Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

आकाशे पानीको भर पर्दा किसान निराश

कञ्चनपुर । कञ्चनपुर बेदकोट नगरपालिका–२ का किसान हरिदत्त जोशी आकाशमा बादल छाउनासाथ हलगोरु लिएर खेतमा जान्छन् ।

सबैतिर रोपाइँको चटारो भइरहेका बेला आकाश हेरेर बसेका जोशी वर्षा नहुँदा खेत बाँझै रहन्छ भन्ने चिन्तामा डुबेका छन् । “आकाशमा बादल देखेर खुशी हुँदै खेतसम्म पुग्दा घाम लागेपछि निराश भएर फर्किनु दैनिकी बनेको छ”, जोशीले भने– “वर्षात नहुँदा बेर्ना पनि सुक्न थालिसक्यो ।”

असार महीना सकिन लाग्दा पनि यहाँ वर्षा नभएपछि आकाशे पानीको भरमा खेती गर्ने किसान निराश हुन थालेका छन् । बोरिङबाट रोपाइँ गरिरहेका बेदकोट नगरपालिका–२ देवदत्त जोशी पनि सिँचाइ नहुँदा समस्या भएको बताउँछन् ।

विसं २०६८ मा सिँचाइका लागि भन्दै भूमिगत जलस्रोत विकास समिति धनगढीले तीन वटा ट््युवेल निमार्ण गरे पनि सञ्चालनमा आउन सकेको छैन । ६० बिघा खेतलाई सिँचाइ गर्ने लक्ष्य लिएको भए पनि वर्षांैसम्म सञ्चालनमा नआउँदा लगानी पनि खेर गएको जोशीको भनाइ छ ।

उहाँले भूमिगत जलस्रोत विकास समितिले यहाँका किसानबाट धरौटी भन्दै रु ५८ हजार सङ्कलन गरेको भए पनि त्यसको लेखाजोखा नभएको बताए । “स्थानीय तहदेखि हेलो प्रधानमन्त्री हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म गुहार माग्दा पनि सुनुवाइ भएको छैन्”, जोशीले भने, “सिँचाइ नहुँदा यहाँ खेतको बेर्ना काम नलाग्ने भइसक्यो । ”

स्थानीयवासी इन्द्रवती जोशीले सिँचाइ अभावका कारण आकाशे पानीको भर पर्नुको विकल्प नभएकोे बताए । “ यस्तै रहे खेत बाँझैँ राखेर चामल किन्नुपर्ने अवस्था आउँला जस्तो भयो”, उनले भने, “गाँउ छेउछाउका खोला नदीको पानी पनि सुकिसकेको छ । ”

भूमिगत जलस्रोत विकास समितिका कार्यालय प्रमुख अमरबहादुर चन्दले नौ वटा ड््युप ट््युवेलमध्ये ६ वटा सञ्चालनमा रहेको दाबी गरे । उनले दुई वटा सफल हुन नसकेको र एउटा सञ्चालनमा आउने तयारीमा रहेको जानकारी दिए । ट््युवेल बिग्रेको भए पनि किसानको आग्रह अनुसार त्यसलाई मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने बताए ।

तर किसानले पटक–पटक ताकेता गर्दा कुनै सुनुवाइ नभएको दुःखेसो पोखेका छन् । सिँचाइ अभावका कारण यहाँ अहिलेसम्म ३५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

कञ्चनपुरमा सिँचाइका लागि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको निर्माण जारी छ । ३३ हजार हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्य लिएको आयोजनाको काम भने सुस्तगतिमा छ । कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर मूलनहर निर्माण गर्ने भनिए पनि एक दशकको अवधिमा १३ किलोमिटर नहर मात्रै निर्माण भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending