खोटाङ । बाढीपहिराले अवरुद्ध मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनःसञ्चालन भएको छ । लगातारको वर्षापछि विभिन्न ठाउँमा आएको बाढीपहिराले क्षति गरेपछि अवरुद्ध बनेको सडक मर्मत गरेर शुक्रबारदेखि पुनःसञ्चालन गरिएको हो ।
अविरल वर्षासँगै आएको बाढीपहिराले उक्त सडक खण्डको सयौँ स्थानमा अवरोध पु¥याएको थियो । नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, स्थानीय सरकार तथा स्थानीयवासीले पहिरो हटाएपछि यातायात सञ्चालन गरिएको हो ।
पहिरो हटेसँगै आज बिहानदेखि खोटाङ र काठमाडौँबाट यातायातका सवारी साधन सञ्चालन भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । “जयरामघाट नजिकको डौँठेखोला र उदयपुरको घुर्मीको पहिरोलाई पूर्णरुपमा हटाउन सकिएको छैन”, उहाँले भन्नुभयो, “आजै बेलुकासम्म पूर्णरुपमा पहिरो हटाइसक्ने सडक मर्मतमा खटिएका व्यक्तिले बताएका छन् ।” आंशिकरुपमा सडक सञ्चालन भएसँगै दिक्तेलमा राजधानी काठमाडौँ तथा तराईका जिल्ला जाने र आउने यात्रुको चहलपहल शुरु भएको छ । अवरुद्ध सडक खुलेसँगै बीच सडक खण्डमा फसेर अलपत्र अवस्थामा बसेका यात्रु आज बिहानदेखि आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।
पहिराका कारण सडक अवरुद्ध भएसँगै जिल्लामा यातायातका सवारी साधन सञ्चालन नहुँदा काठमाडौँ तथा तराईका जिल्ला आवतजावत गर्न समस्या बनेको थियो । सडक अवरुद्ध भएपछि खोटाङ–काठमाडौँ दैनिक दुईपटकसम्म हेलिकप्टर चार्टर गरेर उपचार तथा व्यक्तिगत काममा लागि जानुपर्ने बाध्यता थियो ।
सडक अवरुद्ध भएपछि आकस्मिक कार्यका लागि यात्रुले रु दुई लाखदेखि रु दुई लाख २० हजार तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य बनेका थिए । सडक अवरुद्धका कारण भोलि शनिबारदेखि जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालन हुने लोकसेवा आयोगका परीक्षार्थीलाई सहभागी बन्न समस्या भएको थियो ।
हप्तादिनभन्दा बढी राजधानी काठमाडौँ तथा तराईसँगको सिधा यातायात अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तु समेत अभाव शुरु भएको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी–जयरामघाट हुँदै काठमाडौँ जोड्ने सडक खुले पनि जिल्लाका अन्य सडक अझै अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेपनि कहिलेसम्म अवरुद्ध सडक खुल्ने भन्ने टुङ्गो छैन ।
जिल्लाका अधिकांश सडक स्काभेटर प्रयोग गरेर निर्माण गरिएकाले वर्षाद्को पानीले पहिरो गएको जनाइएको छ । जिल्लाका सबै स्थानीय तहमा आर्थिक वर्षको अन्त्यमा सम्पन्न गर्ने लक्ष्यका साथ ग्रामीण सडक निर्माण गरिएको थियो ।
लामो समयसम्मको खडेरीपछि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिराले जिल्लामा तीन जनाको ज्यान गएको छ भने अर्बौंको क्षति भएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: