Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

५७ औं ईन्जिनियर दिवसको सम्पूर्ण तयारी पूरा, २० हजार ईन्जिनियरहरुको दुर्घट्ना विमा गरिँदै

काठमाडौं । नेपाल ईन्जिनियर्स एशोसिएसनले भोलि साउन २ र ३ गते दुई दिनसम्म मनाउने एशोसिएसनको ५७ औं ईन्जिनियर दिवसको तयारी पूरा भएको जनाएको छ ।

५७ औं दिवसको पूर्व सन्ध्यामा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एशोसिएसनले उक्त दिवस प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहान ११ बजे उद्घाटन गर्ने जानकारी गराएको हो । काठमाडौमा प्रदर्शनीमार्गस्थित् राष्ट्रियसभा गृह र काठमाडौं बाहिर प्रदेश राजधानीस्थित एशोसिएसनका प्रादेशिक कार्यालयहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमा समेत विविध कार्यक्रम गरि उक्त दिवस मनाउन लागिएको एशोसिएसनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यले जानकारी दिए ।

अध्यक्ष बज्राचार्यका अनुसार उक्त दिवसलाई भव्य रुपमा सफल तुल्याउनको लागि ‘‘गोदावारी स्टिल्स’’ले मुख्य प्रायोजनको भुमिका निर्बाह गर्ने भएको छ । त्यस्तै, वसरमा मुख्य आकर्षणको रुपमा ईन्जिनियर समुदायको तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पु¥याएका ईन्जिनियर÷आर्किटेक्ट तथा संस्थालाई लाईफ टाईम एचिभमेन्ट अवार्ड (पाँच जना सदस्यहरुले संयुक्त सिफारिश गरि पठाउनुपर्ने), डिस्टिंग्युस्ड अन्टरप्रन्युरसिप अवार्ड, सहिद ई. नवराज बिष्ट स्मृति अवार्ड, आउटस्ट्याण्डिङ् युथ प्रोफेशनल अवार्ड, आउटस्ट्याण्डिङ वुमेन ईन्जिनियर अवार्ड, र ईन्जिनियर्स एप्रिसिएशन अवार्ड गरि विभिन्न ६ विधामा अवार्ड पनि प्रदान गरिने एशोसिएसनले जनाएको छ । अवार्डको लागि स्वतन्त्र समितिले नाम छनौट गरिरहेको र भोलि दिवसकै दिन सार्वजनिक गर्ने अध्यक्ष बज्राचार्यले बताए ।

एशोसिएसनले विकासका कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरुको सेवालाई अधिकारसम्पन्न बनाउन सरकारले काम गर्नुपर्ने पनि माग गरेको छ । एशोसिएसउनले यस वर्षको ईन्जिनियर दिवसको मूल नारा “समृद्ध नेपाल निर्माणका लागि ईन्जिनियरिङ सेवा” तय गरेको छ ।

अध्यक्ष बज्राचार्यले जबसम्म मुलुकमा प्राविधिक जनशक्तिको सेवाको सम्मान तथा दक्षताको उचित सम्बोधन गरिदैन तबसम्म मुलुकको पूर्वाधारलगायत आर्थिक तथा सामाजिक विकास संभव नभएको जिकिर गरे ।

ईन्जिनियर्स दिवसको उपलक्ष्यमा एशोसिएसनले गत शनिबार एशोसिएसनको आफ्नै कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ भने काठमाडौंस्थित् युएन पार्क परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

कार्यक्रममा एशोसिएसनका महासचिव ई. छविराज पोख्रेलले ईन्जिनियरहरु देशको महत्वपूर्ण जनशक्ति भएकोले उनीहरुलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘यो पेशा जोखिमयुत्त पेशा हो ।’ उनले भोलिको कार्यक्रममा नै २० हजार ईन्जिनियरहरुको सामूहिक दुर्घटना विमा गरिने पनि जनाए । त्यस्तै, उनले ईन्जिनियरिङ सेवा ऐनपनि आउन लागेकोमा खुशी व्यक्त गरे ।

राज्यले ईन्जिनियरहरुलाई विश्वास र साथमा लिएर काम गर्नुपर्नेपनि उनले बताए । उनले सरकारले बजेट र नीति तथा कार्यक्रममा पनि ईन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने भनिसकेकोले त्यसमा खुशी व्यक्त गरे ।

एशोसिएनका अनुसार २० हजार ईन्जिनियरको गरिने दुर्घट्ना विमा नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय विमा कम्पनी लिमिटेडसँग गरिने भएको हो । विमांक दश लाख रहनेछ भने प्रिमियम पचास लाख तिर्नुपर्नेछ । तर, आफूहरुको चाहना विमा दाबी गर्न नपरोस भन्ने रहेको पनि अध्यक्ष बज्राचार्यले सुनाए । अहिलेलाई एशोसिएसनले नै प्रिमियम तिरिदिने भएको छ ।

कार्यक्रममा उक्त दिवसको मुख्य प्रायोजन रहेको गोदावारी स्टिल्सका निर्देशक पंकज कर्णले भोलिको कार्यक्रम सफल होस भन्ने शुभकामना दिए । उनले गोदावारी स्टिल्स गत वर्षमात्रै स्थापित संस्था भएको र यसले पूर्वाधार क्षेत्रमा टेवा पुर्याउन राम्रो र गुणस्तरीय उत्पादन गर्दै आएको सुनाए । उनले नेपाल ईन्जिनियर्स एशोसिएसनसँग यसैगरि साथ र सहकार्य सधैं चलोस भन्ने आफूहरुले चाहेको सुनाए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending