामा रहेका छन् आफन्तहरु ।

धितालकी श्रीमती मञ्जु धितालले गहभरि आँशु झाँदै भने, “हामीले उहाँलाई गुमाएको नौ वर्ष भयो, तर अझै पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।” उनले यति भनिरहँदा प्रतिष्ठानले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी भावविह्वल भएका थिए । “१० दिन, एक महीना भन्दाभन्दै नौ वर्ष बितिसक्यो, प्रहरीले हामी घटनाको सत्यतथ्य पत्ता लगाउने कार्यमा अन्तिम अवस्थामा पुगिसकेका छौँ, भन्नुहुन्थ्यो”, उनले भने, “तर अहिलेसम्म पनि पत्ता नलाग्दा हामी परिवारलाई थप पीडा भएको छ ।”

यस विषयमा आफूहरुले अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। “हामीले अहिले नै कसैलाई पनि तँ अपराधी होस्, भनेर भन्न सक्ने अवस्था छैन”, उनले भने, “हामीले प्रमाणाका आधारमा भन्नुपर्छ, यस विषयमा हामीले थप अनुसन्धान गर्नेछौँ ।”

उक्त घटनामा साक्षी कोही पनि नभएको र घटनाको अनुसन्धान गर्ने आधार भनेको आर्थिक कारोवार र शरीरमा रहेको बन्दुकको गोली नै त्यसको प्रमाण भएको भन्दै यसमा केही समयपछि अनुसन्धान गर्ने बताए । उक्त अनुसन्धानको फाइल पनि विसं २०७४ माघमा ‘हेडक्वार्टर’मा पुगिसकेको उनको भनाइ छ । हेमराजकै हत्या भएको स्थानमा केही दिनअघि मात्रै अर्को घटना भएको भन्दै त्यो घटनाको अनुसन्धान सकिएपछि पुनः हेमराजको घटनाको अनुसन्धानलाई अघि बढाउने प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।

हेमराजको मृत्यु भएको दिनमा चर्का–चर्का भाषण गर्न थालेको नौ वर्ष बिते पनि हत्यारा पत्ता नलाग्नु दुःखद् पक्ष भएको प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले बताए । उनले यस घटनाका दोषीलाई पहिचान गरी कारवाहीका लागि सरकारी पक्षबाट आवश्यक पर्ने जनशक्ति खटाउन पहल थाल्ने बताए । “यदि जनशक्ति अभावले अनुसन्धानलाई समस्या भएको हो भने म जनशक्ति व्यवस्था गर्न पहल गर्छु”, उनले भने, “तर यो अनुसन्धानलाई यथाशीघ्र अघि बढाउनुप¥यो ।”

त्यस अवसरमा प्रमुख जिल्ल अधिकारी गोविन्द रिजालले अनुसन्धान भइरहेको र पीडितपक्षले पनि पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइराख्नुपर्ने बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies