Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रहरी हिरासतबाटै फरार दुई थुनुवा पक्राउ, एक अझै फरार

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट फरार दुई थुनुवा पक्राउ परेका छन् । एक अझै फरार छन् । खजुरा गाउँपालिका–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्कीलाई सोमबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार, भारत जान बाटो खर्च जुटाइसकेको सूचना पाएलगत्तै उनीहरुको सम्भावित बासस्थानको आसपासमा निगरानी गरिरहेको अवस्थामा घर परिवर्तन गर्दै बसेका उनीहरु भारत भाग्ने तरखर गर्दा प्रहरीले पक्राउ गर्न सफल भएको हो । खजुरा गाउँपालिका–४ का १८ वर्षीय सिमन विक अझै फरार छन् । उनी पनि छिट्टै पक्राउ पर्ने प्रहरी उपरीक्षक वलीले बताए । गत असार २८ गते राति करीब १२ बजे उनीहरुले शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेका थिए ।

उनीहरुमध्ये विक लागुऔषध मुद्दामा असार २७ गते पक्राउ परेका थिए भने थापा र कार्की असार २३ गते सार्वजनिक मुद्दामा पक्राउ परी म्याद थप भएर अनुसन्धानका लागि हिरासतमा राखिएको बताइएको छ । ‘चारमध्ये कर्तव्य ज्यान मुद्दाका आरोपी त्यहीँ छन्”, प्रहरी उपरीक्षक वलीले भने, “घटनालगत्तै म आफैँ त्यहाँ पुगेर हेर्दा भेन्टिलेटरको ग्रिल भित्रपट्टि कपडाले छोपेर राखेको अवस्थामा भेटियो । राम्रोसँग ‘फिक्स’ नभएको शौचालयको ग्रिल तानेर उनीहरु भागेको पाइएको छ ।”

तेइस जनाको दरबन्दी रहेको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक मख्खनप्रसाद यादव फोक्सोको क्यान्सर भएका कारण थेरापी गराउन छ दिनको बिदा लिएर उपचारका लागि काठमाडाैं गएकै दिन राति उनीहरु फरार भएका हुन् । प्रहरी निरीक्षक यादव बिदामा रहेपछि कार्यालयको जिम्मेवारी प्रहरी नायब निरीक्षक चक्रबहादुर खत्रीले सम्हाल्एको थियो । उनीहरु भागेको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयले विभिन्न माध्यमबाट खोजीकार्य तीव्र पारेको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending