Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

विषादी परिक्षण रोक्ने भारतीय पत्रबारे प्रधानमन्त्री ओली नै कसरी बने अनविज्ञ ? ओलीले खोले यस्तो रहस्य

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफुलाई गुमराम राखिएको बताएका छन् । बुधबार बेलुका नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा विषादी प्रकरणबारे सोधिएको प्रसंगमा प्रधानमन्त्री ओलीले आफुँलाई कर्मचारीबाट गुमराहमा राखिएको स्पष्टीकरण दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आफुँलाई कसले गुमराहमा राख्यो भन्ने बारे भने प्रष्ट पारेनन् । उनले कर्मचारी पंक्तिबाट भ्रममा राखिएको बताएका छन् । ‘जानेर या नजानेर दुवै कारणले कर्मचारी पंक्तिबाट यस्तो भएको हुनसक्छ । र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस् मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपर्थ्यो ।’

पत्रबारे आफूलाई असार २३ गते मात्रै थाहा भएको दाबी गर्दै प्रधानमन्त्रीले आफू यसबाट निकै दुःखी भएको पनि बताए। ‘तर २३ गते बेलुका मात्र मैले पत्र आएकोबारे जानकारी पाएँ। म त्यसबाट अत्यन्त दुःखीत छु ।’ प्रधानमन्त्री ओलीले भने, ‘मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस्, मसँग त्यो कुरा आएन, तर मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपर्थ्यो। एउटा यथार्थ मबाट लुकेको रहेछ।’

प्रधानमन्त्री ओलीले भारतीय पक्षबाट कुनै पत्र नआएको दाबी गर्दै आएका थिए । गत असार २१ मा बसेको नेकपाको संसदीय दलको वैठकमा पनि ओलीले ‘कस्तो पत्र ? कसले पठाएको पत्र ?’ भन्दै सांसदहरुप्रति आक्रोश पोखेका थिए ।

प्रधानमन्त्रीले त्यस्तो दाबी गरेको २ दिनपछि अर्थात् असार २३ गते भारतीय दूतावासले सो मितिभन्दा एक साताअघि नै परराष्ट्र मन्त्रालयमार्फत् नेपाल सरकारलाई पठाएको पत्र बाहिरिएको थियो। पत्र पठाउँदै दूतावासले विषादी परीक्षण गर्नुको कारण सोधेको खुलासा भएको थियो।

भारतीय दबाबपछि विषादी परिक्षण रोकिएको भन्दै अहिले सरकारको निकै आलोचना भईरहेको छ । सत्तारुढ दलकै नेता तथा सांसदहरुले पनि सरकारको कदमप्रति असन्तुष्ट व्यक्त गर्दै आएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending