नेपालगन्ज। बाँकेमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल तथा कार्यगत एकता गर्ने सहमति भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई दलबीच जिल्लाका दुई निर्वाचन क्षेत्रमा एकअर्कालाई सहयोग गर्ने औपचारिक सहमति भएको हो ।
जसपा नेपाल बाँकेका अध्यक्ष कौशलकुमार धोबीका अनुसार दुवै दलका जिल्ला नेतृत्वबीच भएको सहमतिबमोजिम बाँके निर्वाचन क्षेत्र नम्बर १ मा प्रलोपाका उम्मेदवार कृष्णा केसीलाई जसपाले समर्थन गर्नेछ । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा जसपा नेपालका उम्मेदवार कमरुद्दीन राईलाई प्रलोपाले समर्थन गर्ने निर्णय भएको छ । क्षेत्र नम्बर १ मा प्रलोपाको चुनाव चिह्न 'आँखा' र क्षेत्र नम्बर २ मा जसपाको 'छाता' चिह्नमा दुवै दलले संयुक्त रूपमा मत माग्नेछन् ।
सहमतिअनुसार दुवै निर्वाचन क्षेत्रमा दुवै दलका कार्यकर्ता तथा सङ्गठनात्मक संरचनाहरू साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त रूपमा परिचालन हुनेछन् । जसपा नेपालका केन्द्रीय सचिव एवं बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दीन राईले यस सहमतिले दुवै क्षेत्रमा उम्मेदवारको अवस्था बलियो भएको बताए। उनले अब साझा उम्मेदवारको पक्षमा एकीकृत प्रचारप्रसार अभियान सञ्चालन गरिने जानकारी दिए।
दुई दलबीच भएको सहमतिपत्रमा निर्वाचन प्रचारप्रसारका क्रममा एकअर्काको विचार, सिद्धान्त, झन्डा र सङ्गठनात्मक अस्तित्वप्रति उच्च सम्मान कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको प्रलोपाका नेता एवं क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णा केसीले बताए।
प्रलोपा बाँकेका अध्यक्ष दीपक शर्माले जिल्लाको राजनीतिक स्थायित्व र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि तालमेल आवश्यक भएको उल्लेख गरे। सहमतिपत्रमा मुलुकमा देखिएको राजनीतिक ध्रुवीकरण, 'जेन्जी' विद्रोहपछिको विकसित परिस्थिति तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ साझा पहल आवश्यक भएको उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १३:२४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई “पूर्वाग्रहको पोको” भन्दै कडा आलोचना गरेका छन्। उनले सरकारले आफूहरू र पुराना राजनीत...
जेष्ठ २० गते, २०८३ - १३:१५
काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हु...
जेष्ठ २० गते, २०८३ - १२:५९
काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजनाको लागत बढेर बजेट अपुग भएपछि जापानले थप सहा...
जेष्ठ २० गते, २०८३ - १२:२०
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध ग...
जेष्ठ २० गते, २०८३ - १२:१०
बुटवल । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना चार मन्त्रीको राजीनामापछि नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेको छ। पार्...
जेष्ठ २० गते, २०८३ - ११:३३
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा ९एमाले० का चार जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर...
जेष्ठ २० गते, २०८३ - ११:२१
काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोल...
जेष्ठ २० गते, २०८३ - ११:१०
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका दुई थान हात्तीका दाह्रा चोरी भएको खुलेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरील...
जेष्ठ २० गते, २०८३ - १०:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...
जेष्ठ २० गते, २०८३ - १०:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...



प्रतिकृया लेख्नुहोस्: